सुकुम्बासीलाई विस्थापित होइन स्थापित गर्ने एमालेजसपा तालमेलका उम्मेदवारको प्रतिबद्धता

  • कार्तिक २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ एमाले-जसपा तालमेलका उम्मेदवारहरुले सुकुम्बासी समस्या समाधान गर्न भूमिहीन, अव्यवस्थित बसोबासीहरुलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

आसन्न निर्वाचनमा नागरिकहरुलाई मतदान गर्न आह्वान गर्दै बुधबार धरान ११ का बस्तीहरुमा घरदैलोमा पुग्ने क्रममा उम्मेदवारहरुले सुकुम्बासीलाई विस्थापित होइन स्थापित गर्ने वचनवद्धता व्यक्त गरेका छन् । धरान–११ बढि सुकुम्वासी बसोवास भएको वडा हो । जनताको घरदैलो पुग्दै सुनसरी क्षेत्र न १ प्रदेश सभा ुखु का उम्मेदवार विजयकुमार राईले नेकपा एमाले र जसपाको संयुक्त सरकारका बेलामा ऐन बनेको भन्दै राईले सुकुम्बासी समस्याको स्थायी समाधान दिनुपर्छ भनेर आफूहरु लागि परेको बताउनु भएको छ ।

सुकुम्बासी समस्या देशै भरी भएको भन्दै उम्मेदवार राईले सुनसरी १ मा झनै विकराल रहेको बताउनु भयो । ुवर्षौंदेखि धनीपूर्जा दिनेदिने भनेर राजनीतीकरण भइरहेको छ, उम्मेदवार राईले भन्नु भयो, ‘हामी राजनीति गर्न चाहदैनौ, सुकुम्बासी, अव्यवस्थित र भूमिहीनहरुलाई स्थायी प्रकृतिको लालपूर्जा वितरणमा संवेदनशील छौँ ।’

सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासलाई हल गर्ने सम्बन्धि ऐन बनेको छ । यो नेकपा एमालेको सरकारले बनाएको हो ।’– उम्मेदवार राईले भन्नु भयो– अव मंसिर ४ पछि बन्ने एमालेको सरकारले यो समस्या हल गर्ने छ । हामी आश्वस्त र विश्वस्त बनाउन चाहान्छौ ।’

ऐन बने पछि सरकारमा जोसुकै आए पनि ऐन कार्यान्वयन गर्न बाध्य हुने उम्मेदवार राईले बताउँनु भयो ।

मुलुकको ठूलो समस्याका रुपमा सुकुम्बासी समस्यालाई ध्यानमा राखेर राज्यले ऐन बनाइसकेको उम्मेदवार राईले स्पष्ट पार्नु भयो ।

उम्मेदवार राईले भने, ुयस हिसाबले हामीले जितेर गयौं भने त्यो ऐनलाई कार्यान्वयन गर्न दबाब दिन्छौं, प्रयत्न गर्छौं ।

धरान–११ मा आयोजित घरदैलो अभियानमा सुनसरी क्षेत्र न १ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार अशोककुमार राईले सुकुम्बासी समस्यालाई हल गर्न, व्यवस्थित गर्न, खहरे नियन्त्रण गर्न आफूसँग ठोस योजना रहेको बताउँनु भयो । उहाँले धरान ११ लगायतका सुकुम्बासी बस्ती र खहरे खोला प्रभावित क्षेत्रलाई करिडोर निर्माण गरी सौन्दर्यता प्रदान गर्ने बताउनु भयो ।

315007538_671161074723322_6442536356974033017_n

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved