धरान / नेपालमा सर्वाधिक बिक्री हुने सुचीमा रहेको बजाज मोटरसाइकलको धरान स्थित आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आइतबार देखि एक्सचेन्ज एन्ड अपग्रेड महामेला शुरु गरेको छ ।
अटोको आफ्नै सोरुम परिसरमा ग्राहकको अधिक माग भए पछि अंग्रेजी नयाँवर्ष २०२२ को अवसरमा धरानमा आइतबार देखि बजाजको एक्सचेन्ज एन्ड अपग्रेड महामेला सञ्चालन गरेको हो ।
आइतबार देखि १५ गतेसम्म हुने महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्यांकन, बजार मूल्यभन्दा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदरमा सरल फाइनान्सको सुविधा, नगद तथा एक्सचेन्जबाट खरिद गर्ने ग्राहकहरूले विभिन्न उपहार तथा नगद जित्न सक्ने अर्विन एन्ड ब्रदर्स अटोका सञ्चालक अर्विन तामाङले जानकारी दिए ।
महामेलामा हरेक खरिदकर्ताले आकर्षक हेलमेट, लेगगार्ड, बाइक कभर र पञ्जा निःशुल्क प्राप्त गर्नेछन् । ग्राहकले ३० प्रतिशत डाउन पेमेन्टबाट १३ प्रतिशत व्याजमा दुई बर्से र ५० प्रतिशत पेमेन्ट गरे शून्य प्रतिशत व्याजमा १८ महिनाको किस्तामा समेत मोटरसाइकल खरिद गर्न सक्नेछन् ।