वीपीमा बढुवा ढिलाई प्रति चिकित्सा समाजद्वारा उपकुलपतीलाइ ध्यानाकर्षण

  • पुस १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ विगत लामो समय देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढुवा, तलब निकासी लगायतमा देखिएका समस्याहरु प्रति सुनुवाइ नभए पछि चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले प्रतिष्ठानका उपकुलपतिको ध्यानाकर्षण गराएका छ ।

बुधबार उपकुलपतिको कार्यकक्षमै पुगेर समाजले फ्याकल्टीहरुको बढुवा, सरकारले बढाएको तलव निकासी लगायतको माग राख्दैं ध्यानाकर्षण गराएको हो । लामो समयदेखि चिकित्सक शिक्षकहरुको सामान्य मागलाई लिएर पटक पटक जानकारी गराउँदा समेत प्रशासनले सुनुवाई नगरेको भन्दैं के कति कारणले प्रतिष्ठानका लागि काम गर्ने चिकित्सकहरुको सामान्य समस्या प्रति चासो नदेखाएको हो भन्दैं प्रश्न गरेका थिए ।

समाजका अध्यक्ष डा. अरुणकुमार सिंह र महासचिव डा. आरती शर्माले सयुक्त हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहको उपस्थितिमा बुझाइएको हो । फ्याकल्टी चिकित्सकको करिब साढे ३ बर्षदेखि बढुवा रोकिएको छ । २०७६ सालमा सरकारले वृद्धि गरेको तलव हालसम्म नदिएको समाजले जनाएको छ । फ्याकल्टी र कर्मचारीका छोराछोरीलाई एमविविएस र विडिएस अध्ययनमा दिइदै आएको सुविधा पनि यथावत गर्न सुझाव दिइएको छ ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved