धरानमा विद्यालयस्तरीय खेलकुद हुने

  • पुस ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरानलाई खेलकुदको सहरका रूपमा थप चिनाउने उद्देश्यसहित संस्थागत विद्यालयहरूको संगठन एन प्याब्सन र प्याब्सन धरान नगर समिति को संयुक्त आयोजनामा विद्यालयस्तरीय Track & Field Meet–2082 आयोजना हुने भएको छ। 

प्रतियोगिता पुस ११ र १२ गते धरान–१३ स्थित रंगशालामा सञ्चालन हुनेछ।
मंगलबार  धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको उद्देश्य, महत्व र विस्तृत नियमावली सार्वजनिक गरेका हुन्। धरानस्थित निजी विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीलाई समेटेर आयोजना गर्न लागिएको यस प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।


खेलकुद केवल मनोरञ्जन वा प्रतिस्पर्धामा सीमित नभई अनुशासन, आत्मविश्वास, सहकार्य र सकारात्मक प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने प्रभावकारी माध्यम भएको आयोजकको भनाइ छ। डिजिटल युगमा मोबाइल, इन्टरनेट र स्क्रिनप्रतिको बढ्दो निर्भरताबीच Track and Field जस्ता आधारभूत खेल गतिविधिले विद्यार्थीलाई सक्रिय, ऊर्जाशील र स्वस्थ जीवनशैलीतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।


दौड, हामफाल र फ्याँक्ने विधामा आधारित Track and Field खेलकुदले विद्यार्थीहरूको प्राकृतिक शारीरिक क्षमताको विकास गर्नुका साथै उनीहरूभित्र लुकेका खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ। यस्ता विद्यालयस्तरीय प्रतियोगिताबाट भविष्यमा जिल्लास्तरीय, प्रदेशस्तरीय तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने आधार तयार हुने बताइएको छ।


यस प्रतियोगिताले विद्यालयहरूबीच आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना विकास गर्नेछ भने स्वस्थ प्रतिस्पर्धामार्फत विद्यार्थीहरूले हार–जितलाई सकारात्मक रूपमा लिन, जीवनका चुनौती सामना गर्न र सफलताको मूल्य बुझ्न सिक्ने अपेक्षा गरिएको छ। साथै, खेलकुदमार्फत विद्यार्थीहरूमा समय व्यवस्थापन, नियम पालना, नेतृत्व क्षमता र खेलभावना जस्ता जीवनोपयोगी गुणको विकास हुने आयोजकको धारणा छ।
प्रतियोगिता अन्तर्राष्ट्रिय एथ्लेटिक्स फेडरेशनका नियमअनुसार सञ्चालन गरिनेछ।

प्रतियोगितामा १०० मिटर र २०० मिटर दौड, १००×४ रिले, लङ जम्प तथा सटपुट थ्रो जस्ता इभेन्टहरू समावेश गरिएका छन्। प्रत्येक विद्यालयबाट प्रत्येक इभेन्टमा एक जना छात्र र एक जना छात्राले मात्र सहभागिता जनाउन पाउनेछन् भने एक खेलाडीले बढीमा तीनवटा इभेन्टमा मात्र भाग लिन पाउने व्यवस्था गरिएको छ।


सहभागी विद्यार्थी विद्यालयका नियमित विद्यार्थी हुनुपर्नेछ। प्रतियोगिता बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ। सहभागी विद्यालयका लागि सहभागिता शुल्क रु. ३,००० तोकिएको छ भने खेलकुद पोसाक अनिवार्य गरिएको छ।

विजयी खेलाडीलाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ र  अंकका आधारमा उत्कृष्ट विद्यालय घोषणा गरिने आयोजका संयोजक राजेन्द्र गुरुङले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved