स्थानीय

    Showing 4,181-4,190 of 5,056 items.
  • पर्यटकीय क्षेत्रमा फोहोरको डङ्गुर

    धरान /  धरान उपमहानगरपालका वडा नं. १४ लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा धरान उपमहानगरपालिकाले गुरुयोजना बनाएर अगाडि सारेको छ । यहाँ रहेका मठ मन्दिरको संरक्षण, सरसफाई, पर्यटक आउने वातावरण सिर्जना गर्ने लगायतका कुराहरु यसभित्र पर्छन् । पर्यटकलाई सहजताका लागि धरान १४ को वडा कार्यालय छेउमा सूचना केन्द्र समेत बनेको छ । तर मन्दिर आसपासमा रहेका फोहोर भने हत्तपत्त उठ्दैन ।जसले गर्दा धार्मिक पर्यटकीय क्षेत्रमा आएका धार्मिक पर्यटकहरु नाक थुनेर हिड्ने गरेका छन् । विजयपुरमा नेपाल लगायत भारतसम्मका धार्मिक पर्यटक आउने गर्छन् । उनीहरु यहाँ आउँदा विजयपुरमा रहेको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा

    • प्रकाशित मितिः पुस २६, २०७९
    • 1,192 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय सरकार कृषिको विकासमा ध्यान देऊ

    हाम्रो देशमा आकर्षक लक्ष्य निर्धारण गरिन्छन् तर ती लक्ष्यअनुसार योजना निर्माण नहुँदा अथवा योजना कार्यान्वयन नहुँदा लक्ष्य प्राप्त हुन नसकेका थुप्रै उदाहरण छन् । हरेक वर्ष कृषिलाई प्राथमिकतामा राख्ने गरिन्छ । आवधिक योजनामा पनि कृषि क्षेत्रलाई महत्वका साथ हेर्ने गरिएको छ तर कृषि क्षेत्र र किसानको अवस्थामा भने कुनै सुधार भएको देखिँदैन । किसानहरूले लागत मूल्य पनि प्राप्त गर्न नसक्ने अवस्था छ । कतिपय कृषि क्षेत्रबाट नै पलायन भएका छन् । परम्परागत र निर्वाहमुखी कृषिमा परिवर्तन हुन नसक्दा कृषि क्षेत्रको अवस्था जहाँको त्यहीँ छ । धरान उपमहानगरपालिकाले पनि वडा नं ४, ५ र ६ मा पर्ने दानाबारी र पानबारी तथा

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 839 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • कर्मचारी कल्याण समाजको अध्यक्षमा महिलाको ‘इन्ट्री’

    धरान \ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्षमा पहिलो पटक महिला उमेद्वार विजयी बनेकी छन् ।मंसिर २३ शनिवार सम्पन्न निर्वाचनबाट अध्यक्षकी उमेद्वार कविता ढकालले ६ जना प्रतिष्पर्धीलाई उछिन्दै जित हात पारेकी हुन् । ढकालले ३६६ मत ल्याएर विजयी बनेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी किशोरप्रसाद पोख्रेलले ३१७ मत ल्याएका छन् । यस्तै अन्य अध्यक्षका प्रत्यासीहरुमा महेश्वर राईले १६३ , मदनकुमार हलुवाईले १९, भुपध्वज बुढाथाकीले ९८ , किरण भट्टराईले ११ र सञ्जीव कुमार कर्णले १९५ मत ल्याएका छन् ।२०७२ सालको प्रतिष्ठानको सिनेट (सञ्चालक परिषद्) बाट तीनवटा संस्थालाई आधि

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 944 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेन्सन वितरण कार्यालयद्वारा रक्तदान

    धरान /धरानस्थित पेन्सन वितरण कार्यालयले शनिवार आफ्नै हाताभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भारतीय राजदूतावास अन्तर्गतको पेन्सन वितरण कार्यालयले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चुलिदै गएको रगत अभावको परिपूर्ति गरी थोरै भएपनि विरामीलाई सहज होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा २ सय ८३ पिन्ट रगत संकलन भएको पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले बताए । उनले भने–‘हामीले मानवीय सेवा अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरेका हौ, भारतको आजादीको अमृत महोत्सव अन्तर्गतकै कार्यक्रम यो कार्यक्रम

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकल नियन्त्रणमा

    धरान / जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकललाई नियन्त्रण गर्न थालेको छ । कार्यालयले स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकलले ध्वनी प्रदुषण गरेको भन्दै जनगुनासो आएपछि नियन्त्रण शुरु गरेको हो । प्रयास थालेयता कार्यालयले १ सय भन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिई त्यसमा प्रयोग गर्ने साइलेन्सर पाइप परिवर्तन गर्न लगाएको छ । कम्पनीले निर्माण गरेको साइलेन्सर पाइपलाई परिवर्तन गरी बढी आवाज दिने साइलेन्सर पाइप प्रयोगमा बृद्धि हुँदा अस्पताल, विद्यालय एरिया लगायतमा असर पुगेको गुनासो आएपछि नियन्त्रण शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी

    • प्रकाशित मितिः पुस २५, २०७९
    • 1,013 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजेता खेलाडी एवम् दाताको सम्मान

    ताप्लेजुङ/बाल सुवोधिनी संस्कृत माध्यमिक विद्यालयले खेलाडी र दातालाई सम्मान गरेको छ । फुङलिङ नगरपालिका वडा नं. ३ मा रहेको संस्कृत विद्यालयले वार्षिक कार्यक्रमको अवसरमा विजेता फुटवल खेलाडी र विभिन्न विधामा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको हो । वार्षिक कार्यक्रमको अवसरमा खेलाइएको छात्र, छात्रा र हाइड्रोपावर इन्जिनियरिङ तर्फका विद्यार्थीहरुबीच भएको फुटबल खेलमा छात्रातर्फ कक्षा १२ का विद्यार्थीहरु विजेता र हाइड्रोपावर इन्जिनियरिङ दोश्रो सेमेष्टरका विद्यार्थीहरु उपविजेता भएका छन् । कक्षा ९–१२ को छात्र तर्फको फाइनल खेलमा कक्षा १२ का विद्यार्थीहरु विजेता र कक्षा १० का विद्यार्थीह

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 1,220 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • व्यापार प्रवर्धनमा कुटनीतिक प्रयास गर्न आवश्यक

    सरकारी उदासीनता र बेवास्ताका कारण देशका धेरै क्षेत्र पछाडि परिरहेको छ । कृषि पनि यस्तै क्षेत्र हो । प्रदेश १ मा ठूलो परिमाणमा सुन्तला उत्पादन हुने गर्छ तर नेपाल सरकारको उदासीनताका कारण नेपाली उत्पादन सुन्तला भारतीय बजारमा निर्यात गर्न नसकिएको समाचार प्रकाशमा आएको छ । यो चिन्ताको विषय हो । नेपाल–भारत व्यापार सम्झौताअन्तर्गत नेपालबाट निर्यात हुने वस्तुमा सुन्तला सूचीकृत छैन । त्यसकारण नोपली सुन्तला भारतीय बजारमा पुग्न पाएको छैन । नेपाल–भारत व्यापार सम्झौतामा नेपालबाट भारततर्फ निर्यात हुने वस्तुमा सुन्तला सूचीकृत नभएसम्म नेपाली सुन्तला भारततर्पm लैजान पाइने छैन । नेपालको पूर्वी पहाडी

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 834 पटक पढिएको
    • "काेशीपत्र सम्पादक"
  • धरान मोडल कलेजको खेल सप्ताह सुरु

    धरान/धरान मोडल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । आइतबार छोटो दौड प्रतियोगिताको आयोजना गरी खेल सप्ताह सुरु गरेको हो । धरान १ मा रहेको कलेजले विगतका वर्ष झैँ यस वर्ष पनि खेलकुद सप्ताह सुरु गरेको हो । खेलकुद सप्ताह उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले धरानको भानु चौकमा आयोजित दौड प्रतियोगितालाई रिवन काटेर सुरु गर्दै खेल सप्ताहको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै बेघाले भने : यसले धरानलाई खेलकुदको सहरका रुपमा परिचित बनाउन मद्दत गर्नेछ। यस्ता कार्यक्रमको आयोजना गरिरहने मोडल कलेजलाई धन्यवाद दिए ।  उद्घाटन कार्यक्रममा धरा

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 1,608 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान आसपासका कृषकको पीडा डोकोमै बोकेर घर घरमा बिक्री गर्दै

    धरान / धरान उपमहानगरपालिकाले धरानको वडा नं.२० विष्णुपादुका, वडा नं ४, ५ र ६ पानबारीलाई कृषि पकेटको रुपमा विकास गर्ने योजना अगाडि सारेको छ । तर उपमहानगरपालिकाले त्यहाँका कृषकको जीवन स्तर उकास्ने, कृषकले उत्पादन गरेको कृषि सामग्रीको बजार व्यवस्था तथा सडकको सहज पहुँच नभइदिँदा उत्पादित कृषि सामग्री डोकोमा बोकेर घर घरमा पु¥याउन बाध्य छन् । धरानमा एक कृषि बजार, ठूला दुई वटा फलफूल तथा तरकारी बजार नभएको होइन तर पनि धरान ४ दानाबारीका कृषकले भने आफूले उत्पादन गरेको सामग्रीको भाउ पाएका छैनन्, सहज सडक सञ्जाल नभइदिंदा उनीहरु करिब ५ किलोमिटरको बाटो धरान बजारमा डोकोमै बोकेर बिक्री गर्न बाध्य छन् । धरा

    • प्रकाशित मितिः पुस २४, २०७९
    • 948 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघामा वाइन वर्कसप

    धरान / धरान मेघा हिमालयन कलेजमा शुक्रबार ‘वाइन वर्कसप’ सम्पन्न भएको छ । वाइन विशेषज्ञ जुना मास्केले सञ्चालन गरेको सो वर्कसपमा मेघामा होटल म्यानेजमेन्ट सङ्कायअन्तर्गत कक्षा १२ मा अध्ययनरत् विद्यार्थीहरू सहभागी थिए । काठमाडौँकी रैथाने बासिन्दा भए पनि हाल जर्मनीमा बसिरहेकी मास्केले बेलायत र जर्मनीबाट इन्टरन्यासनल वाइन बिजनेस र हस्पिटालिटी म्यानेजमेन्टमा डबल अनर गरेकी छन् । मेघा कलेजकै रेस्टुरेन्ट (प्रयोगशाला) मा आयोजित कार्यशालामा उनले विद्यार्थीहरूलाई वाइन बन्ने प्रक्रिया, वाइन सर्भ गर्ने तरिका, वाइनका विभिन्न प्रकार, वाइन गिलासका प्रकार तथा वाइन बनाइने अङ्गुरका विभिन्न प्रकारबारे

    • प्रकाशित मितिः पुस २२, २०७९
    • 2,044 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved