स्थानीय

    Showing 4,611-4,620 of 5,057 items.
  • वराहक्षेत्रको धार्मिक र विद्यालय परिसरमा मद्यपान र धुम्रपान निषेध

    बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाका शैक्षिक संस्था र धार्मिक क्षेत्रमको ५ सय मिटर वरिपरी मद्यपान र धुम्रपान जन्य पदार्थको बिक्रि बितरण गर्न निषेध गरिएको छ ।वराहक्षेत्र नगरपालिकाले इलाका प्रहरी कार्यलय महेन्द्रनगर र महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको साझेदारीमा लागुपदार्थ दुव्र्यसनीलाई न्युनिकरण गरि सभ्य समाज निर्माण गर्ने उद्देश्यले बिद्यालयको वरिपरि चुरोट, रक्सी, खैनी, गुट्खा जस्ता धुम्रपान र मद्यपान सहित खुल्ला रुपमा माछा मासु बिक्रि बितरणमा निषेधित क्षेत्र घोषणा गरिएको हो । बिहिबार नगरपालिकाको धार्मिकक्षेत्र चतरामा एक औपचारिक कार्यक्रमको आयोजना गरि नगर प्रमुख निलम खना

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 980 पटक पढिएको
    • "संगम बिष्ट"
  • एमाले सुनसरीको सातौं जिल्ला अधिवेसन पुष २३ मा

    सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने भएको छ । पार्टी प्रचारप्रसार उपसमितिले विहिबार इटहरीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । जिल्ला सदरमुकाम इनरुवा स्थित जेल फिल्ड (खेलमैदान) मा हुने अधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनैतिक एवम् साँगठानिक अवस्थाको बिचार, विमर्श र विश्लेषण गर्ने पार्टी जिल्ला अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए । अधिवेशनलाई पौष २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्ने छन् । प्रचारप्रसार उपसमितिक

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,012 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका नौं जना नगर प्रहरीलाई दर्जांनी चिन्ह प्रदान

    धरान । धरान उपमहानगरपालिकाले नौ जना नगर प्रहरीहरुलाई दर्जांनी चिन्ह प्रदान गरिएको छ । विहीबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले नगर प्रहरी ४ जना र बारुणयन्त्र शाखामा कार्यरत ५ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मेयर तिलक राईले दज्र्यानी चिन्ह प्रदान गर्दै बढुवा भएका नगर प्रहरीहरुलाई इमान्दारिता र कर्तव्यनिष्ठ भई नगरको सुरक्षामा खटिन निर्देशन समेत दिउका थिए । नगर प्रहरी निरिक्षक विष्णु कोईरालाका अनुसार ४ जना नगर प्रहरी हवल्दारबाट असईमा बढुवा भएका हुने भने बारुणयन्त्र शाखामा कार्यरत ५ जना हवल्दारबाट जम्दारमा बढुवा भएका हुन् । नगर प्र

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा बढुवा ढिलाई प्रति चिकित्सा समाजद्वारा उपकुलपतीलाइ ध्यानाकर्षण

    धरान/ विगत लामो समय देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढुवा, तलब निकासी लगायतमा देखिएका समस्याहरु प्रति सुनुवाइ नभए पछि चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले प्रतिष्ठानका उपकुलपतिको ध्यानाकर्षण गराएका छ । बुधबार उपकुलपतिको कार्यकक्षमै पुगेर समाजले फ्याकल्टीहरुको बढुवा, सरकारले बढाएको तलव निकासी लगायतको माग राख्दैं ध्यानाकर्षण गराएको हो । लामो समयदेखि चिकित्सक शिक्षकहरुको सामान्य मागलाई लिएर पटक पटक जानकारी गराउँदा समेत प्रशासनले सुनुवाई नगरेको भन्दैं के कति कारणले प्रतिष्ठानका लागि काम गर्ने चिकित्सकहरुको सामान्य समस्या प्रति चासो नदेखाएको हो भन्दैं प्

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 715 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका उपचार सामग्री दाताकै भरमा

    धरान/ दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न वार्डहरुमा प्रयोग गरिने उपचार सामग्री दाताले दिएको भरमा काम चलिरहेको छ ।एमआरआई मेसिन देखि साना साना आवश्यकीय सामग्रीहरु पनि अहिले सम्म दाताले दिएका बाटै काम चलाइरहेको छ । भ्रष्टाचार गर्न मिल्ने ठुल–ठुला मेसिनहरु खरिदमा केन्द्रित हुँदा साना साना आवश्यकीय सामग्रीमा भने प्रतिष्ठानको चासो देखिन्दैन् । प्रतिष्ठानभित्र रहेका मेडिसिन वार्ड, सर्जिकल वार्ड, हाडजोर्नी विभाग, चर्मरोग विभाग, इनटी विभान, आँखा विभाग लगायतका वार्डहरुमा प्रयोग गरिने ह्विलचियर, सक्सेन मेसिन (खकार निकाल्ने मे

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिसो बढेपछि पहाडी र तराई क्षेत्रका विद्यालयमा विद्यार्थी घटे

        काठमाडौं / केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै ह्वात्तै चिसो बढेपछि जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालयमा विद्यालय जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ । सबैभन्दा उच्च पहाडी क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिको माझखर्क, सातदोबाटे तथा रौतामाई गाउँपालिकाको नामेटार, टाट्ने र रौता बोलुङ्खा क्षेत्रका विद्यालयका तल्ला कक्षाका विद्यार्थीको उपस्थिति चिसोको कारण न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताए । एक हप्तादेखि ह्वात्तै चिसो बढ्न थालेपछि तल्ला कक्षाका नानीहरुको उपस्थिति कम हुन थालेको रौता बोलुङखास्थित पञ्चकन्या आधारभूत विद्यालयका शिक्षिका रीताकुम

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 667 पटक पढिएको
    • "रासस"
  • नवौं भेडेटार फुडफेस्टिवल पुष १६ देखी

    धरान/ कोरोनाका कारण अघिल्लो वर्ष स्थगित रहेको भेडेटारमा नौं वर्ष अघि देखि संचालन हुँदै आएको तिन दिने फुड फेस्टिवल यस वर्ष पुष १६ गते देखि हुने भएको छ । प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा होटल एशोसिएशन अफ भेडेटारको आयोजनामा अंग्रेजी नयाँ बर्ष मनाउन आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गरिएको हो । पुष १८ गते सम्म संचालन हुने फेस्टिवलमा कोरोनाकै कारण भारतीय पर्यटकहरु कम आउने अनुमान गरिए पनि आन्तरिक पर्यटकहरुको संख्या बढ्ने आयोजकको अपेक्षा छ । एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार तीन दिने फेस्टिवलमा १ करोड बराबरको कारोबार हुने अपेक्षा छ । यस्तै, २० देखि ३० हजार

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 748 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजाजको ‘एक्सचेन्ज एन्ड अपग्रेड महामेला’ शुरु

    धरान / नेपालमा सर्वाधिक बिक्री हुने सुचीमा रहेको बजाज मोटरसाइकलको धरान स्थित आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आइतबार देखि एक्सचेन्ज एन्ड अपग्रेड महामेला शुरु गरेको छ । अटोको आफ्नै सोरुम परिसरमा ग्राहकको अधिक माग भए पछि अंग्रेजी नयाँवर्ष २०२२ को अवसरमा धरानमा आइतबार देखि बजाजको एक्सचेन्ज एन्ड अपग्रेड महामेला सञ्चालन गरेको हो । आइतबार देखि १५ गतेसम्म हुने महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्यांकन, बजार मूल्यभन्दा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदरमा सरल फाइनान्सको सुविधा, नगद तथा एक्सचेन्जबाट खरिद गर्ने ग्राहकहरूले विभिन्न उपहार तथा नगद जित्न सक्ने अर्विन एन्ड ब्रदर्स अटोक

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिसोमा विरामी कुरुवालाई सास्ती

    धरान/ चिसो बढेसंगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामी लिएर आएका कुरुवालाई समस्या हुने गरेको छ । चिसो मौसमकै कारण रुघाखोकी, ग्यास्टिक, श्वासप्रश्वासका समस्या विरामीका कुरुवाहरुलाई देखिन थालेको छ । सप्तरीका रामविलास यादवले बाबुलाई पेटको समस्या भएपछि एक महिना अघि उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा १५ दिनदेखि बाबु सुखीलाल मेडिसिन वार्डमा भर्ना भएका छन् । बाबुको कुरुवामा बसेका उनी अहिले चिसोकै कारण विरामी परेका छन् । चिसोका कारण रुघाँ खोकी लाग्ने र टाउँको दुखेको उनी बताउ“छन । उनी भन्छन्, ‘लगातार चिसो भुईमा म्याट्रेस ओछ्याएर सुतेको १५ दिन भयो, अहिले

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 680 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • एमाले धरान अध्यक्षमा हर्कजंग, सुवेदी समूहको असन्तुष्टी

    धरान । विगत दुई महिना देखि छुट्टा छुट्टै नगर समिती बनेर विवादमा रहेको नेकपा एमालेको धरान कमिटीको समस्या समाधान उन्मुख रहेको छ । गत कार्तिक ९ गते धरान उपमहानगर अधिवेसनले संस्थापन पक्षबाट हर्कजंग एभेङ र इतर समुहबाट नारायण सुवेदीको अध्यक्षतामा कमिटी बनेको थियो । स्थानीय नेताहरुले पटक पटक विवाद समाधान गर्न प्रयास गरे पनि साम्य नभए पछि केही दिन भएको एमालेको सुनसरी जिल्लाको पुर्ण बैठकले विवाद समाधानका लागि कार्यदल बनाएको थियो । पार्टी जिल्ला कमिटीको अधिवेशन पुष २३ गते हुने मिति तय भएपछि धरानको विवाद मिलाउन दबाब परेको थियो । जिल्ला अध्यक्ष खेमराज पोख्रेलको संयोजकत्वमा बनेको कार्यदलले हर्कजंग एभेङलाई

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 1,337 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved