एमालेमा दाह्री पाकेकाले टिकट पाएनन्, भर्खरै प्रवेश गरेका कनौडियाले प्रवेशकै दिन पाए उम्मेदवारी

  • माघ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/  नेकपा एमालेमा वर्षौं झोला बोकेर राजनीति गरेका कतिपय नेताहरू टिकटको पर्खाइमै सीमित हुँदा कांग्रेसबाट भर्खरै पार्टी प्रवेश गरेका वीरेन्द्र कुमार कनौडियाले भने प्रवेशकै दिन प्रतिनिधि सभाको टिकट हात पारेका छन्।

कांग्रेसबाट कपिलवस्तु क्षेत्र नम्बर–३ का लागि एकल नाम सिफारिसमा परेका कनौडिया पार्टीभित्रको आन्तरिक किचलोका कारण शनिबार मात्रै एमाले प्रवेश गरेका थिए। प्रवेश गरेको केही घण्टामै एमालेले उनलाई सोही क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको हो।

एमाले प्रवेशपछि कनौडियाले कांग्रेसभित्रको निरन्तर किचलोमा अल्झिनुभन्दा एमालेमा रहेर राजनीति गर्नु उपयुक्त लागेको प्रतिक्रिया दिएका छन्। उनी यसअघि कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सभामा संसदीय दलको नेतासमेत भइसकेका अनुभवी नेता हुन्।

तर कनौडियालाई टिकट दिइएपछि एमालेभित्र तीव्र असन्तुष्टि चुलिएको छ। पार्टीमा लामो समय योगदान गरेका नेताहरूलाई पन्छाएर नयाँ प्रवेशकर्तालाई प्राथमिकता दिइएको भन्दै जिल्लादेखि केन्द्रसम्म असन्तोष फैलिएको छ।

एमालेले अधिकांश जिल्ला र क्षेत्रका उम्मेदवार टुंग्याइसकेको भए पनि केही स्थानको निर्णय भने पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातमा सुम्पिएको छ। बाँकी निर्णयले पार्टीभित्र थप तरंग ल्याउने संकेत देखिएको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved