स्थानीय

    Showing 3,931-3,940 of 5,054 items.
  • कोकाबाट पानी ल्याउने सहमतिको प्रयास सकारात्मक

    धरान /  सीमा विवाद र असहमतिले चर्चा पाएको धरान खानेपानीको कोका श्रमदान महाअभियानमा सहमतिको प्रयास सकारात्मक ढंगबाट अगाडि बढेको छ । वराहक्षेत्रका नगर प्रमुख रमेश कार्की र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच छलफलमा दुवै पक्षबाट आ आफ्नो कुरा अगाडि राखेका थिए । सो अवसरमा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि कोकाबाट पानी ल्याउनका लागि संस्थागत निर्णय, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन र धरानलाई सशुल्क पानी वितरण गर्न लागिएको हो भने बराहक्षेत्रलाई निश्चित कर दिनुपर्ने ग्यारेन्टीसहितको लिखित सहमति गर्नुपर्ने कुरा अगाडि स

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन शर्माको सक्रियता

    विराटनगर / मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य निर्वाचित डा.सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् । उनले एकपछि अर्को चुनावी एजेन्डामा गरेको बाचनको प्रतिबदता पुरा गर्दै गएका छन। सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधान गर्न लागि परेका हुन् ।चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र सुकुम्वासी समस्या समाधानमा काम गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए । अहिले तिनै काम पुरा गर्न निरन्तरको दौडधुप पछि पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्च

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • व्यवहार सच्याउन साम्पाङलाई पत्रकार महासंघको आग्रह

    मोरङ /  धरान उपमहानगरपालिकााक मेयर हर्क साम्पाङ राईलाई व्यवहार सच्याउन नेपाल पत्रकार महासंघ सुनसरीले आग्रह गरेको छ । वैसाख १४ गते कार्यपालिका बैठक बस्न नसकेको विषयमा मेयर साम्पाङलाई जिज्ञसा राख्ने क्रममा उनले ‘तपाई कुन पार्टीको पत्रकार’ सोधेपछि उनले सोधेको प्रश्न व्यवहारिक नभएको भन्दै महासंघले प्रेस विज्ञप्ती प्रकाशित गरेर सच्चिन आग्रह गरेको हो । महासंघ सुनसरीका सचिव ध्रुव ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा मेयर जस्तो सार्वजनिक पद धारण गरेका व्यक्तिले अर्मादित ढंगबाट सञ्चारजगतप्रति गरेको व्यवहारले सञ्चार क्षेत्रप्रति नकारात्मक सन्देश जाने भएकोले यस्ता कार्यले सञ्चारकर्म

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • 1,023 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्स एकेडेमीले फुटसल प्रतियोगिता आयोजना गर्ने

    धरान /  एम्स एकेडेमीले ‘पहिलो एम्स एसईई फुटसल  कप २०८०’ आयोजना गर्ने भएको छ । एकेडेमीले शुक्रबार पत्रकार भेटघाट आयोजना गर्दै प्रतियोगितामा एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरू सहभागी हुने बताएको छ । यही वैशाख २९ र ३० गते आयोजना हुने प्रतियोगिताका विजेताले १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ तथा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका स्नातक तह संयोजक हेमन्त भण्डारीले जानकारी दिए । त्यस क्रममा कार्यक्रम संयोजक युवराज अधिकारीले प्रतियोगितामा कम्तीमा २० वटा टिम सहभागी हुने अपेक्षा रहेको बताए । प्रत्येक खेलका उत्कृष्ट खेलाडी र प्रतियोगिताभरि उत्कृष्ट प्रदर

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • 1,139 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषिमा जीवन खोज्दै कटुवाल

    धरान / ७१ बर्षका  खड्गबहादुर कट्वाल आदर्श मावि चतराका पूर्व शिक्षक । ३७ वर्ष शिक्षण पछि अवकाश भएपछि उहाँ निरन्तर कृषि पेशामा आवद्ध हुनुहुन्छ । स्वदेशै माटोमा केही गर्न रोजगारीको लागि विदेश भौतारिनु नपर्ने उहाँको भनाई छ । १० बर्ष अगाडि शिक्षण पेशाबाट अवकास पाएपछि उहाँले २ विगाहा जग्गामा विभिन्न प्रकारका कृषि उत्पादन गर्दै हुनुहुन्छ । उहाँले रिटायर्ड जीवनलाई पनि व्यस्त र आम्दानी गर्ने माध्यम बनाउन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् । सुनसरीका बराहक्षेत्र २ सप्तकोशीछेउ नजिक उकासस्थित आइबी कोलनीमा आफ्नो जग्गामा कृषिमा निरन्तर लागिरहेको देख्न सकिन्छ । २०७० सालमा शिक्षण पेशाबाट अवकाश पाएपछि उह

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • 990 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फेरि बल्झियो धरान र इटहरीको सीमा क्षेत्र

    धरान / युवा संघ इटहरीले धरान उपमहानगरपालिकाले पानी पियामा राखेको सीमा प्राम्भको बोर्ड फालिदिएको छ । कोशी राजमार्ग अन्तर्गत तरहरादेखि माथि पानी पियामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको टोली पुगेर आइतबार सीमा प्रारम्भ बोर्ड राखेको थियो । तर बोर्ड राख्नसाथ नेकपा एमालेको भातृ संगन राष्ट्रिय युवा संघ इटहरीले उखेलेर फालिदिएपछि मेयर हर्क साम्पाङ सीमानाका विषयमा कानूनी लडाइ लड्ने बताएका छन् । उनले हर्क हर्क साम्पाङ ए रेभुलेसन फेसबुक पेजबाट यसरी कानुनी लडाइ लड्ने बताएका हुन् । उनले सामाजिक सञ्चालमा सोमबार पाँच घण्टा अगाडि ‘हाम्रो साँध सिमानामा घेराबारा गर्ने काम हाम्रो अधिकार हो

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 878 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘युवा अवस्थामा नै सुगर र प्रेसरको समस्या’

    धरान / व्यस्त जीवन र खानपान र शारीरिक व्यायामको अभावका कारण युवा अवस्थामा नै मधुमेह र उच्च रक्तचापको समस्या देखिदै आएको छ । बढ्दो मधुमेह र उच्च रक्तचापलाई मध्यनजर गरी धरान ६ पानवारीस्थित पानवारी सामुदायिक वन उपभोक्ता समुहले स्वास्थ्य शिविर आयोजना गरेको छ । एक दिने निशुल्क स्वास्थ्य शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा २ सय ६० जना भन्दा वढीको निःशुल्क रुपमा स्वास्थ्य जाँच गरिएको थियो । विपी प्रतिष्ठानका न्युरो फिजिसियन डा.भूपेन्द्र साहका अनुसार शिविरमा आएकामध्ये अधिकाँस विरामीहरु सुगर र प्रेसरका विरामी थिए । सो अवसरमा डा

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा २४ औं मनमोहन स्मृति दिवस

    धरान /धरान उपमहानगर १५ श्यामचौकमा रहको स्व. मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गरेर बुधबार २४ औ मनमोहन स्मृति दिवस मनाएको छ । नेकपा एमाले धरान १५ वडा कमिटीको आयोजनामा भएको सो कार्यक्रममा नेकपा (एमाले) का संस्थापक अध्यक्ष तथा प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताइएको थियो । १५ वडाकमिटी अध्यक्ष ज्ञानेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति १.प्रदेश सुनसरी क्षेत्र न.१.सांसद तथा प्रदेश सचिवालय सदस्य रमेश बस्नेत रहेका थिए । स्मृति दिवस

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 760 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शक्ति प्रदर्शन गर्दै धरानका मजदुरहरु

    धरान । बैशाख १८ गते धरानमा मजदुरहरुले प्रदर्शन गर्ने भएको छ । १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरहरुको प्रदर्शन गर्ने तयारी गरेको हो । धरानमा रहेका जिफन्ट सम्बध युनियनका अध्यक्षहरुको भेलाले श्रमिकहरुको अधिकार क्रमशः कटौती हुँदै गइरहेको र राज्य पूँजी पक्षिय बन्दै गइरहेकाले त्यसको खबरदारीका लागि श्रमिक दिवसको अवसरमा प्रदर्शन गर्ने तयारीका साथ मजदुर नेता भीमज्वाला राईको संयोजकत्वमा १३९ सदस्सीय श्रमिक दिवस समारोह मूल समिति निर्माण गरेको छ । समितिमा रंगलाल गिरी र यामकला मग्राती सह संयोजक रहेका छन् । सचिवमा मुक्तिनाथ गिरी रहेका छन् । जिफन्ट सम्बद सदस्

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 878 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलहरु बजेट माग्न काठमाण्डौ

    धरान / केन्द्रीय स्तरीय नेताको पहुँच धरानमा नभएकै कारण संघीय बजेट निर्माण हुदा धरान जहिल्यै उपेक्षित हुने गर्छ । हुन सुनसरी क्षेत्र नं. १ बाट दिग्ग्ज नेताहरुले निर्वाचित जित्छन् र महत्वपूर्ण महत्वपूर्ण मन्त्रालयको जिम्मेवार पाउँछन् तर बजेटमा धरान जहिल्यै उपेक्षित हुन्छ । यस क्षेत्रबाट स्व. मनमोहन अधिकारी, स्व. गिरिजाप्रसाद कोइराला जस्ता हस्ती निर्वाचित भएर प्रधानमन्त्री भए, अहिले ०७९ को संघीय निर्वाचनमा जसपाका नेता अशोक राई मन्त्री बनेका छन् । विगतमा प्रधानमन्त्री भएकाले पनि यस क्षेत्रको विकासमा कुनै बजेट छुट्याएकै कारण आगामी संघीय बजेटमा धरानलाई प्राथमिकतामा राख्न स्थानीय राजनीतिक दलका नेताह

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • 687 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved