मंगलबारदेखि धरानमा मेघा रेवाहाङ मेमोरियल अन्डर–१८ बास्केटबल, सम्पूर्ण तयारी पूरा

  • माघ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको सम्झनामा आयोजना हुने चौथो अन्डर–१८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ।

धरान उपमहानगरपालिकाका उपप्रमुख ऐन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यतामा मंगलबार उद्घाटन कार्यक्रम आयोजना गरिनेछ। प्रतियोगितामा सुनसरी, मोरङ र झापाका १९ वटा विद्यालय तथा कलेज टिमको सहभागिता रहनेछ।

प्रतियोगितामा हिमशिखर बोर्डिङ स्कुल, पूर्वाञ्चल स्कुल, सुष्मा कलेज, सुकुना कलेज, लोटस स्कुल, नास्ट कलेज, धरान आदर्श स्कुल, धरान मेघा कलेज ‘ए’ र ‘बी’, डिपो स्कुल, होलील्याण्ड इन्टरनेशनल स्कुल, क्यारेमल उच्च माध्यमिक स्कुल तथा विद्या भूषण स्कुलले प्रतिस्पर्धा गर्नेछन्।

सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीका अनुसार अघिल्लो वर्ष १४ टिम सहभागी भएको प्रतियोगितामा यस वर्ष १९ टिमको सहभागिता रहेको छ। उनले प्रतियोगितालाई कोशी प्रदेशस्तरीय बनाउने लक्ष्यका साथ आवश्यक तयारी गरिएको र आगामी वर्षहरूमा धनकुटा, इलाम तथा उदयपुरका विद्यालयहरूलाई समेत समेट्ने योजना रहेको बताए।

प्रतियोगितामा कक्षा १० सम्मका विद्यालयबाट १२ खेलाडी सहभागी हुन पाउनेछन् भने प्लस टु ९कक्षा ११–१२० सञ्चालन गरेका विद्यालयबाट कक्षा १० का ६ र कक्षा ११–१२ का ६ गरी कुल १२ खेलाडी खेल्न पाउनेछन्। फाइनल खेलका दिन एक मिनेटमा सबैभन्दा बढी स्कोर गर्ने खेलाडीलाई थ्री–प्वाइन्ट कम्पिटिशनमार्फत पुरस्कृत गरिनेछ।

प्रतियोगिताका विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल सङ्घ र धरान मेघा हिमालयन कलेजको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतिष्ठानका अध्यक्ष रेवती रमण राईले रेवाहाङको अधुरो सपना पूरा गर्दै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको बताए।

स्वर्गीय रेवाहाङ राईको २०७७ माघ २० गते १६ वर्षको उमेरमा निधन भएको थियो। उनका अभिभावकले उनको सम्झनामा अक्षय कोष स्थापना गरी प्रतियोगिता सुरु गरेका हुन्।

मेघा हिमालयन कलेजका प्रिन्सिपल भास्कर पौडेलका अनुसार यस वर्ष पुरस्कार राशि ५ हजार रुपैयाँले वृद्धि गरिएको छ भने हाल अक्षय कोषमा दुई लाख रुपैयाँ पुगेको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved