सुनसरी–१ मा तातो घाममा ढल्केको छातालाई भोट माग्दै अशोक राई

  • कार्तिक २५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा एमाले र जसपाको गन्धनबाट सुनसरी क्षेत्र नं. १ मा निर्वाचनमा होभिएका उमेद्वारहरु अहिले सर्वसाधारणको घरदैलो भोट माग्न व्यस्त देखिन्छन् । उनीहरुले जनताको गुनासो सुन्दै त्यहा रहेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नेगर्छन ।

विहीबार एमाले जसपा गठबन्धनका उम्मेद्वारहरु धरान –१७ का एन्फा मार्ग, सप्तरङ्गी टोल, डाँडा घोपा, फोकल्याण्ड टापु, रेल्वेलगायतका क्षेत्रमा भोट माग्दै त्यो क्षेत्रमा गर्नुपर्ने विकासका कामका विषयमा बुझ्ने काम गरेका छन् ।

सूर्य चिह्नको प्रभाव रहेको यस क्षेत्रमा धेरैलाई जसपा र एमाले गठबन्धन रहेको थाहा पाए पनि गठबन्धन गरेर उठेका उम्मेद्वारले समग्र सुनसरी क्षेत्र नं. १ को विकासमा काम गर्न सक्छन् कि सक्दैनन् भन्ने अन्यौलमा सर्वसाधारण थिए । तर घरदैलोको क्रममा प्रतिनिधि सभामा छाता चिह्नबाट उठेका उम्मेदवार अशोक राई मतदातालाई घरदैलोमा जाँदा यस क्षेत्रको विहास गर्नकै लागि आफू उमेद्वार भएको भन्दै विश्वस्त दिलाएका थिए ।

एमाले जसपाका साझा उम्मेद्वार राईसँग एमालेको सिङ्गो टिम घरदैलोमा रहेको पनि घरदैलोमा मतदातालाई उम्मेद्वारहरुले सुझाएका थिए । अझ निवर्तमान संघीय सांसद जयकुमार राईको प्रभाव क्षेत्र रहेको सुनसरी १ (२) मा उम्मेदवार राईलाई आफैं मत माग्दै हिडेपछि त्यहाँका सर्वसाधारण अझ सर्वसाधारण अझ विश्वस्त बनेका थिए । उनीहरुले जसपा नेकपा एमालेको गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

सुकुम्बासी, अव्यवस्थित र भूमिहीनहरुको बस्ती रहेको धरान १७ सर्दू खोलाको वितण्डाले आजित छ । उम्मेदवारहरुले जनताको आकांक्षा पूरा गर्न सुकुम्बासी समस्यालाई हल गर्ने, खहरे नियन्त्रण गर्ने र खहरे प्रभावित क्षेत्रलाई करिडोर निर्माण गरी सौन्दर्यता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । घरदैलोको दौरानमा नेता राईले राष्ट्रिय सरोकारका विषयदेखि स्थानीयका साना तिना समस्या समाधानका बारेमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved