धरान : धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छात्रावासमा तोडफोड गरेको आरोपमा एक इन्टर्न डाक्टर सहति दुईजना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका वडा नं १३ स्थायी घर भई हाल प्रतिष्ठानको छात्रावासमा बस्दै आएका एमबीबीएस अध्ययनरत छात्र इन्टर्न रोशन यादवले गए राति १०ः३० बजे मादक पदार्थ सेवन गरि सप्तरी भारदहका साथी केशव यादवलाइ प्रवेश गराई छात्रावासमा तोडफोड गरेका हुन् । छात्रावासमा विद्यार्थीबाहेक अन्य व्यतिmहरुलाई प्रवेश निष्ोध गरिएकोमा रोशनले साथिलाई छात्रावासमा प्रवेश गराई प्रतिष्ठानको झ्यला ,ढोका , सिसा तोडफोड गरि क्षति पु¥याएको भन्ने उजुरीको आधारमा दुवै
धरानउपभोक्ता समितिको शतप्रतिशत लागतमा निर्माण हुन लागेको धरान १५ स्थित तोप्थुम्का तिर्थलोक त्रीशुल मार्ग लुप सडकको हिजो बिहिबार शिल्यान्यास भएको छ ।सडकको ड्रेन, एजिङ, ल्याप र सवबेसको काम स्थानिय उपभोक्ताबाट निर्माण गरीने समितिका अध्यक्ष तिलक राईले बताएका छन् । उनका अनुसार उक्त कार्यको लागि करीब १८ लाख १३ हजार ७ सय ६० रुपैयाँको आर्थिक अनुमान गरीएको जानकारी दिएका छन् । धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारमले सो सडको शिल्यान्यास गरेका हुन् । सडक शिल्यान्यासको क्रममा सडक कालोपत्रे गर्नको लागि भने वडाले सहयोग गर्ने वडाध्यक्ष नरेशकुमार इवारमले प्रतिवद्धता जनाएको समितिका अध्यक्ष राईले बताएका
धरान । पर्यटन प्रवद्र्धनमा अघि बढ्दै गरेको धरानमा थप पर्यटकीय गन्तव्य निर्माण भएको छ । धरान १३ मा पुरानो फुस्रे बजारको झल्को दिने गरिका मुर्तिहरुको पार्क निर्माण गरिएको छ । पार्कले धरानको पर्यटकीय गन्तव्य थपिएको स्थानीयहरु बताउँछन् । फुस्रे बजार धरानको पुरानो बजारमा पर्छ । कोशी पहाडी जिल्लाबाट बजार भर्न आउनेहरुका लागि मुख्य बजार बनेको थियो । धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा लगायत पुर्वी पहाडी भेगका मानिसहरुको प्रमुख व्यापारिक केन्द्र धरानको फुस्रे बजार रहेको थियो । तर, धरान धनकुटे कोशी राजमार्ग निर्माण भएसँगै यहाँको व्यापारिक चमक हरायो भने फुस्रो ओझेलमा परेको थियो । त्यही ऐतिहासिक बजारको
धरान । कृषिजन्य उत्पादनको बजारीकरणका लागि धरानमा सुविधा सम्पन्न शुभम कृषि उपज बजार शुरु हुने भएको छ । दैनिक उपभोग्य बस्तुहरु एकै स्थलमा पाईने सुविधा सहित धरान ७ को भौडी नजिकै कृषिउपज बजार संचालनमा आएको हो । करिव १० कठ्ठा जग्गामा ११ वर्षका लागि लिजमा लिएर व्यवसायी काजी गिरी, रुद्र न्यौपाने, दिल बहादुर राई र मुक्ति बन्धु अधिकारीले बजार शुरु गरेका हुन् । धरान आसपासका कृषकहरुलाई र विभिन्न ठाँउमा छरिएर रहेका व्यवसायीहरुलाई सिधै सम्पर्क गर्ने र उपभोक्ताहरुलाई शुलभ मुल्यमा सागसब्जी उपलब्ध गराउन बजार संचालनमा ल्याउने तयारी भएको संचालक काजी गिरीले बताए । बजारमा शौचालय, पार्किङ्ग, सुरक्षा गार्ड, सिसी
धरान । औजार प्रकाशन सहकारी संस्थाद्वारा सञ्चालित औजार अनलाइन टिभिको स्टुडियो शुभारम्भ भएको छ । धरान–९ स्थित आचार्य लाइनमा रहेको औजारको कार्यालयमा नेकपाका प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरे तथा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले स्टुडियोको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । २०६२ सालमा औजार प्रकाशन सहकारी संस्था गठन भइ साप्ताहिक पत्रिका प्रकाशन सुरुवात भएको थियो । संस्थाले साप्ताहिक पत्रिका हुँदै लामो समयसम्म दैनिक पत्रिका र पछिल्लो समय रंगीन दैनिक पत्रिका सञ्चालन गरेको थियो । कोभिड–१९ कोरोना माहामारीका कारण लकडाउन भएपछि पत्रिका प्रकाशन बन्द भएको हो । पत्रिका बन्
धरान । प्रदेश सरकारले तयार गरेको डिपिआर अनुसार लागत स्टीमेट ठुलो बजेटको भए पछि धरानको स्मार्ट बसपार्कको डिपिआर संशोधन गरिएको छ । प्रदेश सरकारको ससर्त अनुदानबाट निर्माण गरिने भनिएको धरान ८ स्थित तिनकुने सुन्दर बस्ती विकाश आयोजना अन्र्तगतको स्मार्ट बसपार्कका लागि डिपिआर अनुसार निर्माण हुने बसपार्कका लागि धरान उपमहानगरपालिकाले बजेट धान्न नसक्ने भए पछि संशोधन गरिएको हो । प्रदेश सरकारले परामर्शदाता मार्फत तयार गरेको डिपिआरको लागत स्टिमेट करिब ४३ करोडको थियो । परामर्शदाताको डिपिआरमा थुप्रै कुरा छुटेकोले उपमहानगरको प्राविधिकले रिचेक गर्दा लागत झण्डै ६४ करोड पुगेको थियो । उपमहानगरसँग सिमित स्रोत मात
धरान । कोरोनाको महामारीको समयको धरानका निजी तथा संस्थागत विद्यालयहरुको वार्षिक शुल्क निर्धारण भएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निजी तथा सामुदायिक विद्यालयका संचालक लगायत अभिभावकहरु सँग गरेको छलफल पछि बार्षिक शुल्क न्युनतम ३ हजार र अधिकतम ७ हजार रुपैया तोकिएको छ भने असोज महिनादेखि मात्र गत बर्ष कायम भएको शुल्क लिन पाउने निर्णय भएको छ । बुधबार धरान उपमहानगरपालिकाले दुवै पक्षबिच छलफल गरेपश्चात मेयर राईले मेयरस्तरीय निर्णय गर्दै आपसी सहमती भए अनुसार मासिक तथा बार्षिक शुल्क कायम गर्ने, सहमति वा समझदारी नभएको खण्डमा उपमहानगरले तोके वमोजिमको हुने निर्णय भएको शिक्षा महाशाखाले जनाएको छ
धरान । स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड पुरा गरेका धरानका निजी तथा सामुदायिक विद्यालयहरु विहिबार (आज) देखि संचालन हुने भएका छन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निजी तथा सामुदायिक विद्यालयका प्रध्यानापक लगायत अभिभावकहरु सँग गरेको छलफल पछि विहिबार देखि विद्यालय संचालन गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाका अनुसार निजी विद्यालयहरुले मावि तहको ८, ९ र १० कक्षा शुरु गर्ने छन् भने आधारभुत तहका विद्यालयहरु ८ सम्म भएकाले कक्षा ७ र ८ यता कक्षा ५ सम्मका विद्यालयहरुले कक्षा ४ र ५ शुरु गर्नेछन् । उपमहानगरले बनाएको मापदण्ड अनुसार विद्यालयको भौतिक अवस्थालाई ध्यान दिदै एक बेञ्चमा बढीमा २ जना म
धरान/ धरान-१० सैनिक चोकमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो तेस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार आयोजना भएको तेस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष डा।योगेन्द्र राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६र७७ मा खुद बचत १६ लाख ४७ हजार २ सय ७४ रूपैयाँ ६३ पैसा भएको जानकारी दिएका छन् । उनले आर्थिक वर्ष २०७६र७७ को अन्त्यमा २ करोड २१ लाख २५ हजार रूपैयाँ शेयर पूँजी पुर्याउन सफल भएको बताउँदै कुल निक्षेप १२ करोड ३५ लाख ३८ हजार ३ सय ८२ रूपैयाँ रहेको बताएका छन् । सहकारीले यस वर्ष २ करोड ५७ लाख ४९ हजार ५ सय ३८ रूपैयाँ
धरान । निर्वाचनताका गरेका प्रतिबद्धताहरु १ वर्ष बितिसक्दा पनि पुरा गर्न नसकेको आक्षेप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई अहिले सल्लाहाकार मनोनितको विषय पनि विवादित बनेको छ । निर्वाचित भएको १ वर्ष पछि गत १२ गते नगर प्रमुख स्तरिय निर्णय अनुसार विज्ञ समिती र सल्लाहाकार समिती गठन गरेका थिए । मंसिर १६ गते निर्णय अनुसारको नामावली सार्वजनिक गरे पछि उनको मनोनयन प्रक्रिया विवादित बनेको हो । सल्लाहाकार समिती र विज्ञसमितीको निर्णय आफै गर्ने र सुचना पनि आफै जारी गर्ने प्रक्रियाले प्रशासन कर्मचारीहरु सँगको समन्वय हुन नसकेको भन्दै एक थरीले प्रसाशनिक त्रुटि रहेको जनाएको छ भने अर्को थरी उनकै पार्