७ औँ डिआइजी रनिङ कप फुटबलकाे तयारी पुरा

  • पुस ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  केही समयदेखि स्थगित रहेको कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिता पुनः सञ्चालन हुने भएको छ।

नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा हुने प्रतियोगिताको सातौँ संस्करण पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ।

धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो। प्रतियोगिताका सबै खेलहरू नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा हुनेछन्।

प्रतियोगिता संयोजक सुरेश कुमार हायुले धरान, सुनसरी, मोरङ र झापाका १६ वटा विद्यालय सहभागी हुने जानकारी दिए। २०५८ सालदेखि सुरु भएको यो प्रतियोगिता सातौँ संस्करणसम्म आइपुग्दा विद्यालयस्तरीय फुटबलको महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा स्थापित भइसकेको आयोजकको भनाइ छ।

प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूह अन्तर्गत कक्षा १० सम्म अध्ययनरत तथा अखिल नेपाल फुटबल संघका कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन्।

प्रतिस्पर्धामा नेपाल पुलिस स्कुल धरान (रेड र ब्लु), प्रभात सेकेण्डरी बोर्डिङ स्कुल, भरौल विद्या मन्दिर, सैनिक आवासीय महाविद्यालय धरान, ज्ञानोदय माध्यमिक विद्यालय धरान, माउन्ट हर्मन एकेडेमी धरान, डिपोट सेकेण्डरी स्कुल धरान, निधी सेकेण्डरी स्कुल झापा, वाल्मिकी एजुकेसन फाउन्डेसन झापा, पिनाकल ज्ञान मन्दिर मोरङ, दिल्ली पब्लिक स्कुल मोरङ, वाल्मिकी मेमाेरियल बोर्डिङ स्कुल मोरङ, आदर्श इङ्लिस स्कुल मोरङ, सिद्धार्थ सेकेण्डरी स्कुल मोरङ तथा सफल सिद्धार्थ एकेडेमी मोरङ सहभागी छन्।

विजेता टोलीले ८१ हजार ५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४१ हजार ५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। व्यक्तिगत विधातर्फ बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर, बेस्ट डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर र बेस्ट कोचलाई जनही २ हजार ५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले १ हजार ५ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ। साथै प्रतियोगिताका विजेता खेलाडीलाई कक्षा ११ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved