‘कसैलाई सांसद बनाउन मात्रै तालमेल गरेको होइन, एमालेको सरकार बनाउन हो’

  • कार्तिक २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ निवर्तमान संघिय सांसद जयकुमार राईले कसैलाई सांसद बनाउन मात्रै तालमेल नभएको बताएका छन् ।
सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै राईले भने –‘कुनै एक व्यक्तिलाई माननीय बनाउन मात्रै तालमेल भएको होइन, राष्ट्रिय आवश्यकताका आधारमा तालमेल भएको हो ।’ नेकपा एमालेले अघि सारेको महत्वपूर्ण योजनालाई कार्यान्वयन गर्न एमालेकै नेतृत्वमा सरकार बनाउनुपर्ने भएकोले एमाले एक्लै लड्दा भन्दा तालमेल गर्दा सहज हुने भएकोले तालमेल गरिएको राईले बताए ।

उनले धरानका कार्यकर्तालाई निर्देशन दिँदै भने –‘हामीले पार्टीले लिएको नीति अनुरुप तालमेलका उम्मेदवारलाई जिताउनुपर्ने हुन्छ । त्यसैले सम्पूर्ण कार्यकर्तालाई पार्टीको निर्देशन अनुरुप उम्मेदवारलाई जिताउन आग्रह गर्दछु ।’

सुनसरी क्षेत्र नं. १ मा सर्वसम्मत रुपमा उम्मेदवारका लागि सिफारिस भएका जयकुमार राईले अन्तिम समयमा नेकपा एमाले र जसपको तालमेलका कारण टिकट नपाएपछि एमालेका केही कार्यकर्ता पार्टीसँग रुष्ट भएका थिए । सोही रुष्ट कार्यकर्ताको उक्साहटमा नेकपा एमाले प्रदेश कमिटी सदस्य समेत रहेका मनोकुमार मेन्याङ्बोले बागी उम्मेदवारी दिएका छन् ।

तर अहिले मेन्याङ्बोको पक्षमा लागेका एमाले कार्यकर्ता पार्टीको काममा फर्किने क्रम तिब्र भएको एमाले धरान अध्यक्ष हर्कजंग एभेङले बताए । उनका अनुसार अधिकांश कार्यकर्ता पार्टी काममा फर्किएका छन् । कार्यकर्ता मात्र होइन जनता समेत एमालेको पक्षमा लागिपरेका छन् ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved