नडाहा/छैटाैँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको उपाधि गर्त बर्षको सावित विजेता क्षमादेवी प्लानिङ्ग ब्वाइजले उचालेको छ । बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको न्यु स्टार फुटबल क्लबको आयोजनामा बुधबार सम्पन्न गोल्डकपको छैटौं संस्करको अन्तिम खेलमा क्षमादेवी प्लानिङले डिवाइन ब्वाइज युनियन क्लबलाई ट्राइबेकरमा ४ गोलका विरुद्ध ५ गोल गदै उपाधि जितेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा दुबै टिमबाट निधारित समयमा १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियोे । प्रतियोगितामा प्लानिङ्ग ब्वाइजका विदेशी खेलाडी टिम्बालाई डिएरयाभित्र लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै फागुराम
दुहवी/ईलाका प्रहरी कार्यालय दुहबीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई १० बर्ष पछी पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीको २०६९÷०१÷३१ गतेको फैसला आदेशले १० बर्ष कैद सजाय फैसला भएका साबिक औरावनी गाउ बिकास समिति हालको गढी गाऊँपालिका–२ का ३५ बर्षीय बिटोसन भनिने बिमल कुमार चौधरीलाई चैत्र २० गते गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको कैद सजाय भुक्तानको लागी झुम्का कारगार पठाएको छ ।
मोरङ / दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर र नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भएको छ । पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भएको हो । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबारको पहिलो खेलमा दिल्लीले दिएको १३१ रनको विजय लक्ष्य पछ्याएको घरेलु टिम मिल्सले ११ ओभर २ बलमा ५ विकेट गुमाई पूरा गर्यो । मिल्सका पवन सरापले २६ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । सुनिल धमालले ३३ रन बनाए । सुनिल महर्जनले १९ रनको योगदान गरे ।दिल्लीका अंकित रोय, रोहित त्रिपाटीले समान २–२ विकेट ल
धनकुटा / पछिल्लो समय टर्नेल खेति कृषकका लागि आम्दानीको दह्रो स्रोत बनेको छ । कृषकहरु टर्नेल खेतितर्फ आकर्षित भएपछि कृषि सम्बन्धी विभिन्न निकाय र स्थानीय तहहरुले कृषकहरुलाई सहयोग पु¥याउँदै आएका छन् । सहयोग नपाउनेहरुले पनि आफ्नै लगानीमा धमाधम टर्नेल खेति गर्न थालेका छन् । धनकुटामा पछिल्लो समय कृषहरु टर्नेल खेतितर्फ आकर्षित हुन थालेका छन् । विभिन्न संघ संस्था, कृषिसँग सम्बन्धित कार्यालयहरुले टर्नेल वितरण गरेर टर्नेलमा खेति गर्न सिकाएसँगै कृषकहरुको टर्नेल खेतितर्फ आकर्षण बढेको हो । थोरै ठाउँमा थोरै मेहनत गर्दा बढी आम्दानी हुने भएकोले कृषकहरु टर्नेल खेतितर्फ आकर्षित बनेका हुन् । यो टर्नेल
धरान / पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानलाई अगाडि बढाउँदै केन्द्रसँग नबाझिने ढंंगबाट आफ्नै शिक्षा नियमावली बनाएर जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएको छ ।गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि नयाँ शिक्षा ऐन जारी गर्दै यस्तो बाध्यत्मककारी नियम लागु गरेको हो । गाउँपालाले पालिकाले तयार गरेको शिक्षा ऐन २०७९ को दफा ९२२० मा यो व्यवस्था गरिएको छ । नियम लागु गर्न गाउँपालिकाले सार्वजनिक सूचनामार्फत जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भ
धरान/तीनमहिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले स्थानीय सरकार धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।धरानका सामुदायिक विद्यालयमा कार्यरत पेशागत संघसंगठनमा आवद्ध तीन संगठनले धरान उपमहानगरपालिकाको शिक्षा शाखामार्फत् नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।मंगलबार पेशागत संघ संगठनसँग आवद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत नेपाल शिक्षक संगठनका धरान नगर कमिटीहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । नेपाल शिक्षक संघका तर्फबाट अध्यक्ष आशबहादुर राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष बुद्धसागर सुवेदी र एकीकृत नेपाल शिक्षक संगठनबाट बरि
मोरङ / विराटनगर महानगरपालिकाले लागु गरेको पार्किङ निषेधित क्षेत्रलाई थप प्रभावकारी रुपमा रुपमा रुपमा कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकामा सोमबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता बसेको बैठकले स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायसँगको समन्वयमा यसअघि कार्यान्वयनमा ल्याएका सबै सडकलाई पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमनलाई सुक्ष्म रुपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नेलगायतका निर्णय गरेको छ । प्रदेश
धरान / केही सहकारी संस्थाका कारणले पछिल्लो समय सहकारी संस्था बद्नाम हुँदै गएको ६६ औं सहकारी दिवसका अवसरमा बोल्ने वक्ताहरुले बताएका छन् । धरान १५ स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित कार्यक्रममा सहभागीहरुले सहकारी खोलेर रातारात धनी हुने, निक्षेपकर्ताको रकम समयमै फिर्ता नदिने लगायतका कारणरले सहकारी संस्था बद्नाम भएको बताउदै अब यसलाई चिर्न आवश्यक भएको बताएका थिए । उनीहरुले पछिल्लो समयमा सहकारी सस्था धरासय बन्दै गएको बताउदै थोरै सहकारी संस्थाका कारण बचतकर्ताहरु त्रसित हुँदै गएको बताएका थिए । उनीहरुले निक्षेपकर्ताहरुको रकम समयमै फिर्ता नगरेसम्म पुन विश्वास जमाउन नसक्ने बताउँदै यसमा जिम्मेवा
धरान / घरेलु तथा महिला हिंसा समाजको लागि पछिल्लो समय विकराल बन्दै गएको छ ।पुरुषले गर्ने महिला हिंसा होस् या महिलाबाट हुने महिला हिंसा होस् बढ्दो अवस्थामा देखिएको छ । यसलाई न्यूनीकरण गर्न सम्बन्धित पक्ष लागि परेका छन् । न्यूनीकरणका लागि अहिले सम्बन्धित पक्षले सचेतना फैल्याउने, अन्तरक्रियाको कार्यक्रम गर्ने लगायतका कार्यक्रम अगाडि सार्दै आएका छन् । तर पनि न्यूनीकरण हुन सकेको छैन । न्यूनीकरण नहुनुमा स्वयम् महिला नै जिम्मेवारी भएको महिलाहरुले नै बताउने गरेका छन् ।धरान उपमहानगरपालिका १२ नं वडा समितिले महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्ले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा महिला हिंसा बढ्न्
धरान । मेयर हर्क साम्पाङको नेतृत्वमा योजना तथा बजेट माग गर्न सिंहदरबार गएको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको छ । धरानका दिर्घकालिन विकाशका योजनाहरुमा केन्द्रिय सरकारको बजेट आवश्यक भएको भन्दै मेयर साम्पाङ नेतृत्वको प्रतिनिधि टोलिले सिंहदरबारमै गएर प्रधानमन्त्रीलाई योजनाहरुपनि बुझाएको छ । मेयर साम्पाङ सहित उपमेयर अइन्द्रविक्रम बेघा,बरिष्ट इन्जिनियर सुरज श्रेष्ठ सहितको टोलि योजना तथा बजेट माग गर्न सिंहदारबार गएको थियो । प्रतिनिधि टोलिलाई भेट्दै प्रधानमन्त्री पुष्पकमल दाहालले धरानका समग्र विकाशका योजनामा आफ्नो पुर्ण सहयोग रहने बताएको प्रतिनिधि टोलिका एक सदस्यले जानकारी दिए ।