धरान कार्यपालिका बैठकः बजेटमा १०% कटौती, पालिका गानमा विवाद

  • भदौ २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेटमा १० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले पेश गरेको प्रस्तावमा एमालेकी सावित्री परियारले पुँजीगततर्फ १०% घटाउने संशोधन राखेकी थिइन्। सो प्रस्तावलाई कार्यपालिकाले सर्वसम्मत अनुमोदन गरेको हो।

अब २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेटमा कटौती गरी नयाँ सिलिङ कायम हुने भएको छ।

प्रवक्ता मनोज भट्टराईका अनुसार कटौतीपश्चात् रातो किताबमा सूचीकृत सबै योजना कार्यान्वयन हुनेछन्।

यसैबीच, ‘मेयर भिजन’ र ‘उपमेयर भिजन’ नामक योजनाको नाम परिवर्तन गरी ‘नगर भिजन’ राख्ने निर्णय गरिएको छ। तर उपमेयर अइन्द्रविक्रम बेघाले नाम परिवर्तनमा असहमति जनाएका छन्।

कार्यपालिका बैठकले नीति तथा कार्यक्रम एमालेका सुझावसहित संशोधन गरी भदौ २२ गते पारित गर्ने निर्णय गरेको छ। नगरसभा भने भदौ २६ गते दिउँसो १ बजे उपमहानगर परिसरमै हुने भएको छ।

पालिका गानका विषयमा भने विवाद भएको छ। छनोट भएको कवयित्री टिका आत्रेयको सृजनामा रहेको ‘श्रमिक’ शब्दलाई मेयर साम्पाङले ‘श्रमदाता’ बनाएर गीत रेकर्ड गराएपछि उपमेयर बेघा र वडाअध्यक्षहरुले आपत्ति जनाएका छन्।

अन्ततः मेयर साम्पाङले स्रष्टासँग छलफल गर्ने भन्दै एजेण्डा स्थगित गरेका छन्।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved