विराटनगर/ मोरङको उर्लाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति कारमार्फत लागुऔषध ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङ रहेका छन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले इन्स्पेक्टर रन्जन बरालको नेतृत्वमा राति ११ बजे उर्लाबारी–९ आमबारीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालक
धरान/ धरान उपमहानगरपालिका–१ मा आइतबार दिउँसो स्कुटर ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार दिउँसो करिब ३ बजे उद्योग वाणिज्य संघ नजिकैको भित्री पक्की सडकमा पैदलयात्रीलाई स्कुटरले ठक्कर दिएको थियो। भेडेटारबाट भानुचोकतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१८ प ६५२४ नम्बरको स्कुटरले ५८ वर्षीया सरिता विकलाई ठक्कर दिएको हो। गम्भीर घाइते भएकी विकलाई तत्काल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि पुर्याइएको थियो। टाउकोमा गम्भीर चोट लागेका कारण उनलाई विराटनगर रेफर गरिएकोमा विराट नर्सिङ होममा उपचारकै क्रममा निध
विराटनगर/ ऐतिहासिक राधाकृष्ण रथयात्रा सुरु हुनुअघि विराटनगरबाट प्रहरीले ५ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। आइतबार दिउँसो शंकास्पद गतिविधि गर्दै गरेको अवस्थामा पक्राउ परेकामध्ये २ महिला र ३ पुरुष रहेका छन्। मोरङ प्रहरीले दिएको जानकारीअनुसार विराटनगरको सेन्ट्रल मल नजिकबाट ३ जना र महेन्द्र चोकबाट २ जनालाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर उनीहरूलाई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक आशंका अनुसार उनीहरू रथयात्राको भीडलाई लक्षित गरी चोरी तथा पकेटमारी गर्ने उद्देश्यले नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चु
धरान/ सुनसरीको धरान उप–महानगरपालिका–२०, ओशो पार्क नजिकैको जंगलबाट प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। आइतबार (आज) बिहान करिब ८ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका अनुसार उनीहरूलाई कालो प्लास्टिकको बोरा भित्र ६ पोका पारेर राखिएको ७२ किलो (बहत्तर किलो) गाँजा फेला पारिएको थियो। बरामद गरिएको लागू औषधसहित पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको जनाएको छ। नियन्त्रणमा परेका व्यक्तिहरूः१. रुपेश राई (३० वर्ष),
धरान/ मोटरसाइकलमा बुबासँगै खोलामा बगेर बेपत्ता भएकी धरान–१६ की १९ वर्षीया अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला परेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बराहक्षेत्र–९ स्थित राजाबासमा (आइतबार)आज बिहान अनिताको शव भेटिएको हो। “दाउरा खोज्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए,” निरीक्षक कुँवरले बताए। हाल कानुनी प्रक्रिया पूरा गरी शवलाई धरान पठाउने तयारी भइरहेको छ। गत शुक्रबार दिउँसो करिब १:५० बजे बराहक्षेत्र–१ मा पर्ने मदनभण्डारी राजमार्गअन्तर्गतको दुधपानी खोलाले मोटरसाइकलमा सवार बुबाछोरीलाई बगाएको थियो।
धरान/ हिन्दुहरूको पावन पर्व कृष्ण जन्माष्टमीको समापनको अवसरमा आज आइतबार धरान र विराटनगरमा भव्य ‘श्रीकृष्ण रथयात्रा’ आयोजना हुँदैछ। धरानमा दिउँसो २ बजे गीता भवन परिसरबाट सुरु हुने रथयात्राले यस वर्ष २१ वर्ष पूरा गरेको गीता भवन सञ्चालक समितिका उपाध्यक्ष प्रा. डा. गोपालप्रसाद भण्डारीले जानकारी दिए। रथयात्रा छाता चौक, लक्ष्मी चौक, पुरानो बजार, भौडी चौक हुँदै भानु चौकमार्गबाट पुनः गीता भवनमा विसर्जन गरिनेछ। यसपटक पनि भक्तजनले डोरी तानेर रथ तान्ने परम्परा कायम भए पनि, भौगोलिक र प्राविधिक कारणले सवारी साधनमार्फत रथयात्रा सम्पन्न गरिने भएको छ। त्यस्तै, विर
ईनरुवा/सुनसरी प्रहरीले ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ करिब ६:४५ बजे विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले चिरौलिचोकतर्फबाट बसपार्क आउँदै गरेका व्यक्तिहरूमाथि चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर प्रतिबन्धित पदार्थ बरामद भएको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा— • रोशन खड्का (३७), मोरङ सुन्दरहरैचा-६ : २.०३ ग्राम • लालबहादुर बि.क. (३२), स्थायी ठेगाना नखुलेको : ०.३९ ग्राम • कुमार बिडारी (३१), धादिङ थाक्रे-१० : ८.०० ग्राम • राम आछामे
धरान/बराहक्षेत्र नगरपालिका–१ स्थित मदनभण्डारी राजमार्गअन्तर्गतको दुधपानी खोला तर्ने क्रममा शुक्रबार मोटरसाइकलमा बुबासँगै बगेकी १९ वर्षीया अनिता राई अझैसम्म फेला परेकी छैनन्। धरान–१६ का जीवन राई र छोरी अनिता सवार मोटरसाइकललाई शुक्रबार दिउँसो करिब १:५० बजे आकस्मिक बढेको भेलले बगाएको थियो। खोलामा बगेका दुवैजना सप्तकोशीमा पुगे पनि स्थानीय र प्रहरीले जीवनलाई भने सकुशल उद्धार गरेका थिए। तर छोरी अनिता भने वेपत्ता भएकी थिइन्। घटनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका निरीक्षक दिवस कुँवरको कमाण्डमा ५ जना, चतराका सई राजन खड्कासहित ५ जना, र चतरा पुलबाट असई एकनाथ खतिवडासहित २ जना गरी १२ जन
धरान/ धार्मिक–पर्यटकीय स्थलको प्रवर्द्धन र सामाजिक कार्यमा सहयोग पुर्याउने उद्देश्यसहित धरानमा शनिबार कोरा राइड साइकलिङ्ग च्यालेन्ज भव्य रूपमा सम्पन्न भएको छ। पेडलर्स धरानको आयोजनामा भएको प्रतियोगितामा देशभरबाट आएका दुई सयभन्दा बढी साइक्लिष्टले सहभागिता जनाएका थिए। बिहान धरानको भानुचोकबाट शुरु भएको राइड विभिन्न चोक, धार्मिक तथा पर्यटकीय स्थल हुँदै ३२ किलोमिटर दूरी पार गरेर धरान–१७ स्थित साकेला पार्कमा पुगेर समापन गरिएको थियो। पेडलर्स धरानका अध्यक्ष किशन मास्केका अनुसार यो च्यालेन्जले साइकलिङ्ग खेललाई मात्र होइन, धरानको धार्मिक र पर्यटन क्षेत्रलाई पनि उजागर गर्ने काम गर
धरान/कुनै पनि जातिको भाषा, संस्कृति र पहिरन त्यस जातिको पहिचान हो भन्ने मान्यतालाई आत्मसात गर्दै धरान–३ चन्द्रपुर बजारमा नेवारी समुदायले ऐतिहासिक चन्द्रपुर जात्राको आयोजना गरेका छन्। आधुनिक जीवनशैली र पश्चिमी संस्कृतिको प्रभावले मौलिकता हराउँदै गएको यस समय नेवारी युवापुस्तालाई अग्रजहरूले प्रशिक्षणमार्फत् आफ्नो भाषा, संस्कृति र पहिरन हस्तान्तरण गर्ने अभियानलाई यस जात्राले थप बल दिएको छ। धरान उपमहानगरपालिका वडा नं. ३ को अगुवाइमा आयोजित तीनदिने चन्द्रपुर जात्राले चन्द्रपुर बजारको ऐतिहासिकता उजागर गर्दै सांस्कृतिक चेतना जगाउने काम गरेको छ। वडाको पहलमा नेवाः देय दबुका केन्द्रीय उपाध्यक्ष अन