जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि जबरजस्ती करणी)को मुद्दामा श्रीमान दोषी ठहरिएका छन्। जिल्ला अदालत धनुषाका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने फैसला सुनाएको हो। वैवाहिक बलात्कारको आरोपमा २०७९ चैत २१ गते श्रीमतीले धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। त्यसपछि २०८० साउन २१ गते पहिलोपटक मुद्दाको पेशी बसेको थियो। सोही दिन अदालतले धरौटी माग्ने आदेश दिएको थियो। कुल ३६ वटा पेशी चल्दै गएपछि अन्ततः जेठ १३ गते दोष पुष्टि भएको ठहर गर्दै सजाय निर्धारणका लागि प्रक्रियागत अगाडि बढाइएको थियो। त्यसअनु
ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला–४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ । करिब तीन लाख ५० हजार बराबरको श्रमदान गरेर नेरुवाखोलामा काठे मोटरेवल पुल निर्माण हुने अध्यक्ष वनेमले जानकारी दिए । पुल बनाउँदा प्रयोग हुने भ्याकु लोडर (मेसिन), ट्र्याक्टर र तारजाली गाउँपालिकाले उपलब्ध गराउने छभने अन्य आवश्यक सामग्री सबै श्र
धरान/ पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले गम्भीर समस्या भोगिरहेको छ। धरान–२० स्थित सुलिकोट मार्गमा पर्ने स्थानीय काली खोलामा दैनिक सयौं मानिस नुहाउने र लुगा धुने गरेका कारण त्यही खोला आसपास बसोबास गर्ने १२५ घरधुरी फोहर पानी पिउन बाध्य भएका छन्। नेपालमा मनसुन नआउँदै गर्मी अत्यधिक बढिरहेको बेला विराटनगर लगायत आसपासका ठाउँबाट समेत मानिसहरू काली खोलामा आउन थालेका छन्। गर्मी छल्न र रमाइलो गर्न खोलामा पौडी खेल्ने, साबुनसहित नुहाउने, लुगा धुने क्रमले खोलाको पानी दुर्गन्धित र प्रदूषित बनेको छ। स्थानीयहरू आक्रोशित स्थानीयवासीका अनुसार यस्तो समस्या १६&ndas
धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबारदेखि विभिन्न पाँच वटा सवारी रुटमा ‘टाइमकार्ड’ प्रणाली लागू गरिएको छ। सवारी दुर्घटना विशेष गरी तीव्र गतिका कारण हुने घटनालाई नियन्त्रण गर्न यो व्यवस्था सुरु गरिएको हो। साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा आयोजित विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० टुवराज पोखरेलले ‘टाइमकार्ड’को शुभारम्भ गरे। कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, सुरक्षा निकायका प्रमुखहरू, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, यातायात र होटल
विराटनगर/ नेपालका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक व्यवस्था अनुसार केन्द्र सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र स्थानीय सरकारले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज सातै प्रदेश सरकारले आ–आफ्ना प्रदेशसभा बैठकमार्फत बजेट प्रस्तुत गर्न लागेका हुन्। कोशी प्रदेश सरकारले करिब ३७ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। यद्यपि, मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार वास्तविक आन्तरिक स्रोत भने ३३ अर्ब रुपैयाँ मात्रै रहेको छ। शनिबार झापाको गौरादहमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, &ldquo
फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा तीन जना मजदुरको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। शनिबार अपराह्न फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने मेची राजमार्ग अन्तर्गतको अस्थायी बेलिब्रिज जडानको अन्तिम चरणमा पुग्दा अचानक पुल भाँचिएको हो। पुल भाँचिँदा काममा संलग्न मजदुरहरू खोलामा खस्दा ६ जना घाइते भएका थिए। घाइते सबै मजदुरलाई सुरुमा फिदिम अस्पतालमा लगिएको थियो। अवस्था गम्भीर भएपछि उनीहरूलाई थप उपचारका लागि विराटनगरस्थित नोबल अस्पताल पठाइएको थियो। नोबल अस्पतालमा उपचारको क्रममा बाराको सिमरा उपमहानगरपालिका–१२ का ३ जना मज
धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूलाई लक्षित गर्दै धरानमा एक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। धरान–१०, पुतलीलाइनस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को सभाहलमा शनिबार सम्पन्न कार्यक्रम र्याडिकल लाइट नेपाल प्रा.लि. द्वारा आयोजना गरिएको हो। कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष तिर्थ कार्कीले गरेका थिए। उनले सहभागीहरूलाई प्रभावशाली वाक्शैलीका लागि आवश्यक विविध पक्षमा प्रशिक्षण दिएका थिए। धाराप्रवाह बोल्न विषयवस्तुको स्पष्ट ज्ञान, समृद्ध शब्दभण्डार, तयारी, अभ्यास, अनुभवी वक्ताको अवलोकन तथा भावअनुसारको हाउभाउ आवश्यक पर्ने उनले बताए। संस्थाका अनुसार उक्त अभिमुख
धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा दुरुस्तै मुहार चित्र बनाएर विश्वलाई चकित बनाएका छन् । डिजिटल प्रविधीको विकासमा उनले चुनौती दिदैं हङकङमा रहेर डटपेनले नेपाली र त्यहाँ रहेका विदेशीहरुको मुहार चित्र छिनभरमा नै दुरुस्तै उतारेर उनको अद्भुद कलालाई विश्व सामु पुर्याएर नेपाल र नेपालीको गौरबलाई समेत उचो बनाउँदै आएका छन् । धरान ११ निवासी शिवचौक निवासी डेढ दशक अघिदेखि रोजागारको शिलसिलामा पुगेर चित्रकलालाई समेत निरन्तररता दिदै हङकङ,वाह्य पर्यटक र नेपालीलाई चित्र कोर्न सिकाउने गुरुको रुपमा समेत परिचित छन् । उनी भन्छन,“चित्र कोर्न लत नै बस्यो,चित्र नकोरिकन मलाई आत्मा सन्
सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करेन्ट लागेर एकै परिवारका श्रीमान–श्रीमतीको ज्यान गएको छ। सुन्दरहरैंचा नगरपालिका–७ निवासी ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी फूलमाया लिम्बूको माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक पूर्णबहादुरले बिजुलीको पोलबाट हुक जोडेर खोलामा करेन्ट प्रवाह गर्दा श्रीमतीसहित आफैँ पनि करेन्ट लागेर ज्यान गुमाएका हुन्। घटना शनिबा
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनसँग भएको २ बुँदे सहमतिसँगका बारेमा माओबादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। आज विराटनगर पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले सा कुरा बताएका हुन् । उनले भने सहमतिलाई लिएर फैलिएको भ्रमपूर्ण प्रचारप्रति आपत्ति जनाउँदै भने,‘यो बिलकुलै गलत र आधारहीन प्रचार भएको बताएका छन् ।उनले भने,“अग्नि सापकोटाको यस विषयसँग कुनै सम्बन्ध छैन।’भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रमुख प्रतिपक्षको दबाबका बिच माओवादी केन्द