दलहरु बजेट माग्न काठमाण्डौ

  • वैशाख ११, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / केन्द्रीय स्तरीय नेताको पहुँच धरानमा नभएकै कारण संघीय बजेट निर्माण हुदा धरान जहिल्यै उपेक्षित हुने गर्छ । हुन सुनसरी क्षेत्र नं. १ बाट दिग्ग्ज नेताहरुले निर्वाचित जित्छन् र महत्वपूर्ण महत्वपूर्ण मन्त्रालयको जिम्मेवार पाउँछन् तर बजेटमा धरान जहिल्यै उपेक्षित हुन्छ ।

यस क्षेत्रबाट स्व. मनमोहन अधिकारी, स्व. गिरिजाप्रसाद कोइराला जस्ता हस्ती निर्वाचित भएर प्रधानमन्त्री भए, अहिले ०७९ को संघीय निर्वाचनमा जसपाका नेता अशोक राई मन्त्री बनेका छन् । विगतमा प्रधानमन्त्री भएकाले पनि यस क्षेत्रको विकासमा कुनै बजेट छुट्याएकै कारण आगामी संघीय बजेटमा धरानलाई प्राथमिकतामा राख्न स्थानीय राजनीतिक दलका नेताहरु राजधानी गएका हुन् ।

इटहरी उपमहानगरपालिका गाविस हुदा धरान उपमहानगरपालिका नगरपालिका भइसकेको थियो । थोरै समयमा गाविसबाट नगरपालिका हुदै उपमहानगरपालिका बनेको छ भने विकासले द्रुत गति लिएको छ, धरान सबैभन्दा पुरानो नगरपालिका उपमहानगरपालिका बनिसक्दा पनि जस्ताको जस्तै छ ।

धरान अहिले पनि सडक, विजुलीबत्ती तथा अन्य भौतिक पूवाधारमा पछि छ भने २० बर्ष अगाडिदेखि धरानको मुख्य तर आधारभूत आवश्यकता खानेपानीको समस्या समाधान हुन सकेको छैन । धरानको मुख्य समस्या खानेपानी समस्या समाधान तथा अन्य ३२ वटा समस्या लिएर आगामी आर्थि बर्ष २०८०÷८१ म प्राथमिकताा राख्न स्थानीय ६ राजनीतिक दलका नेताहरु विभिन्न मन्त्रालयलाई झकझकाउन काठमाण्डौ गएका हुन् ।

सघीय सरकार धरानको समस्या सामाधानार्थ गम्भीर प्राथमिकताको आधारमा अहिले र पञ्चबर्षीय योजनामा गर्नुपर्ने योजना संघीय सरकारलाई पेश गर्न काडमाण्डौ जान लागिएको नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले बताए ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी टोलीमा सम्मिलित छन् ।

माओवादी केन्द्र धरान उपमहानगर कमिटीका इन्चार्ज फोक्वाहाङ मेन्याङ्बो (चोत्लुङ) ले धरानको जल्दोबल्दो समस्या संघीय सरकारलाई सुनाउने र बजेट माग गर्ने उद्देश्यका साथ काठमाण्डौ जन लागिएकोे बताए ।

राज्यबाट सधै उपेक्षित धरानको विकासमा बजेटमै पारेर काम गर्न दबाब दिने उद्देश्यले सघीय सरकारलाई घच्घच्याउन काठमाण्डौ जान लागेको नेकपा एमाले धरान उपमहानगर कमिटीका इन्चार्ज नारायण सुवेदीले राजनीति चुनावका समयमा गर्ने र त्यसपछि सबै मिलेर धरानको विकास गर्नुपर्नै धारणा राख्नुभयो । आफूहरुको जिम्मेवारी वहन गर्न पनि बजेट माग्न संघीय सरकारसमक्ष जान लागेका बताए ।

हुन त यस भन्दा अगाडि धरान उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टोली समेत १ सय वटा माग राखेर विभिन्न मन्त्रालयमा ज्ञापनपत्र बुझाएर आएका थिए । उनीहरुले माग गरेका विषय झण्डै झण्डै उस्ताउस्तै छ । उनीहरुको मागमा धरानको खानेपानी समस्या समाधानको बुँदा पहिलो नम्बरमै पर्ने गरेको छ ।

\त्यसबाहेक कोशी वा धरान तमोर सुरुङ मार्ग, धरान रंगशाला पूर्वाधार विकास, धरान १५ को भक्तराज कन्दङवा क्रिकेट, धरान–बराहक्षेत्रमा सञ्चारग्राम निर्माण, पिण्डेश्वर क्याम्पसलाई वहुभाषिक कलेजमा विकास गर्ने लगायतका एजेण्डाहरु समावेश गरिएका छन् ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved