मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विश्व ध्यान दिवस विशेष ध्यान कक्षा

  • पुस ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/विश्व ध्यान दिवसको अवसरमा मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि विशेष प्रयोगात्मक ध्यान कक्षा सञ्चालन गरिएको छ।

विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुदृढीकरण, एकाग्रता अभिवृद्धि तथा आत्मअनुशासन विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई त्राटक ध्यान (Gazing Therapy) र भ्रामरी ध्यान (Humming Therapy) का व्यावहारिक अभ्यास गराइएको थियो।

त्राटक ध्यानले दृष्टि स्थिरता र ध्यान शक्ति बढाउन सहयोग गर्ने तथा भ्रामरी ध्यानले तनाव कम गरी मन शान्त बनाउने भएकाले विद्यार्थीहरूलाई दैनिक जीवन र अध्ययन दुवैमा उपयोगी हुने विद्यालयको भनाइ छ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक पदमराज साकाकोटाको प्रत्यक्ष निर्देशनमा सम्पन्न भएको हो।

उहाँले नियमित ध्यान अभ्यासले पढाइमा केन्द्रित हुन मद्दत गर्ने, सकारात्मक सोच विकास गर्ने र आत्मविश्वास बढाउने उल्लेख गर्नुभयो।

बाल्यकालदेखि नै ध्यान अभ्यासको बानी बसाल्न सके विद्यार्थीहरूको समग्र व्यक्तित्व सन्तुलित र सशक्त बन्ने उहाँको धारणा थियो।

इटहरीमा अवस्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल गुणस्तरीय शिक्षासँगै अनुशासन, नैतिक शिक्षा र विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिने विद्यालयका रूपमा परिचित छ।

पढाइसँगै जीवनोपयोगी सीप, सह–पाठ्यक्रम गतिविधि र मानसिक सशक्तिकरणसम्बन्धी कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको विद्यालयले जनाएको छ।

ध्यान कक्षामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको र यसले सिकाइ वातावरण अझ सकारात्मक बनेको विद्यालय प्रशासनको भनाइ छ।

यस्ता मानसिक सन्तुलन र व्यक्तित्व विकास केन्द्रित कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने जनाइएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved