आगामी राजनिती र समाजमा निष्ठा र सर्मपणका लागि कसैले उदाहरण दिन्छ भने त्यो नाम हो रमेश बस्नेत । आफ्नो क्षेत्रका लागि आफ्नो सरकारी जागिर समेत छाडेर राजनितीमा आएका बस्नेत धरानको विकाशका लागि एक प्रतिबद्ध उमेद्धारपनि हुन् । मलाई के हुन्छ हैन मेरो ठाउले के पाउछ ? भन्ने सोच बोकेर राजनितीर समाजीक सेवामा सर्मपित भएका बस्नेत मङ्सिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (क) का प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन् । उनले साविक पा“चकन्या गाविसको २ कार्यकाल अध्यक्षसहित १५ वर्ष जनप्रतिनिधि भई काम गरिसकेका छन् । उनले राजनीतिक रूपमा धरान नगर कमिटी सदस्यदेखि १ नं. प्रदेश कमिटी सचिवालय सदस्यसम्मको भूमिक
धरान । नेकपा एमाले र जनता समाजवादी नेपालका साझा उम्मेदवारहरुलाई धरान–१८का जनप्रतिनिधीले जितको शुभकामना दिएका छन् । मसिर ४ गतेको चुनावको लागि घरदैलो अभियानमा रहेको उम्मेदवारहरुलाई मतदाताहरुको शुभकामना र बधाई सँग –सँगै जनप्रतिनिधीहरुले पनि वडा– वडामा वधाई तथा शुभकामना दिएका छन् । मंगलबार धरानको वडा नम्बर १८ मा साझा उम्मेदवार अशोक राई र विजय राई सहित नेता तथा कार्यकर्ता मत माग्न घरदैलो अभियानमा थिए । धरान –१८ को रत्न चौकमा पुगेका उम्मेदवार कोण सभाको तयारी रहेका वेला वडा नम्बर १८ का वडाध्यक्ष प्रवीन कुमार राई कोण सभा स्थलमा नै पुगेर जितको शुभकामना दिएका हुन् ।,‘जितेर
क्याप्टेन केबी लिम्बू नेपालका लागि सम्मानित नाम हो । नेपाल र विदेशमा गरी झण्डै आधा शताब्दी अर्थात् ४३ वर्ष हवाइजहाज उडाएका लिम्बूले नेपाल वायुुवेवा निगमका प्रबन्ध निर्देशक भई अवकाश प्राप्त गर्नुुभएको छ । आकाशमा उड्दा नेपाल स्वर्गको टुुक्राजस्तो देखेपछि नेपालको विकास र समृद्धिका मुुख्य आधार पर्यटन र कृषि नै रहेछन् भन्ने बुुझ्नुभएको थियो । राजनीतिमा इमान्दारिता हुुनुुपर्छ र प्रशासनमा सुशासन हुुनुुपर्छ भन्ने प्रस्ट मान्यता भएका लिम्बूले नेपाललाई विकास गर्न १० वर्षका लागि इमानदार नेतृत्वको आवश्यकता पर्छ भन्ने अठोटका साथ अहिले प्रतिनिधिसभा सदस्यमा सुुनसरी क्षेत्र नम्बर १ बाट क्रस खुुकुुरी चुुनाव चि
धरान/ अशोक कुमार राई सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार हुन् । उनी नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको साझा उम्मेदवार छन् । यस क्षेत्रमा उम्मेदवार राई नौलो नाम होइन । जनता समानजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष समेत हुन् ।यस अघि २०७४ सालको चुनावमा पनि उम्मेदवार रहेका थिए । उनको उम्मेदवारीलाई धरानको हकमा प्रभावशाली नेताको रुपमा लिइन्छ ।निर्वाचन क्षेत्रकै लागि सवैभन्दा प्रभावशाली र हेवी वेटको नेताको रुपमा गनिन्छन् । हाल सम्म यस क्षेत्रले केन्द्र सम्म जोड्ने त्यस्तो प्रभावशाली नेता एक पटक पाएको थियो । २०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका म
धरान । बराहक्षेत्रका मतदाताले आफ्नो गाउँ टोलको विकासलागी उम्मेदवारसँग प्रतिबद्धता खोजेका छन् । बराहक्षेत्र–५ लक्ष्मीपूबासीले आइतबार घरदैलो कार्यक्रममा आइपुगेका एमाले जसपाका संयुक्त उम्मेदवार विजयकुमार राई समक्ष भौतिक निर्माणका योजनाको माग समेत गरेका हुन् । मतदाताको आवश्यकता अनुसार आफुले काम गर्ने प्रतिबद्धता उम्मेदवार राईले गरेका थिए । उनले मतदातालाई सम्बोधन गर्दै देशको विकास गर्ने पार्टी नै एमाले भएको भन्दै यस क्षेत्रमा भएको बाटोको स्तरोन्नती गर्ने, पुल पुलेसा बनाउने तथा सभाहल बनाउने जस्ता कुरामा आफ्नो पहल रहने बताए । एमाले पार्टीले समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सारेर त्यसकै जग
धरान । सुकुम्बासीलाई अब ढाट्ने ठाउँ नरहेको नेकपा एमाले र जसपा नेपालका तालमेलका उम्मेद्वार अशोक कुमार राईले बताएका छन् । आज घरदैलो कार्यक्रममा धरान–५ स्थित देविगाउँमा भएको कोणसभालाई सम्बोधन गर्दै सुनसरी क्षेत्र नं. १ का संघिय सांसदका उम्मेदवार राईले जसपा र एमालेको संयुक्त सरकार हुँदा नै ऐन ल्याइसकेको बताका हुन् । उनले सुकुम्बासीलाई कसैले धनिपूर्जा दिलाइदिन्छु भन्दै आश्वासन बाड्छ भने त्यसको पछाडी नलाग्न समेत आह्वान गरे । ‘अब कुनै नेताले आएर मलाई भोट दिनुस्, म तपाईहरुलाई धनिपूर्जा दिन्छु भन्छ भने त्यसलाई पत्याउनु हुँदैन । त्यसलाई पत्याएर भोट हाल्ने गल्ती गर्न हुन्न ।’ उनले भन्
धरान/ आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको दौरानमा प्रचारप्रसारमा निस्किएका दल तथा स्वतन्त्र उमेद्वारहरुले निर्वाचन आचारसंहिता उल्लंघनको घट्ना व्यापक रुपमा भइरहँदा पनि निर्वाचन आयोग मुक दर्शक भएर बसेको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालय सुनसरी क्षेत्र नं. १ ले उमेद्वारहरुलाई भेला गराई निर्वाचनको तयारी, सवारी पास तथा निर्वाचनपछि हुने मतगणनाको विषयमा छलफल गर्न आहवान गरेको थियो । छलफलमा अधिकांश स्वतन्त्र उमेद्वार उपस्थित भए पनि पार्टीका तर्फबाट उमेद्वार दिनेहरुको उपस्थिति अत्यन्तै न्यून रहेको थियो । सो अवसरमा निर्वाचन आचारसंहिताको कुरा प्राथमिकताका साथ उठ्यो
धरान/ नेकपा एमाले र जसपाको गन्धनबाट सुनसरी क्षेत्र नं. १ मा निर्वाचनमा होभिएका उमेद्वारहरु अहिले सर्वसाधारणको घरदैलो भोट माग्न व्यस्त देखिन्छन् । उनीहरुले जनताको गुनासो सुन्दै त्यहा रहेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नेगर्छन । विहीबार एमाले जसपा गठबन्धनका उम्मेद्वारहरु धरान –१७ का एन्फा मार्ग, सप्तरङ्गी टोल, डाँडा घोपा, फोकल्याण्ड टापु, रेल्वेलगायतका क्षेत्रमा भोट माग्दै त्यो क्षेत्रमा गर्नुपर्ने विकासका कामका विषयमा बुझ्ने काम गरेका छन् । सूर्य चिह्नको प्रभाव रहेको यस क्षेत्रमा धेरैलाई जसपा र एमाले गठबन्धन रहेको थाहा पाए पनि गठबन्धन गरेर उठेका उम्मेद्वारले समग्र सुनस
चुुनाबी माहोल कस्तो पाउदै हुुनुुहुन्छ ? सुुनसरी क्षेत्र नम्बर १ (ख) मा एमाले जसपा गठबन्धनको माहोल एकदम राम्रो पाएको छुु । जनताहरु मंसिर ४ गते सुुर्य चिन्हमा मतदान गर्न प्ररिक्षारत रहेको मैले पाएको छुु । तपाइको निर्वाचन क्षेत्रमा विकासका धेरै काम गर्न बाँकी छन् नी ? यो सत्य हो । बराहक्षेत्र नगरपारिकाका धरै क्षेत्र हरुमा भौतिक पुुर्वाधार, खानेपानी, विद्यालय, अस्पताल जस्ता सुुविधाहरुको अभाब छ । त्यस कारण मैले पहिले देखिनै भन्दै आएको छुु की बराहक्षेत्र, चतरा, रामधुुनी, बक्लौरी, भरौल जस्ता क्षेत्रहरुलाई सुुविधा सडक सञ्जालले जोड्ने र ‘विजनेश हब’ को रुपमा विकास गर्नु पर्छ । अहिलेपनि चत
धरान/ एमाले-जसपा तालमेलका उम्मेदवारहरुले सुकुम्बासी समस्या समाधान गर्न भूमिहीन, अव्यवस्थित बसोबासीहरुलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । आसन्न निर्वाचनमा नागरिकहरुलाई मतदान गर्न आह्वान गर्दै बुधबार धरान ११ का बस्तीहरुमा घरदैलोमा पुग्ने क्रममा उम्मेदवारहरुले सुकुम्बासीलाई विस्थापित होइन स्थापित गर्ने वचनवद्धता व्यक्त गरेका छन् । धरान–११ बढि सुकुम्वासी बसोवास भएको वडा हो । जनताको घरदैलो पुग्दै सुनसरी क्षेत्र न १ प्रदेश सभा ुखु का उम्मेदवार विजयकुमार राईले नेकपा एमाले र जसपाको संयुक्त सरकारका बेलामा ऐन बनेको भन्दै राईले सुकुम्बासी समस्याको स्थायी समाधान दिनुपर्छ भनेर आफूहरु