धरान/ प्रधानमन्त्री बन्ने चाहना बोकेर काठमाण्डौ गएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई जेनजीले मन्त्री पनि दिएनन् । राजधानी काठमाण्डौबाट मेयर राई रित्तो हात लिएर फर्किएका छन । स्थानीय स्तरमा बजेट संकट, कामको अलमल र जनप्रतिनिधिहरूबीचको विवादले आलोचना खेपिरहेका राईले राजधानी यात्रा गर्दै ठूलो अवसर खोजेका थिए ।तर सत्तारूढ जेनजी (जनता–नेता गठबन्धन) ले मन्त्री छनोट प्रक्रियामा राईलाई कुनै स्थान दिएन धरान फर्कन लागेका मेयर राईलाई स्थानीय तहमा ‘नगर प्रमुखको जिम्मेवारी पन्छाएर व्यक्तिगत राजनीतिक आकांक्षालाई प्राथमिकता दिएको’ भन्दै आलोचना बढ्ने देखिन्छ । उनले काठमाण्डौमा मन
काठमाण्डौं/ एमाले मुख्यालय च्यासलमा नेपालकै सबै भन्दा ठुलो झण्डा राखिएको छ । रातो पृष्ठभूमिमा सुनौलो रङ्गको हँसिया हथौडा अंकित अहिलेसम्मकै ठुलो झण्डा मजदुरहरुको संगठन जिफन्टले राखेको हो । सोमबार बिहान ११ बजे नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र आवद्ध घटकहरुका करिव सयजना नेता कार्यकर्ताहरुले लम्बाई ४५ र चौडाई समेत ४५ रहेको राखेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पास गरेको झण्डा राखिएको श्रेष्ठले बताउनुभयो । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते जेन जी आन्दोलनका क्रममा उदण्ड समुहले तोडपाmेड र आगजनी गरेक
धरान/ नेकपा (एमाले) धरान उपमहानगर कमिटीले जेनजी आन्दोलनको आडमा आफ्नाे पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। भदौ २४ गते भएको घटनालाई पार्टीले योजनाबद्ध षड्यन्त्रको संज्ञा दिएको छ। पार्टीद्वारा जारी विज्ञप्तिमा प्राप्त फोटो तथा भिडियो प्रमाणका आधारमा जो कोहि भए पनि संलग्न रहेको छ उनीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न तथा क्षतिपूर्ति दिलाउन सरकारलाई आग्रह गरिएको छ। त्यस्तै, धरानमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यालयहरू, भाटभटेनी सुपरमार्केट, एमाले नेतृ मञ्जु भण्डारी, प्रदेश सदस्य जयकुमार राई, पूर्व मेयर मनोज मेन्याङबो, सिर्जना ने
काठमाडौं/ जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति सम्मानस्वरूप सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार शोकको प्रतीकस्वरूप सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। मन्त्री अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाउने परिवारलाई काजकिरिया खर्चवापत प्रत्येकलाई एक–एक लाख रुपैयाँ उपलब्ध गराउने तथा मृतकको शव घरसम्म पुर्याउने जिम्मा सरकारले लिने जानकारी दिए। पदभार ग्रहण कार्यक्रममा गृहमन्त्री अर्याललाई गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र
सुनसरी/सुनसरीको धरान उप–महानगरपालिका–१७ पटनाली बस्ने ८२ वर्षीय पूर्ण शंकर राईको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ। आईतबार बिहान करिब ९:१० बजे बेलपानी जंगलमा करमको रुख चढेर घाँस काट्ने क्रममा उनी लडेका हुन्। घटना भएलगत्तै इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा खटिएको टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा पोष्टमार्टमका लागि पठाएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ।
सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैंचा नगरपालिकाको लुटपाटको सामग्री फ्रिता नगरे चेतावनी दिएको छ। प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपानेले विज्ञप्ति जारी गर्दै भाद्र २४ गतेका दिन आगजनी र तोडफोडका क्रममा सुन्दरहरैंचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शाखा / उप-शाखा/इकाईमा रहेका कम्प्युटर, ल्यापटप, ट्याब, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लुटपाट भएको बताएका छन्। यस्तै टिभि, सिसिटिभि, कुर्सी, बायोमेट्रिक डिभाइस, नेटवर्क स्विच, मोबाइल, क्यामरा, मनिटर, स्ट्रिट लाइट, साउण्ड सिस्टम, कार्यालयको महत्वपूर्ण कागजपत्रहरु लगायतका अन्य सामग्रीहरु नगरपालिका परिसरबाट लुटपाट/चोरी
सुनसरी/धरान वडा नं १७ उज्वल मार्गका तुफान सुनुवारको शव शनिबार बिहान सर्दु खोलामा फेला परेको छ। वडा अध्यक्ष मनोज भट्टराईले मृतक आफ्नै वडावासी भएको पुष्टि गरेका छन्। छिमेकी पर्वत सञ्जेलका अनुसार सुनुवारको बानी व्यवहार राम्रै थियो, कुलतमा पनि संलग्न थिएनन्। उनी झुम्का कारागारबाट भागिएका कैदी साथीलाई चिण्डे डाँडा पुर्याउन हिँडेका थिए भन्ने परिवारले बताएको छ। तर चिण्डेतर्फ जाँदै गर्दा वा फर्कदाको अवस्थामा के भयो भन्ने अझै अस्पष्ट छ। छिमेकी सञ्जेलले घटनाबारे गम्भीर छानबिन गर्न माग गरेका छन्। सुनुवार पेन्टिङको काम गर्दै आएका थिए।
सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित विराटचोकमा रहेको भदौ २४ गतेको आन्दोलनका क्रममा तोडफोड र आगजनीको भयो। नेपालीरिका होटलका प्रबन्ध निर्देशक आकाश दुलालले एक भावुक स्टाटस लेख्दै भनेका छन् : ६ महिनाको कलिलो शिशु अवस्थामा बुवालाई गुमाएर आमाको भरपोषण र रेखदेखमा हुर्किनु भएको मेरो बुवाको ३२ वर्षको अथक मेहनत, परिश्रम लगाब र रगतको थोपा थोपाले सिन्चित थियो नेपालीरिका होटल। जसलाई बुवाले सुन्दरहरैचाको धरोहरको रूपमा यसलाई निर्माण गरे। हरेकपल्ट म बुवालाई विदेशमा लगानी गर्ने र विदेशमै व्यवसाय गर्नुपर्छ भनेर भन्ने गर्थे। जहाँ हामी सुरक्षित व्यवसाय
धरान/ धरान उपमहानगरपालिका–१३ मा जेनजी आन्दोलनपछिको असुरक्षा अवस्थालाई ध्यानमा राख्दै स्थानीय बासिन्दाले आफ्नो टोलको सुरक्षाका लागि ‘फुस्रे समाज’को अगुवाइमा टोल सुरक्षा समिति गठन गरेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देखिएको अराजक गतिविधिहरू—व्यक्तिलाई लक्षित गरी घर तोडफोड, सम्पत्ति लुटपाट तथा आगजनी—बढ्दै गएपछि वडावासी स्वयं सडकमा उत्रिएर सुरक्षाको जिम्मा लिन अग्रसर भएका हुन् । फुस्रे समाजका अध्यक्ष महेन्द्र प्रधानको संयोजकत्वमा गठन गरिएको सुरक्षा समितिले टोल टोलमा संयोजक तोकेको छ । समितिमा सर्दुलाइनबाट अनिल साही, फुस्रे चोकबाट जयकुमार श्रेष्ठ
सुनसरी/ धरान वडा नं ११ र २० को सिमाना भएर बग्ने सर्दु खोलामा आज (शनिबार)बिहान करिब ३०–३५ वर्ष उमेर देखिने एक युवकको शव फेला परेको छ। वडा नं ११ वानडाँडाका स्थानीयले खोलाले बगाएर ल्याएको अवस्थामा शव देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। मृतकको शरीरमा केवल माथिल्लो भागमा मात्र कपडा रहेको बताइएको छ। वडा नं ११ का अध्यक्ष लोकेन्द्र फागोका अनुसार शव कस्को हो भन्ने अहिलेसम्म पहिचान खुलेको छैन। शव वडा नं २० तर्फ भेटिए पनि त्यहाँ मानव बस्ती नभएको र पूर्वतर्फको वडा नं ११ मा बस्ती रहेको उनले जानकारी दिए। घटनास्थलमा पुगेको सशस्त्र र जनपद प्रहरीले मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि