‘मिसेस पुर्बेली आइकन’दोस्रो संस्करणको ताज ?

  • भदौ २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी।इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ ।
बुधबार सम्पन्न फोटो तथा भिडियो सुटमा ११ जना प्रतिस्पर्धीहरूले विभिन्न पोजमा फोटो खिचाए भने परिचयात्मक भिडियो पनि छायांकन गरिएको थियो । सुट इटहरीस्थित सोल्टी होटलमा सम्पन्न भएको हो, जसको फोटोग्राफी निश्चल ग्यालरीका निश्चल श्रेष्ठले गरेका थिए ।

ओपन स्पेस प्रालीको आयोजनामा भइरहेको यस प्रतियोगिताले सौन्दर्यसँगै महिला सशक्तिकरणलाई पनि जोड्ने उद्देश्य राखेको छ । फाइनल चरणमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इटहरीकी समिता राई, खोटाङकी परिना राई, दुहवी सुनसरीकी रईसा चौधरी, इटहरीकी सिता पूरी, इटहरीकी मेघा खड्का, इटहरीबाट अनुशा कुँवर र उर्मिला मगर रहेका छन् ।उनीहरू २ चरणको डिजिटल र फिजिकल अडिसन पार गरेर फाइनलमा पुगेका हुन् ।

हाल प्रतियोगीहरूलाई ¥याम्प वाक, बोल्ने कला, महिला सशक्तिकरणसम्बन्धी ज्ञान लगायत विभिन्न बौद्धिक सिपमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । प्रतिष्पर्धी हरुलाई शुभेक्षा कार्कीले कोरियोग्राफी गरिरहेकी छन् ।विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आइकन’को पहिलो संस्करण गत वर्ष सफलतापूर्वक सम्पन्न भएको थियो । यसमा उचाइ वा मोटाइको कुनै सीमा तोकिएको छैन । यतिबेला प्रतिस्पर्धीहरूले ट्यालेन्ट राउन्डको तयारी पनि गरिरहेका छन् ।

विजेताले १ लाख बराबरको आकर्षक उपहार प्राप्त गर्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले असोजको पहिलो सातामा इटहरीमै हुने आयोजकले जानकारी दिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved