‘नीति निर्माणसँगै विकास गर्छौं’

  • कार्तिक २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ राजनीतिक दलहरुले आसन्न निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न चुनावी घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । उम्मेदवारका घोषणापत्रमा वडाध्यक्ष र नगर प्रमुख जस्ता कार्यकारी पदमा रहने जनप्रतिनिधिले उठाउने मुद्दा उठाइरहेका छन् ।

उनीहरुलाई थाहा छ, संसदीय निर्वाचनबाट निर्वाचित भएर गइसकेपछि मुलुकको विकास र समृद्धिका लागि नीति, निर्माण गर्ने हो । तर जनताले विकासका एजेण्डा नउठाई कुलोपैनी, बाटोघाटो, भौतिक निर्माणलाई प्राथमिकता नदिई भोट हाल्दैनन् । जनताको अपेक्षा विकास निर्माण हो । आम निर्वाचनका गत पाँच वर्षमा जनप्रतिनिधिहरुले अपेक्षित विकास गर्न सकेनन् । अब ती बाँकी रहेका काम पूरा गर्ने प्रतिबद्धता लिएर जनतामाझ जानुपर्ने आवश्यक्ता देखिएको छ । यसर्थ पनि संसदीय निर्वाचनका उम्मेदवारहरु गाउँघर र जनताको दैलोमा पुगेर विकास निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखी भोट मागिरहेका छन् ।

सुनसरी क्षेत्र नं. १ प्रदेश सभा ‘क’ तर्फका सूर्यध्वजावाहक उम्मेदवार रमेशकुमार बस्नेत सोमबार भोट माग्दै धरान १३ स्थित शिवधाराका जनताको घरदैलोमा पुगे । उनले आयोजित कोण सभामा जनताले खोजेको विकास निर्माणको अपेक्षा र अधुरा कामलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।

कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार बस्नेतले जनताले निर्वाचित गराएर संसदमा पुर्याए प्रदेशको समुन्नतिका लागि नीति निर्माण गर्नेसँगै विकासको जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाए ।
उनले धरानको खानेपानीको समस्याको दीगो समाधानका लागि पहल र प्रयत्न गर्ने बताए । अधुरा बाटा, खहरे नियन्त्रण र नेकपा एमाले पार्टीको केन्द्रीय नीतिअनुसार पाँच लाख युवालाई स्वरोजगार बनाउने दिशामा आफूले नीति निर्माण गर्ने बताए ।

धरानका काली खोला, सर्दू खोला र सेउती खोला व्यवस्थापन र नियन्त्रणमा काम गर्ने बताए । उनले यी खोलाहरुको नियन्त्रणका लागि करिडोर निर्माण गर्ने नीतिका लागि आफ्नो पहलकदमी हुने बताए । जनतालाई दुःख दिने खहरे खोलाहरुमा करिडोर निर्माण गरी सौन्दर्यीकरण गर्ने र आन्तरिक पर्यटनको विकासलाई जोड्ने बताए ।

विजयपुरको ऐतिहासिकतालाई थप प्रकाशमा ल्याई यसको समुचित विकासतर्फ नीति निर्माण गर्ने उम्मेदवार बस्नेतले बताए । ‘धरानको विकास र समृद्धिको अगुवा नेकपा एमालेले गर्छ, जनताले आफ्नो विश्वासिलो पार्टी एमालेको सूर्य चिह्नमा मतदान गरेर उम्मेदवारलाई संसदसम्म पुर्याउन म्याण्डेड दिनुर्छ,’ उम्मेदवार बस्नेतले भने, ‘एमाले र यसका उम्मेदवारहरुले सुशासनको पक्षमा, विधिको शासनको पक्षमा, र पारदर्शिताका लागि काम गर्नेछन्, जनताले विश्वासको मत प्रदान गर्नुहुनेछ भन्न अपेक्षा लिएका छौं ।’ उम्मेदवार बस्नेतले आफूले सदैव सादा जीवन बिताएको र आगामी दिनमा पनि जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved