धरान । धरान उपमहानगरपालिकाले नौ जना नगर प्रहरीहरुलाई दर्जांनी चिन्ह प्रदान गरिएको छ ।
विहीबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले नगर प्रहरी ४ जना र बारुणयन्त्र शाखामा कार्यरत ५ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मेयर तिलक राईले दज्र्यानी चिन्ह प्रदान गर्दै बढुवा भएका नगर प्रहरीहरुलाई इमान्दारिता र कर्तव्यनिष्ठ भई नगरको सुरक्षामा खटिन निर्देशन समेत दिउका थिए ।
नगर प्रहरी निरिक्षक विष्णु कोईरालाका अनुसार ४ जना नगर प्रहरी हवल्दारबाट असईमा बढुवा भएका हुने भने बारुणयन्त्र शाखामा कार्यरत ५ जना हवल्दारबाट जम्दारमा बढुवा भएका हुन् । नगर प्रहरी धनबहादुर लिम्बु, विजय थापामगर, बिसान गुरुङ र सुरेश मंग्रातीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको थियो भने बारुणयन्त्र शाखामा कार्यरत देवल कुमार राई, बुद्ध तामाङ, नविन भूजेल, सुर्यप्रसाद अधिकारी र कुमार बुडाथोकीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।