यूएईमा रहेका नेपाली श्रमिकका लागि महत्वपूर्ण सचेतना कार्यक्रम सम्पन्न

  • असार १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt _सन्देश तिमल्सिना

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन (एनआरएनए एनसीसी यूएई) को संयुक्त संयोजनमा नेपाली श्रमिकहरूका लागि श्रमिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

नेपाली राजदूतावासको सेमिनार हलमा आयोजित उक्त कार्यक्रममा सयौंको संख्यामा यूएईमा कार्यरत नेपाली श्रमिकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली राजदूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेल, सचिव भूपेन्द्र घिमिरे, पीआरओ मो. ईरफान तथा नेपाल एसोसिएसनकी महिला उपाध्यक्ष सोनम श्रेष्ठ लगायतले श्रमिकहरूलाई यूएईको श्रम कानुन, सामाजिक सुरक्षा, स्वास्थ्य सुरक्षा तथा अन्य महत्वपूर्ण विषयहरूमा जानकारी र प्रशिक्षण दिएका थिए।

उनीहरूले श्रमिकहरूलाई समस्या परेमा राजदूतावास वा नेपाल एसोसिएसनसँग प्रत्यक्ष भेट, फोन, ह्वाट्सएप वा ईमेलमार्फत सम्पर्क गर्न सुझाव पनि दिएका थिए।

कार्यक्रमको संयोजनकाे भूमिका निर्वाह गर्नुभएकी महिला उपाध्यक्ष सोनम श्रेष्ठलाई नेपाल एसोसिएसन – एनआरएनए एनसीसी यूएईको तर्फबाट धन्यवाद ज्ञापन गरिएकाे थियाे भने नेपाली राजदूतावासप्रति पनि एसोसिएसनले कृतज्ञता व्यक्त गरेको थियाे ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved