वारी है, खोला नि हौ पारी है खोलाबिचैमा दोभान हौ देशै रमाइलोहाँसेर नि हौँ पनि, बोलेर नि हौँबिताउन जोवन, लङ्घा मजुले..यो शैली मगरहरुले हुर्रा नाच नाच्दा प्रयोग गर्ने भाका हो । जनसंख्याको हिसाबले नेपालको तेस्रो जात र जनजातिभित्र पर्ने जाति हो । पश्चिमको बाग्लुङ, गुल्मी, प्युठान, सल्यान तथा लम्जुङ क्षेत्रमा बसोबास गर्ने मगरजातिले कौडा नृत्यलाई महत्व दिने गरेका छन् भने पूर्वको धनकुटा, मोरङ, संखुवासभा, सुनसरी, पाँचथर, उदयपुर लगायतमा बसोबास गर्ने मगरहरुले हुर्रा नाचलाई सांस्कृतिक नाँचको रुपमा विकास गरेर लान थालेका छन् । मगरजातिको महान चाड सार ल्हेसको पूर्व सन्ध्यामा धरान ५ र ६ मा बसोबास गर्ने मगरहरु
नेपाललाई अहिले पनि कृषिप्रधान देश भनिन्छ । अहिले पनि यहाँका ६० प्रतिशतभन्दा बढी मानिस कृषिमै आश्रित छन् । त्यसैले कृषि क्षेत्रकै विकासबाट यहाँ नागरिकहरूको जीवनस्तर उकास्न सकिन्छ । कृषि, पर्यटन र जलस्रोतको सदुपयोग नै हाम्रो देश विकासका प्रमुख आधार हुन् । यीमध्ये कृषिलाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ । कुनै समय खाद्यान्न निर्यातकर्ता हाम्रो देश अहिले खाद्यान्न निर्यातकर्ता बन्न पुगेको छ । यो विडम्बनाको विषय बन्न पुगेको छ । कृषि उत्पादनमा आत्मनिर्भर बन्नु सरकार र सरकारी निकायहरूको प्राथमिकताको विषय बन्नुपर्छ । रुस–युक्रेन युद्धपछि त कृषि उत्पादनमा आत्मनिर्भरताको आवश्यकता अ
धरान/राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल एनप्याव्सनको आयोजनामा आयोजित अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा धरान मेघा, धरान आदर्श , सियोन स्कुल, कार्मेल र पर्वत स्कुल सेमिफाइनल प्रवेश गरेका छन् । एनप्याब्सनको खेलकुद सप्ताह अन्र्तगत वुधवारदेखि सुरु भएको बास्केटबल प्रतियोगितामा पुरुष तर्फ धरान आदर्शले नवदयलाइ, धरान आदर्शले कार्मेल स्कुललाइ ३७–७ , नवज्योति स्कुलले जुनियर पायनोरलाइ ३७–१८ र लोटसले सियोनलाइ २८–१५ अंगकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । नवदयले भने मेघा कलेजलाइ वाकओभर दिएपछी मेघा सोझै सेफिफाइनल प्रवेश गरेका थिए । यसै गरि महिला तर्फ धर
धरान / धरान १२ मा रहेको धरान मेघा हिमालयन कलेजको वार्षिक खेलकुद कार्यक्रम मंगलवार देखि सुरु भएको छ ।प्रतियो्गितामा ११ कक्षा देखि व्याचलर लेवल सम्मको विद्यार्थीहरुले भाग लिन पाउने स्कुलले जनाएको छ । धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा मंगलवार देखि चेस खेलबाट खेलकुद कार्यक्रम शुरु भएको हो । चेस खेलमा महिला र पुरुष दुवै गरेर १६ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन । खेलकुद कार्यक्रममा चेससंगै बास्केटवल, फुटसल, व्याडमिन्टन, टेवलटेनिस र भलिवल खेल हुने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी गराए । विद्यार्थीलाई शिक्षासंगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता
धरान / बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउन प्राध्यापकबाटै चलखेल भएको भन्दै धरानका राजनीतिक दलले प्रतिष्ठानका पदाधिकारीलाई भेट गरेका छन् ।दलले बिपी प्रतिष्ठानमा अराजकता फैलन नदिन ध्यानाकर्षण गराएका छन् । प्रतिष्ठानकी सिनियर प्राध्यापक नाक, कान, घाँटी विभागकी प्राडा सङ्गिता भण्डारी छुट्टी (स्यावोटिकल लिभ) मा बसेकी भए पनि उनले चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरेको विषयले व्यापकता पाएको थियो । चिकित्सकमाथिको हस्तक्षेप, प्रतिष्ठान पदाधिकारीको नियुक्ति र १ हजार १ सय चिकित्सक कर्मचारीको विषयलाई विवादमा ल्याउने काम गर्दै आएको प्राडा भण्डारीलाई आरोप लाग्दै आएको छ ।राम्रा ड
धनकुटा / धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न ६ मा रहेको सिधुवा बजारमा भएको आगलागीबाट क्षति व्यहोरेका परिवारलाई छथरजोपाटी गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।गाउँपालिकाले पीडित सात परिवारलाई तत्कालका लागि खाद्यान, भाँडा, लत्ता कपडा नगद उपलब्ध गराएको छथरजोपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए । अध्यक्ष सुब्बाले जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारलाई घटनाबारे जानकारी गराई सकिएको र प्रदेश सरकारबाट विपत्मा परेका नागरिकलाई घर निर्माण लागि हुने सहयोगका लागि समेत गाउँपालिकाबाट निर्णय भई सकेको बताए । राहत वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ्ग खेवा, गाउँपाल
धरान / मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता बुढासुब्बा फुटबल प्रतियोगिताको २३ औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । २०७६ सालमा सम्पन्न २२ औँ संस्करणपछि कोभिडका कारण २०७७ र ०७८ सालमा बुढासुब्बा गोल्डकप आयोजना हुन सकेको थिएन । यो वर्षको फागुन १३ गतेदेखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ । कोरोना महामारीले भएको आर्थिक मन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार
धरान / संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा उदयकुमार राई चयन भएका छन् । संघको ८ औं साधारणसभा तथा अधिवेशनले राईलाई सर्वसम्मत ढंगले अध्यक्षमा चयन गरेको हो । १३ सदस्यीय कार्यसमिति चयन गरिएको सो संघको उपाध्यक्षमा पदम बराईली, हरि विक, सचिवमा कमल शंकर, सह सचिवमा प्रेमकुमार राई, कोषाध्यक्षमा जंगबहादुर थापा चयन भएका छन् । यसैगरी का.का.सदस्यमा तिलक ल्वागुन, मदनकुमार प्रधान, प्रदीप विक, पार्वती राई, तुलाराम श्रेष्ठ, होमबहादुर भण्डारी र दिपु तामाङ रहेका छन् । कार्यक्रमको प्रमुख अतिथि सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ रहेका थिए । सो अवसमा बोल्दै अध्यक्ष श्रेष्ठले सीप तथा ताल
धरान / आफ्नै भवन हुँदाहुँदै पनि मालपोत र नापी कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आइरहेका छन् । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक वर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा पनि विवादका कारण सञ्चालन हुन नसकेको हो ।२०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा धरानमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ । मालपोत तथा नापी कार्यालयको भवन धरान १६ पानबारीमा एक वर्ष अगाडि नै निर्माण सम्पन्न भएपनि विवादका कारण अझै आफ्नो भवनमा सर्न सकेको छैन । धरान ६ पानबारीका स्थानीयहरुले एक वर्ष अगाडि भवन निर्माण सम्पन्न हुँदा पनि का
धरान । लायन्स क्लब पञ्चकन्याको एक कार्यक्रममा सहभागी हुन पूर्व युवराज्ञी हिमानी शाह धरान १५ दिन ज्ञानचक्षु विद्यालयमा आएकी थिइन । लायन्स क्लब अफ पञ्चकन्लायले ‘शिक्षाका लागि एक रुपैया’ अन्तर्गत लायन्सले प्रदान गरेको शैक्षिक सामाग्री वितरणमा साह शुक्रबार ज्ञानचक्षु विद्यालयमा आएकी हुन् । उनीँ बा.प्र. ०१ ०२७ च ६१७१ नं बाट आएकी थिइन् । हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी साहले पानसमा बत्ती बालेर ा कार्यक्रमको उद्घाटन गरिन । क्लबको तालिका अनुसार उनले त्यहाँ अध्ययनरत नेत्रहीन विद्यार्थीहरुलाई वाईट क्यान स्टिक, ईयर हियरिङ्ग, स्टेसनरीका सामग्रीहरु तथा ब्लाङकेट लगायतका सामाग्रीहरू वितरण गरि