धरानमा युएन नवाेदय कलेजको खेलकुद महोत्सव सुरु

  • माघ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरान १६ मा अव्यवस्थित युएन नवाेदय +२ कलेजमा ‘स्वास्थ्य र राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित नवोदय खेलकुद महोत्सव–२०२६ सुरु भएको छ।

खेलकुद महोत्सवको पहिलो दिन भलिबल, बुद्धिचाल, टेबल टेनिस, क्यारेमबोर्ड, बास्केटबल, ब्याडमिन्टनलगायत विभिन्न प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।

भलिबलतर्फ +२ छात्रा समूहमा आकृति राईको समूह विजेता र सुजता तामाङको समूह उपविजेता बनेका छन्। छात्र समूहमा रुप्सन राईको समूहले उपाधि जित्दा सुनीहाङ तेङयुङ लिम्बूको समूह उपविजेतामा सीमित भएको छ।

होटल व्यवस्थापन (बीएचएम) तर्फको भलिबल प्रतियोगितामा अनिस बस्नेतको समूह विजेता र मिसन लिम्बूको समूह उपविजेता बनेका छन्।

बास्केटबलतर्फ छात्रा समूहमा नुमा लिम्बूको समूह विजेता र सेलिना अधिकारीको समूह उपविजेता बनेका छन् भने छात्र समूहमा श्याम सेर्पाको समूह विजेता र आयुस लिम्बूको समूह उपविजेता भएका छन्।

ब्याडमिन्टनतर्फ छात्रा समूहमा दिप्सा तुम्बापोको समूह विजेता र नित्या राईको समूह उपविजेता बनेका छन्। छात्र समूहमा युदिप लिम्बूको समूह विजेता र अमित राईको समूह उपविजेता भएका छन्।

टेबल टेनिसतर्फ छात्रा समूहमा सेलिना अधिकारी विजेता र सोनिया अधिकारी उपविजेता बनेकी छन्। छात्र समूहमा आयुस चौधरी विजेता र अनिस बस्नेत उपविजेता बनेका छन्।

खेलमा विजेता तथा उपविजेता विद्यार्थीहरूलाई कलेजका प्रधानाचार्य तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल व्यवस्थापन संयोजक गगनमान श्रेष्ठ, खाद्य उत्पादन व्यवहारिक प्रमुख सिर्जना लिम्बू, प्राध्यापकहरू दिव्या झा, जानुका तुम्बापो, अञ्जु चौधरी, अनिमेश बास्तोला, अरुण प्रधान, आनन सुब्बा, सिर्जना गीरीलगायतले अविर, पदक र ट्रफी प्रदान गरी सम्मान गरेका थिए।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानाचार्य तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले नवोदय +२ युएन कलेजका विद्यार्थीहरू पढाइसँगै खेलकुद क्षेत्रमा पनि उत्कृष्ट रहेको बताए।

विद्यालय इन्चार्ज नीरकुमार राईले उद्घाटन गरेको खेलकुद महोत्सव माघ २ गते शुक्रबारदेखि माघ ६ गते मंगलबारसम्म सञ्चालन हुने कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले जानकारी दिए।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved