वीपीका उपचार सामग्री दाताकै भरमा

  • पुस १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न वार्डहरुमा प्रयोग गरिने उपचार सामग्री दाताले दिएको भरमा काम चलिरहेको छ ।
एमआरआई मेसिन देखि साना साना आवश्यकीय सामग्रीहरु पनि अहिले सम्म दाताले दिएका बाटै काम चलाइरहेको छ । भ्रष्टाचार गर्न मिल्ने ठुल–ठुला मेसिनहरु खरिदमा केन्द्रित हुँदा साना साना आवश्यकीय सामग्रीमा भने प्रतिष्ठानको चासो देखिन्दैन् ।

प्रतिष्ठानभित्र रहेका मेडिसिन वार्ड, सर्जिकल वार्ड, हाडजोर्नी विभाग, चर्मरोग विभाग, इनटी विभान, आँखा विभाग लगायतका वार्डहरुमा प्रयोग गरिने ह्विलचियर, सक्सेन मेसिन (खकार निकाल्ने मेसिन) लगायतका सामाग्री दाताले दिएकै भरमा जीर्ण अवस्थामा सञ्चालनमा रहेको पाइएको छ ।

मेडिसिन वार्डमा फोक्सोको समस्यामा रहेका बिरामीको कफ निकाल्न प्रयोग गरिने सक्सेन मेसिन वार्डभरि एउटा मात्र छ । त्यही पनि दाताले सौजन्य गरिदिएका हुन् । सक्सेन मेसिनमा धरान १५ का स्व. सुकमाया योगिन लिम्बुद्वारा प्रतिष्ठानलाई सौजन्यको रुपमा प्रदान गरिएको हो । मेसिनको मूल्य ६० देखि ७० हजार सम्म पर्ने वार्डमा कार्यरत एक चिकित्सक बताउँछन् ।

मेडिसिन विभागमा कार्यरत एक नर्सले वार्डमा अत्यावश्यक सामग्री उपलब्ध गराउन बारम्बार भन्दा समेत प्रतिष्ठान प्रशासनले वेवास्ता गरेको बताइन् । उनी भन्छिन्, ‘यत्रो वार्डमा एउटा मात्र सक्सेनमेसिन छ, एकै पटक धेरै विरामीलाई प्रयोग गर्नुप¥यो भने हामी अल्मलमा पर्छौ ।’

त्यतिमात्र हैन प्रयोग गरिने ह्विल चियरसमेत दाताबाट सहयोग प्राप्त भएको छ । विभिन्न दाताहरुले आमाबुबाको नाममा ह्विल चियर सहयोग स्वरुप प्रदान गरिएको छ । वार्डमा भेटिएको एउटा ह्विल चियरमा लेखिएको छ, ‘स्वर्गीय भवलराल सोनीको नाममा पत्नी÷छोरा÷बुहारी बसन्ती सोनी, श्याम सोनी, शितल सोनीद्वारा बीपीकेआइएचएसलाई प्रदान गरिएको छ ।’

अत्यावश्यक सामग्री ह्विलचियर, सक्सेन मेसिन, स्टेचर जस्ता सामाग्री दाताले दिएको भरमा सञ्चालन हुँदा प्रतिष्ठानले खरिद गर्न सकेको छैन् । प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीका आफन्तहरुले उपचार सामग्री अभाव महशुष गरे पछि सहयोग प्रदान गरेका हुन् । प्रतिष्ठानले भने खरीदमा ध्यान दिएका पाइन्दैन । प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता तथा पदाधिकारीहरुले गरेको ब्रम्हलुटको विषयमा पटक पटक कुरा बाहिर आए पनि उपचारका लागि आवश्यक पर्ने साना साना सामग्रीहरुको विषयमा खासै चर्चा हुने गरेको छैन् ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved