आज खग्रास चन्द्रग्रहण: कुन राशिलाई कस्तो प्रभाव ?हेर्नुहोस्

  • भदौ २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १०:११ बजे स्पर्श, ११:१५ बजे सम्मीलन, ११:५६ बजे मध्य, १२:३८ बजे उन्मीलन र १:४१ बजे मोक्ष हुनेछ।

यो ग्रहणको खग्रास अवस्था १ घण्टा २३ मिनेट रहनेछ भने सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ

ज्योतिषीय प्रभाव
ज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक–फरक असर गर्ने बताइएको छ।

  • मेष : लाभ
  • वृष : सुखम्
  • मिथुन : माननाश
  • कर्कट : कष्टम्
  • सिंह : स्त्रीपीडा
  • कन्या : सौख्यम्
  • तुला : चिन्ता
  • वृश्चिक : व्यथा
  • धनु : श्रीप्राप्ती
  • मकर : क्षति
  • कुम्भ : घात
  • मीन : व्यय

मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका मानिसहरूले ग्रहण हेर्नु नहुने बताइएको छ। विशेषगरी शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्म भएकाहरूलाई यो ग्रहणले बढी कष्ट दिने उल्लेख छ।

के गर्नु हुँदैन?
धार्मिक मान्यताअनुसार ग्रहणको केही घण्टा अगाडिदेखि नै सुतक लाग्छ।

  • दिउँसो १:११ बजेदेखि बालबालिका, वृद्ध र रोगीबाहेक अरुलाई भोजन निषेध
  • ग्रहण अवधिमा:
  • सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने, कसैलाई बाँध्ने वा मार्ने निषेध
  • हवन, मन्त्रजप, दानजस्ता कार्यलाई शुभ मानिन्छ

वैज्ञानिक दृष्टिकोण
वैज्ञानिकहरूले भने चन्द्रग्रहण पूर्णतया हानिरहित भएको र यसलाई खुला आँखाले हेर्दा कुनै असर नपर्ने स्पष्ट पारेका छन्। बरु खगोलप्रेमी र विद्यार्थीका लागि यो दुर्लभ अवलोकन, अध्ययन र अनुसन्धानको अवसर हुने विज्ञहरूले बताएका छन्।

यसपछि फाल्गुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमामा अर्को खण्डग्रास चन्द्रग्रहण लाग्नेछ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved