‘मत लिएर जान्छु, योजना लिएर आउछु’

  • कार्तिक २४, २०७९
  • कोशीपत्र/संवाददाता
alt

चुुनाबी माहोल कस्तो पाउदै हुुनुुहुन्छ ?

सुुनसरी क्षेत्र नम्बर १ (ख) मा एमाले जसपा गठबन्धनको माहोल एकदम राम्रो पाएको छुु । जनताहरु मंसिर ४ गते सुुर्य चिन्हमा मतदान गर्न प्ररिक्षारत रहेको मैले पाएको छुु ।

तपाइको निर्वाचन क्षेत्रमा विकासका धेरै काम गर्न बाँकी छन् नी ?

यो सत्य हो । बराहक्षेत्र नगरपारिकाका धरै क्षेत्र हरुमा भौतिक पुुर्वाधार, खानेपानी, विद्यालय, अस्पताल जस्ता सुुविधाहरुको अभाब छ । त्यस कारण मैले पहिले देखिनै भन्दै आएको छुु की बराहक्षेत्र, चतरा, रामधुुनी, बक्लौरी, भरौल जस्ता क्षेत्रहरुलाई सुुविधा सडक सञ्जालले जोड्ने र ‘विजनेश हब’ को रुपमा विकास गर्नु पर्छ । अहिलेपनि चतरा, भरौल तथा विष्णुुपादुुका क्षेत्रबाट सामान्य ब्यापार होस या उच्च शिक्षाका लागि होस धरान नै आउनुु पर्ने अबस्था छ । सुविधा सम्पन्न सडक सञ्जाल नहुुँदा र ती क्षेत्रमा ब्यापार, शिक्षा स्वाथ्य जस्ता विषयका पुुर्वाधार नहुँदा विकासको दृष्टीले पछि परेका छन् । मैले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग समन्व्य र पहल गरेर पहिलो प्राथमिकतामा ती क्षेत्रमा आवश्यक बजेट ब्यबस्था गरेर काम गर्ने योजना बनाएको छुु । धरान क्षेत्र भित्रपनि खानेपानी, सडक तथा ब्यापारिक दृष्टिकोणले धेरै कार्य गर्न बाँकी छ । म यी कार्यहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने अठोटका साथ अहिले घरदैलो मा छुु ।

चुुनाबपछि नेताहरु भेट्नै मुुस्किल हुुन्छ भन्ने जनताको गुुनासो छ नी ?

बास्तबमा नेता भनेको जनताले बनाउने हो र नेताले जनताकै काम गर्ने हो । हाम्रो परिपाटी चै ठिक उल्टो भएको छ, तर म त्यस्तो नेतामा पर्दिन । तपाईहरुलाई थाहा नै छ म जहिलेपनि धरानमै छु । भोली चुुनाब जितेर गएपछि पनि धरानमै बस्छुु, सधै जनतासँग हुुन्छुु । अहिले जनताले मलाई मत दिएर पठाउनुु हुुन्छ म भोली विकास र सहज जिवनयापनका कार्यक्रम लिएर जनताको घरघरमा आउछुु ।

तपाईको निर्बाचन क्षेत्रमा सुुकुुम्बासीको ठुुलो समस्या छ, धनिपुुर्जा कहिले दिने ?

यो देशमा सुुकुुम्बासीलाई धनिपुुर्जा दिने कामको सुुरुवात नेकपा एमालेले नै गरेको छ अरुले गरेको छैन । यदी नेकपा एमालेको सरकार माओबादी कांग्रैस मिलेर नढालेको र परमादेशको सरकार नबनेको भए यतिबेला धेरै सुुकुुम्बासी र अब्यवस्थित बसोबास गर्नेहरु जमिनको मालिक भइसक्ने थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देवी ज्ञावानीको नेतृत्वमा सुुकुुम्बासी आयोग बनाएर प्रत्येक जिल्लामा सुुकुुम्बासी समस्या समाधान आयोगको कार्यालय राखिएको थियो । लगत संकलन र जमिनको ब्यबस्थापकीय कार्यहरु हुुँदै गर्दा यो परमादेशको सरकारकार बन्यो र सबै आयोग खारेज गर्यो । त्यस कारण ती कार्यहरु पुुरा हुन सकेनन् । यी कार्यहरु गर्न एमाले नै सरकार र सदनमा हुुन आबश्यक छ । अब सुकुुम्बासीलाई जमिन मात्र दिएर हुुँदैन उनीहरुको सहज जिवनयापनका लागि रोजगारी वा ब्यबसायका लागि पुुजीको पनि ब्यबस्था गर्नु पर्छ । यो कार्यका लागि मैले प्रदेश सरकारमा आवश्यक निती बनाएर कार्यान्वयन गर्ने योजना बनाएको छुु ।

313900230_120806250813849_2286362655364364470_n 312892026_121798407381300_6329444890415490155_n

धरान र बराहक्षेत्रको खानीपानी समस्या कसरी समाधान गर्नुु हुुन्छ ?

धरानमा खानेपानीको ठुुलो योजना केन्द्रिय सरकारको लगानीमा ल्याउनुु पर्छ चाहे त्यो तमोरबाट होस,च ाहे कोशीबाट । अहिले धरानमा ब्यबस्थापन राम्रो गर्ने हो भने पानीको समस्या नहोला । तर दिर्घकालका लागि ठुुलो योजना चाहिन्छ नै त्यसका लागि मैले केन्द्रिय सरकारसँग समन्वय गरेर जसरी भएपनि यो समस्यालाई समाधनन गर्ने योजना बनाएको छुु । बराहक्षेत्र नगरपालिका क्षेत्र भित्र पानीको मुुहानहरु छन् तर त्यसको पहुुच जनतासँग छैन । त्यस कारण केही बर्ष भित्रमै सहजता पुुर्वका खानेपानी पुु¥याउन आवश्यक बजेटको ब्यबस्था गरेर कार्यान्वयन गर्ने योजना बनाएको छुु ।

यो क्षेत्रका जनताको आय स्तर बढाउन के योजना बनाउनुु भएको छ ?

सबैभन्दा पहिले हाम्रो आयश्रोत के हुुन भनेर छुुट्याउनुु पर्दछ । यो क्षेत्रको मुुख्य आम्दानीको स्रोत भनेको कृषि, ब्यापार र पर्यटन हो । त्यस कारण कृषिका लागि सडक सञ्जाल, कृषि उपकरण तथा मलखादमा सहुुलीयत र बजारीकरणको ब्यबस्थापन गर्नुुपर्छ ।

अर्को सडक सञ्जाल थप गरेर ब्यापारलाई ठुुला शहरसँग जोड्ने कार्य गर्नुु पर्छन । अर्को पर्यटन यो क्षेत्रको प्रमुुख आम्दानीको स्रोत हो । हामीसँग भएका प्राचिन मन्दिर, सास्कृतिक सम्पदा, भौगोलिक विविधता, सामुुदायिक बन तथा नदीहरुलाई पर्यटक भित्रयाउने गरि पुुर्वाधार विकास गर्नु पर्छ । पर्यटकीय गतिविध बढ्न थालेपछि यहाँको आर्थिक गतिबिधीहरुमा निकै राम्रो सुधार हुने मैले देखेको छुु । खासगरी चतरा, भरौल जस्ता क्षेत्रहरु कृषी तथा ‘इको टुुरीजम’ का लागि राम्रो सम्भावना बोकेका ठाउँहरु हुुन् ।

4 1

 

313135402_121948437366297_6156281349389680953_n patra 1

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved