Top 4

    Showing १,०७१-१,०८० of ९,७९३ items.
  • धरानका ६५ वर्षीय पुरुषको गौरादहको मानव उद्धार केन्द्रमा मृ*त्यु

    झापा/धरानका एक ६५ वर्षीय पुरुषको झापाको गौरादहस्थित मानव उद्धार सेवा केन्द्रमा मृत्यु भएको छ। मिति २०८२ साल असोज २९ गते दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट नजिकै वेवारिसे अवस्थामा फेला परेका सुनसरी, धरान घर भएका आनन्द राईलाई उद्धार गरी गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा राखिएको थियो। तर मिति २०८२ साल कार्तिक २६ गते साँझ करिब ४ बजेर ३० मिनेटको समयमा राई सुतेको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीका अनुसार मृतकलाई मुटु, लिभर, जण्डिसका समस्या थिए र केही समयअघि हर्नियाको अपरेशन समेत गरिएको बुझिएको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • ६४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी आन्दोलनमा लुटिएको हतियार र गोलीसहित दुई जना पक्राउ

    झापा/ झापाको बिर्तामोड नगरपालिका–२ रामचोकबाट प्रहरीले गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मिति २०८२ साल कार्तिक २६ गते दिउँसो करिब १२:०० बजेतिर लाऔँ ब्युरो इकाई काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको हातहतियारका गोलीहरू पक्राउ परेकामध्ये एकको कोठाबाट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  बाह्रदशी गाउँपालिका–४ चकचकी घर भएकी वर्ष २७ की इस्रप खातुन बिर्तामोड–२ रामचोकस्थित लाल ब. गिरीको घरमा डेरा गरी बस्दै आ

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ४९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा सहकारीका पदाधिकारी र कर्मचारीलाई जोखिम बिश्लेषण पल्स , एमसिआई सम्बन्धी प्रयोगात्मक तालिम

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखाले सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुलाई जोखिम बिश्लेषण पल्स , एमसिआई  सम्बन्धी प्रयोगात्मक तालिम आयोजना गरेको छ । कार्यक्रममा नगर भित्र सञ्चालित सहकारीका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको छ । बुधवारबाट सुरु तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।तालिमको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार , आर्थिक बिकाश शाखाका प्रमुख मातृका तिवारी , कोशी प्रदेश सहकारी

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ५९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागूऔषध कारोबारमा संलग्न दुई महिला सहित ९ जना पक्राउ

    विराटनगर/ मोरङ, सुनसरी र ताप्लेजुङका विभिन्न स्थानमा प्रहरीको संयुक्त अभियानबाट लागूऔषध कारोबारमा संलग्न नौ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुई महिला पनि रहेका छन् । कार्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–१ की दुर्गा देवी भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु सहित पक्राउ गरेको हो । सोही क्रममा संकास्पद अवस्थामा रहेका गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई पनि १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसैगरी, इलाका प्रहर

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ६३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट ब्राउन सुगर र ट्याब्लेटसहित दुई युवक पक्राउ

    सुनसरी/  धरानमा रातिको समयमा प्रहरीले गरेको विशेष अपरेसनबाट दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्। मिति २०८२ कार्तिक २५ गते राति करिब १० बजे धरान उपमहानगरपालिका–१९ प्रगति चोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरानमै बसोबास गर्दै आएका २५ वर्षीय समिर बिक र २५ वर्षीय अर्जुन बिकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच र खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर  २.३८ ग्राम (दुई ग्राम तीन सय असी मिलिग्राम), ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेट बरामद

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ६७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ११ किलो गाँजासहित युवक पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–२० को कोकाहा खोलामा प्रहरीले ठूलो परिमाणको गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ करिब ७:४० बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–०५३ प ९९८२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा झोलाभित्र गाँजा ११ किलो पदार्थ फेला पारेको हो। मोटरसाइकल चालक धनकुटा सहिदभूमि गाउँपालिका–१ का २३ वर्षीय सिद्धार्थ राईलाई उक्त गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अन

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ६३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    झापा/ झापाको झापा गाउँपालिका–६ शरणामतीमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान करिब १० बजे शरणामतीका ४५ वर्षीय सुनिल सोरेन आफैंले चलाइरहेको मे १ त ३३१६ नम्बरको ट्याक्टर निकाल्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि उनको दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते अवस्थामै उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन दिउँसो ३:३० बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।  

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ३१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, चालक घाइते

    सुनसरी/ सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–७ स्थित हुलाकी राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मिति २०८२ कार्तिक २५ गते बिहान ११:४५ बजे सप्तरीबाट हरिनगरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२०७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४१ प ४४३० नम्बरको मोटरसाइकल भुटाहा पुल नजिक ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक  ३५ वर्षीय लक्ष्मण मेहता र पछाडि सवार  करिब ४०–४५ वर्षीया रसिदा खातुन घाइते भएका थिए । उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पुर्‍याइएकोमा रसिदा खातुनलाई

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ४८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकतन्त्र बलियो भयो भने मात्रै श्रम आन्दोलन बलियो हुन्छ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ

    विराटनगर/लोकतन्त्र बलियो भयो भनेमात्रै श्रम आन्दोलन बलियो हुने नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभएको छ । जिफन्ट कोशी प्रदेश कमिटीले सुरु गरेको बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरुसंग सम्वाद अभियानको शुभारम्भ गर्नुहुँदै उक्त कुरा बताउनु भएको हो ।  जेनजी घटनापछि श्रम बजार र श्रमिकहरुको जीवनमा परेको असर बारे मंसिर महिनाभरी कोशी प्रदेशभरीका सबै प्रतिष्ठानसम्म पुगेर श्रमिकहरुसंग प्रत्यक्ष सम्वाद् गर्ने अभियानको शुभारम्भ मंगलबार विराटनगरमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको हो ।  अध्यक्ष श्रेष्ठले जेनजी आन्दोलनका नाममा भएका हिंशा र विध्वंशले देशमा राजनीतिक

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • ६३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा 'जेन्जी स्मारक पार्क'को शिलान्यास, मेयर साम्पाङले भने – ‘रगत होइन, पसिना बगाएर देश बन्छ’

    धरान/  धरान उपमहानगरपालिका वडा नं. ५मा 'जेन्जी स्मारक पार्क' को शिलान्यास गरिएको छ। मेयर हर्क साम्पाङ, वडाध्यक्ष मनप्रसाद लिम्बु, शहीदका परिवार तथा स्थानीयको बाक्लो उपस्थितिमा एक कार्यक्रमका बीच पार्कको शिलान्यास गरिएको हो। गत भदौ २३र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका विद्यार्थीहरुको स्मृतिमा उक्त स्मारक निर्माण गर्न लागिएको हो। विशेषगरी सोही घटनामा ज्यान गुमाएका धरान-५ निवासी साजन मेवाहाङको स्मृतिमा उनको वडामा नै स्मारक बनाउन लागिएको हो। शिलान्यास कार्यक्रममा शहीद साजनका दुई छोराहरु पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर हर्क साम

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • ५४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved