स्थानीय

    Showing ७६१-७७० of ५,३३१ items.
  • जेनजी आन्दोलनपछि पहिलोपटक झापा आउँदै अध्यक्ष ओली

    सुनसरी / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन–जी आन्दोलनपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र दमक आउन लागेका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओली आज झापा आउने कार्यक्रम रहेको छ। कार्यतालिकाअनुसार अध्यक्ष ओली बिहान १०:२५ बजे जहाजमार्फत भद्रपुर अवतरण गर्नेछन्। एमाले केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै उनले झापा क्षेत्र नं. १ र ३ का नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै निर्वाचन तयारी र पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिनेछन्। त्यसपछि क्षेत्र नं. २ का लागि बिर्तामोड र क्षेत्र नं. ४ का लागि सुरूंगा पुगेर स्थानीय नेतृत्वसँग

    • प्रकाशित मितिः माघ ५, २०८२
    • ३३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानसहितको सुनसरी–१ मा एमालेको उम्मेदवार फेरबदल, टीकाराम माङ्लेनलाई टिकट

    धरान/फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धरानसहितको सुनसरी क्षेत्र नं. १ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ। यसअघि उम्मेदवार बनाइने भनिएका सूर्य पान्धाकको स्थानमा टीकाराम माङ्लेनलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो। एमालेको केन्द्रीय निर्णयअनुसार सुनसरी–१ बाट अनेरास्ववियु सुनसरीका पूर्व अध्यक्षसमेत रहेका माङ्लेनलाई टिकट दिइएको हो। यसअघि सार्वजनिक गरिएको उम्मेदवार सूचीमा सूर्य पान्धाकको नाम रहे पनि अन्तिम समयमा सुनसरी–१ को उम्मेदवारमा हेरफेर गरिएको एमाले स्रोतले जनाएको छ। धरान उपमहानगरपालिका समेत समेटिएको सुनसरी–१ मा उम्मेदवार परिवर्तन भएपछि स्थानीय र

    • प्रकाशित मितिः माघ ४, २०८२
    • ४३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बस दुर्घटना : १८ महिनाको शिशुसहित ५ जनाको घटनास्थलमै मृत्यु, १२ घाइते

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित जिरोप्वाइन्टमा भएको बस दुर्घटनाले शोकमा डुबाएको छ। भेडेटारबाट धरानतर्फ आउँदै गरेको शैक्षिक भ्रमणको बस अनियन्त्रित भई सडक छेउमा रहेको न्यू सभा मेडिकल मा ठोक्किँदा १८ महिनाको शिशुसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। प्रहरीका अनुसार मिति २०८२।१०।०४ गते दिउँसो ४ः१० बजे कोशी राजमार्ग अन्तर्गत जिरोप्वाइन्ट क्षेत्रमा को.१ ख ७११९ नम्बरको बस दुर्घटनामा परेको हो। उक्त बस टाइम्स इन्टरनेशनल एकेडेमी स्कुल, जनकपुर को शैक्षिक भ्रमणमा प्रयोग भएको खुलेको छ। दुर्घटनामा बसमा सवार १३ जनामध्ये २ जना र मेडिकलमा रहेका ३ जना गरी जम्

    • प्रकाशित मितिः माघ ४, २०८२
    • ८३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका नगर प्रमुख हर्क साम्पाङले दिए राजीनामा

    धरान/ धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले पदबाट राजीनामा दिनुभएको छ । आज साझ धरान उपमहानगरपालीकाको कार्यलयमा आजैदेखि लागू हुने गरी उपप्रमुख अइन्द्र विक्रम बेघासमक्ष राजीनामा पेस गर्नुभएको हो । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहनुभएका नगर प्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिने तयारी गरेकाले राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो,धरानको विकासका लागि नै म जहाँ जाँदैछु, त्यो पनि धरानकै विकासका लागि हो । नीति निर्माण तहमा देखिएका अवरोध हटाउँदै धरानको समग्र विकासका मुद्दा उठाउने मेरो उद्देश्य हो

    • प्रकाशित मितिः माघ ४, २०८२
    • ४३७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक भ्रमणको बस धरानमा दुर्घटना, चालकसहित ५ जनाको मृत्यु, १३ घाइते

    धरान/ सुनसरीको धरानमा शैक्षिक भ्रमणमा आएको बस दुर्घटना हुँदा चालकसहित ५ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। जनकपुरबाट शैक्षिक भ्रमण आएको बस  भेडेटार बाट  धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको ‘इन्टरनेशनल टेम्स एकेडेमी’ लेखिएको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेका अनुसार उक्त बस धरान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। सुनसरीका प्रहरी प्रमुख (एसपी) केशव थेबेले चालकसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्नुभयो। दुर्घटनामा तीन पुरुष र दुई महिलाको ज्यान गएको छ। दुर्घटना

    • प्रकाशित मितिः माघ ४, २०८२
    • ८७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा युएन नवाेदय कलेजको खेलकुद महोत्सव सुरु

    धरान/सुनसरीको धरान १६ मा अव्यवस्थित युएन नवाेदय +२ कलेजमा ‘स्वास्थ्य र राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित नवोदय खेलकुद महोत्सव–२०२६ सुरु भएको छ। खेलकुद महोत्सवको पहिलो दिन भलिबल, बुद्धिचाल, टेबल टेनिस, क्यारेमबोर्ड, बास्केटबल, ब्याडमिन्टनलगायत विभिन्न प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। भलिबलतर्फ +२ छात्रा समूहमा आकृति राईको समूह विजेता र सुजता तामाङको समूह उपविजेता बनेका छन्। छात्र समूहमा रुप्सन राईको समूहले उपाधि जित्दा सुनीहाङ तेङयुङ लिम्बूको समूह उपविजेतामा सीमित भएको छ। होटल व्यवस्थापन (बीएचएम) तर्फको भलिबल प्रतियोगितामा अनिस बस्नेतको समूह विजेता र मिसन लिम्ब

    • प्रकाशित मितिः माघ ४, २०८२
    • ७५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट ब्राउन सुगरसहित चार जना पक्राउ

    धरान/ धरान उप–महानगरपालिकामा लागूऔषध कारोबारविरुद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा दुई फरक स्थानबाट चार जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरीलाई प्राप्त सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मिति २०८२ साल माघ ३ गते साँझ ६ः२० बजे धरान–१३ फुस्रेमा डेरा गरी बस्दै आएका २८ वर्षीय रोमन भुजेलको कोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा भुजेलको कोठाबाट ब्राउन सुगर १.३९ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घर भएका भुजेललाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्

    • प्रकाशित मितिः माघ ४, २०८२
    • ५५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मंगलबारदेखि धरानमा मेघा रेवाहाङ मेमोरियल अन्डर–१८ बास्केटबल, सम्पूर्ण तयारी पूरा

    धरान/ स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको सम्झनामा आयोजना हुने चौथो अन्डर–१८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। धरान उपमहानगरपालिकाका उपप्रमुख ऐन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यतामा मंगलबार उद्घाटन कार्यक्रम आयोजना गरिनेछ। प्रतियोगितामा सुनसरी, मोरङ र झापाका १९ वटा विद्यालय तथा कलेज टिमको सहभागिता रहनेछ। प्रतियोगितामा हिमशिखर बोर्डिङ स्कुल, पूर्वाञ्चल स्कुल, सुष्मा कलेज, सुकुना कलेज, लोटस स्कुल, नास्ट कलेज, धरान आदर्श स्कुल, धरान मेघा कल

    • प्रकाशित मितिः माघ ४, २०८२
    • ४९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेमा दाह्री पाकेकाले टिकट पाएनन्, भर्खरै प्रवेश गरेका कनौडियाले प्रवेशकै दिन पाए उम्मेदवारी

    काठमाडौँ/  नेकपा एमालेमा वर्षौं झोला बोकेर राजनीति गरेका कतिपय नेताहरू टिकटको पर्खाइमै सीमित हुँदा कांग्रेसबाट भर्खरै पार्टी प्रवेश गरेका वीरेन्द्र कुमार कनौडियाले भने प्रवेशकै दिन प्रतिनिधि सभाको टिकट हात पारेका छन्। कांग्रेसबाट कपिलवस्तु क्षेत्र नम्बर–३ का लागि एकल नाम सिफारिसमा परेका कनौडिया पार्टीभित्रको आन्तरिक किचलोका कारण शनिबार मात्रै एमाले प्रवेश गरेका थिए। प्रवेश गरेको केही घण्टामै एमालेले उनलाई सोही क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको हो। एमाले प्रवेशपछि कनौडियाले कांग्रेसभित्रको निरन्तर किचलोमा अल्झिनुभन्दा एमालेमा रहेर राजनीति गर्नु उपयुक्त लागेको प्रतिक्

    • प्रकाशित मितिः माघ ४, २०८२
    • ३७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी–१ मा पन्धाक, भट्टराई र साम्पाङ आमनेसामने

    धरान/ प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं १ को राजनीतिक माहोल तातिएको छ। नेकपा एमालेले सुनसरी–१ मा सूर्यप्रकाश पन्धाकलाई उम्मेद्वार बनाउने निर्णय गरेसँगै यो क्षेत्र बहुकोणीय र चर्चित प्रतिस्पर्धाको केन्द्र बनेको हो। शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पन्धाकलाई उम्मेद्वार बनाउने टुंगो लगाएको हो। शिक्षण पेशाबाट अवकाश प्राप्त पन्धाक एमाले कोशी प्रदेश कमिटी सदस्य तथा धरान निवासी हुन्। उनी एमालेभित्र बौद्धिक, इमानदार, भद्र र सालिन नेताका रूपमा परिचित छन्। उता, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट धरान–१७ का निर्वाचित वडाअध्यक्ष सूर्यबहादुर भट्टरा

    • प्रकाशित मितिः माघ ४, २०८२
    • ४६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved