धरानमा याक्थुङ युवा मञ्चद्वारा दुई दिने भव्य फुटसल प्रतियोगिता

  • भदौ २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/याक्थुङ युवा मञ्च सुनसरीको आयोजनामा भदौ २६ र २७ गते धरान सिटी फुटसल (पुरानो बुढासुब्बा फुटसल)मा दुई दिने भव्य फुटसल प्रतियोगिता हुने भएको छ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै मञ्चका अध्यक्ष विष्णु तिगेलाले प्रतियोगितामा आयोजकका दुई टोलीसहित कुल ३० वटा टोली सहभागी हुने बताए।

उनका अनुसार धरान, इटहरी, खोर्साने र धनकुटाका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउने छन् भने उपविजेताले नगद २५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन्।

साथै, हाई स्कोर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल तथा वृद्ध आश्रमलाई सहयोग गर्ने योजनासमेत मञ्चले सार्वजनिक गरेको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved