धरानमा नवोदय विद्यामन्दिरको ऐतिहासिक कार्यक्रम: नयाँ शैक्षिक यात्राको भव्य स्वागत

  • भदौ २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपालको शिक्षा प्रणालीमा भइरहेको आमूल परिवर्तनलाई आत्मसात गर्दै नवोदय विद्यामन्दिर बोर्डिङ स्कुलले शनिबार एक ऐतिहासिक स्वागत, सम्मान र अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल डम्बर तुम्बापोले कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीहरूको लागि यो दिनलाई "ऐतिहासिक मोड" भएको घोषणा गर्नुभयो।

उहाँले नयाँ शैक्षिक संरचना—आधारभूत (कक्षा १–८) र माध्यमिक (कक्षा ९–१२)—प्रणालीलाई आत्मसात गर्न नवोदय विद्यामन्दिर धरानकै मात्र नभई सम्भवतः नेपालकै अग्रणी संस्था बनेको दाबी गर्नुभयो।

यस अवसरमा बेली तह (कक्षा ८) उत्तीर्ण विद्यार्थीहरूलाई औपचारिक रूपमा माध्यमिक तहमा स्वागत गर्दै प्रमाणपत्र तथा ‘स्कूल लिभिङ सर्टिफिकेट’ प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका अध्यक्ष ज्ञानेश्वर झा र नवोदय विद्यामन्दिरका इन्चार्ज नीर कुमार राईले पनि विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको उज्जवल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो।

प्रिन्सिपल तुम्बापोले शिक्षा प्रणालीमा भइरहेको नयाँ व्यवस्थाबारे जानकारी दिँदै अबदेखि SLC/SEE परीक्षा राष्ट्रिय होइन, प्रादेशिक स्तरमा हुने स्पष्ट पार्नुभयो। साथै, विद्यालयले भर्ना हुने विद्यार्थीहरूलाई ५०% सम्म शुल्क छुट, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशालासहित गुणस्तरीय शिक्षा, र अन्य विद्यालयभन्दा कम लागतमा उत्कृष्ट सुविधा उपलब्ध गराइरहेको बताउनुभयो।

विद्यालयसँगै सञ्चालनमा रहेको UN कलेजले BHM र BBM कार्यक्रमहरू सञ्चालन गरिरहेको र विद्यार्थीहरूलाई ५० हजार रुपैयाँभन्दा बढी मूल्यका ब्रान्डेड ल्यापटप निःशुल्क वितरण गरिएको जानकारी पनि उहाँले दिनुभयो।

साथै, त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै यसै वर्षदेखि स्नातक तथा स्नातकोत्तर तहका नयाँ कार्यक्रम सुरु गर्ने योजनाबारे पनि घोषणा गर्नुभयो।

कक्षा ९ का विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रिन्सिपल तुम्बापोले “नेपाल टपर” बन्ने चुनौतीपूर्ण जिम्मेवारी दिँदै दैनिक १२–१६ घण्टा अध्ययन गर्ने, मोबाइल प्रयोग कम गर्ने, र अनुशासनलाई जीवनको आधार बनाउने आग्रह गर्नुभयो।

उहाँले नेपाल सेकेन्ड क्लासमा उत्कृष्ट GPA ल्याएका पूर्व विद्यार्थीहरूको उदाहरण प्रस्तुत गर्दै “नेपाल टपर” बन्ने विद्यार्थीलाई ५० हजार नगद पुरस्कारसहित सम्मानित गरिने घोषणा गर्नुभयो।

कार्यक्रमको समापनमा कक्षा १० का विद्यार्थी, शिक्षक, कर्मचारी तथा पत्रकारहरूलाई विशेष धन्यवाद दिँदै प्रिन्सिपल तुम्बापोले भने, “नवोदय विद्यामन्दिरले नेपालको नयाँ शैक्षिक ढाँचालाई कार्यान्वयन गर्दै ऐतिहासिक कदम चालेको छ।

अब हाम्रो विद्यार्थीहरूले अनुशासन र मेहनतका साथ सगरमाथा जस्तै उचाइमा शैक्षिक यात्रा तय गर्नेछन्।”

 1000010785 1000010806 1000010810 1000010782

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved