औजार अनलाइन टिभिको स्टुडियो शुभारम्भ

  • पुस ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । औजार प्रकाशन सहकारी संस्थाद्वारा सञ्चालित औजार अनलाइन टिभिको स्टुडियो शुभारम्भ भएको छ ।

धरान–९ स्थित आचार्य लाइनमा रहेको औजारको कार्यालयमा नेकपाका प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरे तथा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले स्टुडियोको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । २०६२ सालमा औजार प्रकाशन सहकारी संस्था गठन भइ साप्ताहिक पत्रिका प्रकाशन सुरुवात भएको थियो ।

संस्थाले साप्ताहिक पत्रिका हुँदै लामो समयसम्म दैनिक पत्रिका र पछिल्लो समय रंगीन दैनिक पत्रिका सञ्चालन गरेको थियो । कोभिड–१९ कोरोना माहामारीका कारण लकडाउन भएपछि पत्रिका प्रकाशन बन्द भएको हो । पत्रिका बन्द भएपनि समय अनुसार औजारलाई औजारन्युज डटकम र हाल अनलाइन टिभि सञ्चालन गर्न थालिएको संस्थाका अध्यक्ष मोतीराज सुनुवारले बताउनुभयो ।

हाल औजार टिभि युट्युब मार्फत् प्रसारण भइरहेको छ । टिभिले समसामयिक विषयमा सरोकारवालासँग प्रत्यक्ष कुराकानी गर्दै आएको छ । अध्यक्ष सुनुवारका अनुसार विस्तारै टिभि मार्फत् विभिन्न कार्यक्रम उत्पादन गरी प्रसारण गरिने बताउनुभयो । उद्घाटन कार्यक्रममा धरानमा रहका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

खबरदारी गर्ने नेतृत्व गरोस्ः घिमिरे
औजार अनलाइन टिभिको स्टुडियो उद्घाटन गर्दै नेकपा केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष देवराज घिमिरेले समाजको हरेक क्षेत्रमा प्रत्यक्ष सरोकार राख्दै सुसुचित गर्ने तथा हरेक क्षेत्रका नेतृत्वलाई सहि मार्गमा हिडाउन खबरदारी गर्ने नेतृत्व औजारले गर्ने आशा व्यक्त गर्नुभएको छ ।

उहाँले यस अघि पनि औजार पत्रिका र अनलाइनले जनतालाई सुसुचित गर्दै आएको र विभिन्न चरणमा भएका राजनीतिक परिवर्तनमा समेत सक्रिय लागि परेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले पत्रकारिताको क्षेत्रमा सत्य कुरालाई बाहिर ल्याउने, गलत कुरालाई जनताको माझ भण्डाफोर गर्ने काममा औजार केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

घिमिरेले ‘औजार टिभीले आजकै दिनबाट महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ, पेशगत हिसाबले मात्र नभै समाजलाई सही बाटो देखाउनको लागि, सही नेतृत्व गर्नको लागि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।’

कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले औजार टिभि भविष्यमा स्याटलाइट टिभिको रुपमा प्रसारण गर्न सकोस् भन्ने कामना व्यक्त गर्नुभयो ।

उहाँले अहिले युट्युबमा सहि सूचना भन्दा पनि समाजलाई हानी गर्ने खालका तथा नितान्त पारिवारीक कलहलाई देखाएर पैसा कमाउने तर्फ मात्रै ध्यान दिइरहेको भन्दै औजार टिभि त्यो भन्दा फरक तथा समाजप्रति उत्तरदायी भएर अघि बढ्न सुझाव दिनुभयो ।

IMG_7913 IMG_7936 IMG_7946 IMG_7937 IMG_7915

यातायात व्यवसायीको घ ...

काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश ...

काठमाडौंमा राजावादीक ...

काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइत ...

साकेला उभौलीको भव्य ...

धरान/  किरात राई समुदायको महान पर्व साकेला उभ ...

हल्ला नगरि काम गर्ने ...

धरान/  “जहाँ आवश्यकता, त्यहाँ लायन्स” ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved