विद्यालय फुटबलबाट रोजगारी र आर्थिक अवसर सम्भव छ : किशोर राई

  • पुस ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अखिल नेपाल फुटबल संघका मानार्थ वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई ले विद्यालयस्तरको फुटबललाई व्यवस्थित रूपमा अघि बढाउन सके खेलाडी मात्र होइन, प्रशिक्षक, रेफ्री, आयोजक र प्राविधिक जनशक्तिका लागि समेत स्थायी रोजगारी सिर्जना गर्न सकिने बताएका छन्।

धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न प्याब्सन–एन्फा प्रेसिडेन्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले निजी विद्यालयहरूको संस्था प्याब्सन सँग सहकार्य गरेर विद्यालय तहबाटै फुटबलको ग्रासरुट विकास गर्नुपर्नेमा जोड दिए।

प्रतियोगिता आयोजना गर्नुअघि कम्तीमा एक महिनाको व्यवस्थित प्रशिक्षण, गुणस्तरीय खेलमैदानको व्यवस्था र उत्कृष्ट खेलाडीलाई छात्रवृत्तिमार्फत प्रोत्साहन गर्न सके आर्थिक आम्दानीको नयाँ बाटो खुल्ने उनको भनाइ थियो।

सो अवसरमा अध्यक्ष राईले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी फुटबलका लागि स्थायी बजेट सुनिश्चित गर्न पहल गरिने जानकारी दिए। हाल सञ्चालनमा रहेको प्रतियोगितालाई निरन्तरता दिँदै भविष्यमा ५०औँ संस्करणसम्म पुर्‍याउने लक्ष्य रहेको उनले स्पष्ट पारे।

समापन समारोहसँगै प्रतियोगिताको उपाधि प्रभात बोर्डिङ स्कुलले जितेको छ।

लिग चरणको फाइनल खेलमा प्रभातले सिद्धार्थ स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो। उपाधिसँगै प्रभातले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

खेलको १८औँ मिनेटमा आशिष राई र २०औँ मिनेटमा निमसाङ मगरले गोल गर्दै प्रभातको जित सुनिश्चित गरेका थिए। आशिष राई ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगितामा फस्ट रनरअप बनेको महेन्द्र मेमोरियल एकेडेमी दुहबीले नगद १५ हजार, सेकेन्ड रनरअप मुनबिम एकेडेमीले ८ हजार तथा तेस्रो स्थान हासिल गरेको सिद्धार्थ स्कुलले ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

व्यक्तिगत विधातर्फ ‘प्लेयर अफ द टुर्नामेन्ट’ प्रभात बोर्डिङ स्कुलका निमसाङ थापा मगर घोषित भए।

वेस्ट गोलकिपर प्रभातका सिनम बिष्ट, वेस्ट डिफेन्डर मुनबिमका सगम बस्नेत, वेस्ट मिडफिल्डर सिद्धार्थका जीवन खड्का र वेस्ट स्ट्राइकर महेन्द्र मेमोरियलका प्रशान्त मण्डल घोषित भए। वेस्ट कोचको उपाधि पनि प्रभात बोर्डिङ स्कुलकै उमेश जिमीले हात पारे।

कार्यक्रमका विशेष अतिथि प्याब्सन सुनसरी अध्यक्ष नेल्शन थानेश्वर ढकालले विद्यालयस्तरको फुटबल विकासमा प्याब्सन र अखिल नेपाल फुटबल संघ को संयुक्त प्रयासले सकारात्मक नतिजा देखिन थालेको बताए।

कार्यक्रमको अध्यक्षता एन्फा सुनसरी अध्यक्ष नवीन राईले गरेका थिए।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved