धरानका विद्यालयको वार्षिक शुल्क न्युनतम ३ हजार देखि ७ हजार सम्म

  • मंसिर २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको महामारीको समयको धरानका निजी तथा संस्थागत विद्यालयहरुको वार्षिक शुल्क निर्धारण भएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निजी तथा सामुदायिक विद्यालयका संचालक लगायत अभिभावकहरु सँग गरेको छलफल पछि बार्षिक शुल्क न्युनतम ३ हजार र अधिकतम ७ हजार रुपैया तोकिएको छ भने असोज महिनादेखि मात्र गत बर्ष कायम भएको शुल्क लिन पाउने निर्णय भएको छ ।

बुधबार धरान उपमहानगरपालिकाले दुवै पक्षबिच छलफल गरेपश्चात मेयर राईले मेयरस्तरीय निर्णय गर्दै आपसी सहमती भए अनुसार मासिक तथा बार्षिक शुल्क कायम गर्ने, सहमति वा समझदारी नभएको खण्डमा उपमहानगरले तोके वमोजिमको हुने निर्णय भएको शिक्षा महाशाखाले जनाएको छ ।

उपमहानगरका अनुसार निजी विद्यालयहरुले लिने मासिक शुल्क असोज महिनादेखि गत बर्ष कामय भएको शुल्क मात्र लिन पाउने निर्णय गरिएको छ । असोज महिना भन्दा अघि अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयहरुले अनलाइन कक्षामा सहभागी भएका विद्यार्थीहरुबाट मात्र मासिक शुल्कको आधा (पचास प्रतिशत) मात्र लिन पाउने निर्णय गरिएको छ ।

गत बर्ष बार्षिक शुल्क ६ हजारसम्म भएको हकमा चालु बर्षमा ५० प्रतिशत अर्थात ३ हजार मात्र लिन पाउने निर्णय भएको छ । तीन हजार भन्दा कम बार्षिक शुल्क लिने विद्यालयहरुले गत बर्ष लिने गरेको बार्षिक शुल्क रकम बराबरी मात्र लिने निर्णय भएको छ ।

यस्तै, गत बर्ष ६ हजारभन्दा माथि ९ हजारसम्म बार्षिक शुल्क लिएका विद्यालयहरुले यो बर्ष ४० प्रतिशत मात्र शुल्क लिन पाउनेछन् भने ९ हजारदेखि १२ हजारसम्म गत बर्ष शुल्क लिने विद्यालयहरुले ३५ प्रतिशत शुल्क लिन पाउनेछन् ।यसैगरि, १२ हजारदेखि १५ हजारसम्म बार्षिक शुल्क लिने विद्यालयहरुले ३० प्रतिशत शुल्क लिन पाउनेछन् भने १५ हजारदेखि २८ हजारसम्म बार्षिक शुल्क लिने विद्यालयहरुले २५ प्रतिशत मात्र शुल्क लिन पाउने छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved