धरानमा ब्राउन सुगर कारोबार गर्दागर्दै तीन युवा पक्राउ

  • वैशाख २६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरान–९ बगैचा लाइनस्थित रत्न होटलमा ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको टोलीले शुक्रबार राति करिब १० बजे होटलको कोठा नम्बर ७ मा छापा मारेर ब्राउन सुगर ३६.९१ ग्राम पदार्थ बरामद गरेको हो।

प्रहरीले घटनास्थलबाट सिन्धुपाल्चोक मेलम्चीका २० वर्षीय सन्देश तामाङ, काभ्रेपलाञ्चोक पाँचखालका २२ वर्षीय समिर दियाली र झापा बिर्तामोडका २८ वर्षीय क्षितिज भण्डारीलाई पक्राउ गरेको जनाएको छ।

उनीहरूको साथबाट लागूऔषधसँगै कारोबारमा प्रयोग गरिएको बागमती प्रदेश ०२–०२७ प ३२८१ र बागमती प्रदेश ०२–०४३ प ४८८२ नम्बरका दुई मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी लागूऔषध कारोबार सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved