धरानमा ११ किलो गाँजासहित युवक पक्राउ

  • कार्तिक २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–२० को कोकाहा खोलामा प्रहरीले ठूलो परिमाणको गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ करिब ७:४० बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–०५३ प ९९८२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा झोलाभित्र गाँजा ११ किलो पदार्थ फेला पारेको हो।

मोटरसाइकल चालक धनकुटा सहिदभूमि गाउँपालिका–१ का २३ वर्षीय सिद्धार्थ राईलाई उक्त गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved