उमेद्वारहरुले गरे आचारसंहिता उल्लंघन: ब्यानरमै जनप्रतिनिधिको नाम

  • कार्तिक २८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको दौरानमा प्रचारप्रसारमा निस्किएका दल तथा स्वतन्त्र उमेद्वारहरुले निर्वाचन आचारसंहिता उल्लंघनको घट्ना व्यापक रुपमा भइरहँदा पनि निर्वाचन आयोग मुक दर्शक भएर बसेको छ ।

आइतबार निर्वाचन अधिकृतको कार्यालय सुनसरी क्षेत्र नं. १ ले उमेद्वारहरुलाई भेला गराई निर्वाचनको तयारी, सवारी पास तथा निर्वाचनपछि हुने मतगणनाको विषयमा छलफल गर्न आहवान गरेको थियो । छलफलमा अधिकांश स्वतन्त्र उमेद्वार उपस्थित भए पनि पार्टीका तर्फबाट उमेद्वार दिनेहरुको उपस्थिति अत्यन्तै न्यून रहेको थियो । सो अवसरमा निर्वाचन आचारसंहिताको कुरा प्राथमिकताका साथ उठ्यो । उमेद्वारहरुले आचारसंहिताको विषयलाई लिएर एकले अर्काको कटाक्ष गर्न पछि परेनन् । उनीहरुले मतदातालाई आफ्नो पक्षमा पार्न खुलेआम माइकिङ गर्ने, व्यापक रुपमा झण्डाका प्रयोग गर्ने, जनप्रनिधिको नाम भँजाएर प्रचारप्रसार गर्ने कुरा प्राथमिकताका साथ उठान भए ।

छलफलमा बोल्दै स्वतन्त्र उमेद्वार कुमार कार्कीले कसैको नाम भँजाएर भोट माग्दा पनि निर्वाचन आयोग चूप लागेर बसेको प्रति आक्रोस पोखे । उनले मेयर हर्क साम्पाङका नाम भँजाएर उमेद्वार बनेका प्रतिनिधिसभा सदस्य तर्क मगरप्रति लक्षित गर्दै ‘हर्क साम्पाङ समूह’ नै लेखेर चुनावप्रसार गर्दा समेत निर्वाचन आयोगले कारबाही गर्न नसकेको बताए । उनले ठूला दलहरुले पनि व्यक्तिगत आक्षेप लगाएर चौक चौक भाषण गर्ने लगायतका कामहरु गर्दा समेत निर्वाचन आयोग मुक दर्शक भएर बसेको आरोप लगाए । उनले निर्वाचन अधिकृत रुद्र अर्यालललाई प्रश्न गरे–‘एकले अर्कालाई आक्षेप लगाएर उमेद्वारको शाख गिराउने काम गर्दा पनि निर्वाचन आयोग के हेरेर बसेको छ ? यदि त्यो आरोप सही हो भने किन त्यो उमेद्वारलाई कारबाही हुदैन ?’

यस्तै भनाई अर्का स्वतन्त्र उमेद्वार कृष्णकुमार राईको समेत रहेको छ । उनले आफूबाट आचारसंहिता उल्लंघन भएको छ भने अहिले नै आत्मआलोचना गर्ने बताए । तर आचारसंहिता उल्लंघन गर्नेलाई उमेद्वारी खारेजीसम्मको अधिकार निर्वाचन आयोगलाई भए पनि चुप लागेकोप्रति आश्चर्य व्यक्त गरे । उनले भने–‘जनप्रतिनिधिको नाम बेचेर खुलेआम प्रचारप्रसार भइरहेको छ, यसतर्फ निर्वाचन आयोगको ध्यान किन जान नसकेको हो ? के आचारसंहिता शक्ति भएकालाई नभई निरीहलाई मात्र लाग्ने हो, निर्वाचन आयोगको आचारसंहिता सबैलाई बराबर लाग्छ भने यसतर्फ आयोगको ध्यानकर्षण होस् ।’ उनले यस विषमा निर्वाचन अधिकृतको कार्यालय, .निर्वाचन आयोगको केन्द्रीय कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन, प्रहरी प्रशासनमा जानकारी गराउँदा समेत चूप लागेर बसेको आरोप लगाए । उनले पनि मेयर हर्क साम्पाङको नाम भँजाएर उठेका उमेद्वारप्रति कटाक्ष गरेका छन् । उनले भने–यो विषयमा निर्वाचन आयोगलाई पटक पटक ध्यानकर्षण गराएका छौ तर पनि आयोग गम्भीर छैन ।’

उनीहरुले निर्वाचन आयोगको काम कारबाहीप्रति शंका गर्ने प्रसस्त ठाउँ भएको बताउदै निर्वाचन निष्पक्ष हुनेमा शंका व्यक्त गरे । उनीहरुले निर्वाचन सम्पन्न पछि हुने मतगणनामा समेत समेत शंका व्यक्त गरेका थिए । आचारसंहिता उल्लंघनको व्यापक कुरा उठेपछि निर्वाचन अधिकृतको कार्यालयका सुनसरी १ का अधिकृत रुद्र अर्यालले स्वतन्त्र उम्मेद्वार तर्क बहादुर मगरको समूहलाई ‘हर्क साम्पाङ समूह’ हटाउन तत्काल पहल गर्ने बताएका थिए । उनले छलफलपश्चात उमेद्वार तर्क मगरलाई बोलाएर यस विषयमा सोधेको बताए । उनले भने–‘उमेद्वारहरुको कुरालाई हामीले गम्भीरतापूर्वक लियौ, त्यसपछि हामीले ‘हर्क साम्पाङ समूह’ भनेर किन राखेको भन्ने कुरालाई हामीले जवाफ माग गरेका छौं ।’

उनले छलफलमा आचारसंहिता उल्लंघनका विषयमा व्यापक कुरा उठेको बताउदै उम्मेद्वारलाई आचारसंहिता पालना गर्न निर्वाचन आयोगले निर्देशन दिएको बताए । निर्वाचनलाई निष्पक्ष तरिकाले सम्पन्न गर्न निर्वाचन आउन केही दिन बाँकी छँदा दलहरुसँग छलफल राखेको बताए । उनले निर्वाचनको तयारीका लागि आयोजना गरिएको छलफलले निर्वाचन निष्पक्ष, भयरहित ढंगबाट सम्पन्न हुने विश्वास पनि लिए । उनले भने–‘सुनसरी क्षेत्र नं. १ मा निर्वाचनको तयारी व्यापक भइरहेको छ, यो क्षेत्रमा ४० मतदान स्थलमा १५२ मतदान केन्द्र छन्, हामीले १६ सय भन्दा बढी कर्मचारी खटाएका छौं, सोही अनुसारको सुरक्षाकर्मी खटाएका छौं, जहाँसम्म निर्वाचन आचारसंहिता उल्लंघनका कुरा छ, यस विषयमा निर्वाचन आयोग सुक्ष्म ढंगले लागिसकेको छ, त्यस्तो पाइएको खण्डमा हामी प्रक्रियागत रुपमा कारबाहीमा अगाडि बढ्छौं ।’ छलफलमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, सशस्त्र प्रहरीका प्रनिनिधि, इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

मे दिवसका लागि टि शर ...

काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष ...

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved