जसपा र एमालेको तालमेल राष्ट्रिय आवश्यक्ता

  • असोज २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । राष्ट्रिय आवश्यकतालाई पुरा गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले तालमेल गरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको प्रतिनिधि सभा सदस्य जय कुमार राईले बताए ।
सुनसरी क्षेत्र नम्बर १ को संयुक्त निर्वाचन परिचालक कमिटीले आयोजना गरेको धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरु सँगको छलफलमा राईले जनताको आवश्यक्तालाई पुरा गर्न र पार्टीले लिएको लक्ष्य प्राप्तिका लागि दुवै पार्टीले तालमेल गरि अघि बढेको उनको भनाई छ ।

उनले भने, ‘देशको आर्थिक विकाशका लागि लिएको लक्ष्य पुरा गर्न सरकारमा रहेर मात्रै पुरा गर्न सकिने भएकाले तालमेल भएकाले तिन जना उम्मेदवारलाई जिताउन आवश्यक रहेको छ ।’ कुनै व्यक्तिका लागि नभई नेकपा एमालेले सारेका एजेण्डाहरुलाई कार्यान्यवन गर्नका निम्ती सरकारमा जान आवश्यक भएकाले तालमेल गरिएको उनले बताए ।

उनले भने, उता पट्टि पनि गठबन्धन भएकाले नेकपा एमाले एक्लैले बहुमत प्राप्त गर्न नसक्ने भएकाले राष्ट्रिय आवश्यक्ता अनुसार तालमेल गरिएको हो, त्यसैले प्रतिनिधि सभामा जसपाका अशोक राईलाई छाता चिन्हमा र एमालेको तर्फबाट प्रदेश सभा क र ख मा रमेश कुमार बस्नेत र विजय कुमार राईलाई जिताउन आवश्यक छ ।’

कार्यक्रममा संयुक्त निर्वाचन परिचालन कमिटीका सहसंयोजक प्रकाश राईले एमालेको सरकार बनाउन तालमेल गरिएकाले सबैले पार्टीको निर्देशन अनुसार अघि बढ्न सबैलाई आग्रह गरे । त्यसैगरि एमालेकी केन्द्रिय सदस्य मञ्जु भण्डारी सुवेदी, उम्मेदवारहरु अशोक राई, रमेश कुमार बस्नेत र विजय कुमार राईलाई जिताउन उनीहरुले आग्रह गरे ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved