एमाले धरान अध्यक्षमा हर्कजंग, सुवेदी समूहको असन्तुष्टी

  • पुस ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt बायाँ बाट क्रमश नारायण, हर्कजंग

धरान । विगत दुई महिना देखि छुट्टा छुट्टै नगर समिती बनेर विवादमा रहेको नेकपा एमालेको धरान कमिटीको समस्या समाधान उन्मुख रहेको छ ।
गत कार्तिक ९ गते धरान उपमहानगर अधिवेसनले संस्थापन पक्षबाट हर्कजंग एभेङ र इतर समुहबाट नारायण सुवेदीको अध्यक्षतामा कमिटी बनेको थियो । स्थानीय नेताहरुले पटक पटक विवाद समाधान गर्न प्रयास गरे पनि साम्य नभए पछि केही दिन भएको एमालेको सुनसरी जिल्लाको पुर्ण बैठकले विवाद समाधानका लागि कार्यदल बनाएको थियो । पार्टी जिल्ला कमिटीको अधिवेशन पुष २३ गते हुने मिति तय भएपछि धरानको विवाद मिलाउन दबाब परेको थियो ।

जिल्ला अध्यक्ष खेमराज पोख्रेलको संयोजकत्वमा बनेको कार्यदलले हर्कजंग एभेङलाई अध्यक्ष बनाउने निर्णय गर्दै अर्को समुहका नारायण सुवेदीलाई धरान उपमहानगर इन्चार्ज बनाउने निर्णय गरे सँगै विवाद समाधान उन्मुख बनेको छ ।

कार्यदलले संस्थापन कमिटीको उपाध्यक्ष सविता राई र समानान्तर कमिटीका उपाध्यक्ष राजमणी निरौलालाई जिल्ला कमिटीमा मनोनित गर्ने निर्णय गर्दै सुवेदी समुहमा सचिव रहेका पारस काङमाङलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।

सचिवमा संस्थापनका सुदेश चापगाईले निरन्तरता पाएका छन् । उपसचिव पद सहित सदस्यहरु मिलाउने जिम्मेवारी भने नगर कमिटीलाई जिम्मेवारी दिइएको संयोजक पोख्रेलले बताए । उपसचिवमा दुवै तर्फबाट एक एक जना राखेर विवाद मिलाउने कार्यदलको भनाई छ । उपसचिवमा संस्थापन पक्षबाट जोन राई र सुमन लिम्बु छन् भने सुवेदी पक्षबाट उपसचिवमा राजेन्द्र राई र दिवस राई छन् । यी चार जनामध्ये दुवै पक्षबाट एक एक जना राखेर मिलाउने संयोजक पोख्रेलले बताए ।

सोही अनुसार पुष ७ गते बसेको जिल्ला कमिटी बैठकले अध्यक्ष पोख्रेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो। गत कार्तिक ९ गते संस्थापन पक्षले सैनिक भवनमा अधिवेशन गर्दै एभेङको अध्यक्षतामा ८५ सदस्यीय कमिटी बनाएको थियो भने सुवेदी पक्षले होटल इजीराइडरमा अधिवेशन गर्दै कमिटी गठन गरेको थियो । एमाले धरान अध्यक्ष एभेङले उपसचिव र सदस्यहरु मिलाएर पार्टीलाई एकढिक्का बनाउने बताए । उनले दुवै कमिटीका सदस्यहरुलाई अन्य कमिटीहरुमा व्यवस्थापन गरेर उचित जिम्मेवारी दिइने पनि उनले बताए ।

कार्यदलको निर्णय प्रति असहमती रहेको इन्चार्जको जिम्मेवारी पाएका नारायण सुवेदीले बताएका छन् । कार्यदलको निर्णय प्रति कमिटीको छलफल गरे पछि आधिकारिक रुपमा प्रेस विज्ञप्ती मार्फता धारणा सार्वजनिक गर्ने उनले बताए । उनले भने, कार्यदलको निर्णय प्रति असहमती छ, भोलि (सोमबार) प्रेस विज्ञप्ती जारी गरेर धारणा सार्वजनिक गर्छौं ।’

 

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved