नवौं भेडेटार फुडफेस्टिवल पुष १६ देखी

  • पुष १३, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोरोनाका कारण अघिल्लो वर्ष स्थगित रहेको भेडेटारमा नौं वर्ष अघि देखि संचालन हुँदै आएको तिन दिने फुड फेस्टिवल यस वर्ष पुष १६ गते देखि हुने भएको छ ।

प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा होटल एशोसिएशन अफ भेडेटारको आयोजनामा अंग्रेजी नयाँ बर्ष मनाउन आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गरिएको हो । पुष १८ गते सम्म संचालन हुने फेस्टिवलमा कोरोनाकै कारण भारतीय पर्यटकहरु कम आउने अनुमान गरिए पनि आन्तरिक पर्यटकहरुको संख्या बढ्ने आयोजकको अपेक्षा छ ।

एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार तीन दिने फेस्टिवलमा १ करोड बराबरको कारोबार हुने अपेक्षा छ । यस्तै, २० देखि ३० हजार पर्यटकहरु घुम्न आउने अनुमान गरिएको उनले बताए । फेस्टिवल स्थलको रुपमा भेडेटार चोक देखि काम्फेक, थुम्की, नाम्जे र नमस्ते झरनालाई केन्द्रीत गरिने पनि उनले बताए ।

फेस्टिवलमा भेडेटार क्षेत्रमा पाइने जातीय खानेकुरा, अर्गानिक खानेकुराको प्रवद्र्धन गरिनेछ भने स्थानीय कृषि, घरेलु उत्पादनको प्रवद्र्धन हुने सचिव तुमराज लिम्बुले बताए । साँझ साँस्कृतिक कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा पनि पर्यटकहरु रमाउन पाउने उनले बताए । फेस्टिवलमा भेडेटारका होटल तथा लजहरुले पाहुना पर्यटकहरुलाई छुट दिने भएको छ । साथै, जिपलाइन र प्याराग्लाइडिङमा रमाउन चाहने पर्यटकहरुले पनि शुल्कमा छुट पाउने भएका छन् ।

आयोजकका अनुसार तीन दिने फेस्टिवलमा भेडेटारका होटल र लजहरुले १० प्रतिशत छुट दिनेछ भने हेलिकप्टरमा फन फ्लाइट गर्दा ५ हजार मात्र शुल्क लाग्नेछ । यस्तै, देवीथान जिपलाइनमा ३ वटै क्याटोगोरीमा १५ प्रतिशत छुट पाइनेछ भने प्याराग्लाइडिङमा पनि फेस्टिवल अवधिभर पर्यटकहरुले ३० प्रतिशत छुट पाउने अध्यक्ष रुम्दालीले जानकारी दिए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved