स्थानीय

    Showing 3,651-3,660 of 5,053 items.
  • ब्राउनसुगर सहित तिन जना पक्राउ

    झापा/ झापाको भद्रपुर नगरपालिका–८ बिमानस्थल छेउबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना र काकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको संयुक्त प्रहरी टोलीले मंगलवार तिन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतिय नागरीक दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ बर्षीया कल्याणी बर्मनी, २८ बर्षीया राधा बर्मनी र २४ बर्षीय कल्याण बर्मण रहेका छन् । राधा र कल्याणी ९८ ग्राम ९ सय मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित भद्रपुरबाट पक्राउ परेका हु

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • 765 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाखे प्रतियोगितामा रामधुनी नेवाः देय दबु प्रथम

    विजयपुर / नेवाः देय दबुले वर्षेनी आयोजना गर्दै आएको लाखे नाच प्रतियोगिता धरानमा सोमबार सम्पन्न भएको छ । धरानको भानु चोकमा भएको लाखे नृत्य प्रतियोगितामा झुम्काको रामधुनी नेवाः देय दवुको लाखे नाँच प्रथम भएको छ । त्यसै गरि मधुवन नेवाः देय दवु मधुवन दोस्रो भएको छ भने धरान ३ को झिगु लाखे तेस्रो र नेवाः देय दवु इटहरी वालग्राम चौथो भएको छ । प्रथम, दोस्रो, तेस्रो र चौथोलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्रदान गरिएको थियोे । प्रतियोगितामा झुम्का, मधुवन, धरान लगायत बराहक्षेत्र, चक्रघटिका १६ वडा लाखे समुह सहभागि भएका थिए ।   प्रतियोगिता कार्यक्रममा नेवारी समुदाय र गै

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 824 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा नम्बर ९ लाई निशुल्क रगत उपलब्ध गराउने

    विजयपुर / वडावासीहरुलाई निशुल्क रगत उपलब्ध गराउन धरान उपमहानगरपालिका वडा नम्बर ९ ले नेपाल रेडक्रस सोसाइटी सुनसरी संग सम्झौता गरिएको छ । रेडक्रस र धरान वडा नम्बर ९ कार्यालय बीच निःशुल्क रगत उपलब्ध गराउनेबारे मंगलबार सम्झौता गरिएको छ । नेपाल रेडक्रसको ६१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्झौता पत्रमा वडा नम्बर ९ का अध्यक्ष रुपेश आचार्य र रेडक्रसका सभापति उमेश थापाले हस्ताक्षर गरेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ब्लड बैंकमा रगतको विभिन्न परीक्षण, ब्लड ब्याग, ट्रान्सफ्युजन लगायत रगत आवश्यक हुँदा एक हजार पचास रुपैया शुल्क तिर्नु पर्ने हुन्छ । सम्झौता अ

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 797 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पोलेको मकैको व्यवसाय फस्टाउदै

    विजयपुर / पोलेको मकै बेचेर जिविकोपार्जन गर्ने महिलाहरुको संख्या धरानमा बढ्दै गएको छ । पोलेको मकै बेचेर घर परिवार चलाउन सहज बन्दै गएको छ । करबि २० बर्ष अघि देखि धरान २ रत्न रोडमा मकै पोलेर बेच्ने गर्दै आएकी निर्मला न्यौपाने सामान्य लगानीमा व्यापार गर्न सकिने भएकाले आम्दानी पनि राम्रै हुने गरेको बताउँछिन् । धरान १४ निवासी न्यौपाने बिहानै देखि सडकको किनारमा तगारीमा मकै पोलेर जिविकोपार्जन गर्दै आएको बताउँछिन् । उनि भन्छिन, ‘सायद धरानमा सबै भन्दा पहिले मकै पोलेर बेच्ने म नै होला, त्यो बेला अलि समस्याहरु हुन्थियो, अहिले सहज छ ।’ उनले आफ्नै बारीमा फलेको मकै पोलेर बेचेर व्यवसाय शुरु गरेकी

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 835 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रकोप व्यवस्थापन औजार हस्तान्तण

    धरान/ धरान उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयले अस्थायी प्रहरी चौकी देउरालीलाई प्रकोप तथा विपदमा प्रयोग गर्न विभिन्न औजार सामग्री हस्तान्तरण गरेको छ । बाढी तथा पहिरोको सम्भावित जोखिम क्षेत्र समेत रहेको वडामा विभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्न र सम्भावित विपद्लाई न्यूनीकरणका लागि उक्त सामग्री हस्तान्तरण गरिएको हो । वडाध्यक्ष मन प्रसाद लिम्बूका अनुसार गैँती, बेल्चा, पन्जा, गम्बुठ, डोरी, बाल्टी, लगायतका सामग्री चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा चौकीका सह इन्चार्जलाई हस्तान्तरण गरिएको छ । वडाको विपद् तथा प्रकोप व्यवस्थापन समितिका संयोजक समेत रहेका वडाध्यक्ष लिम्बूले विशेष गरी

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 802 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धानबालीमा गबारो र फौजी कीराको समस्या

    रासस झापा/  झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले जानकारी दिइन् । ‘गबारो, ढुसी र फौजी कीराको समस्या देखापरेको छ’, उनले समस्याबारे जानकारी दिँदै भनिन्, ‘केही किसानका खेतमा धानबाली सखाप भएको अनुगमनबाट देखिएको छ भने तत्काल नियन्त्रण गरिएन भने अन्यतिर फैलिने सम्भावना छ ।’ रोग नियन्त्रण गर्न किसानलाई कीटनाशक

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 687 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयका विद्यार्थीले गरे मेची क्राउनको अध्ययन

    धरान/ होटल मेनेजमेन्ट अध्ययनमा उत्कृष्ट रहेको धरानको युएन नवोदय कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई होटल मेची क्राउनमा अध्ययन अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई फाइभ स्टार तहका होटलहरुको अध्ययन तथा अवलोकन गराउने क्रममा झापाको धुलाबारीमा फाइभ स्टार होटल मेची क्राउनमा अध्ययन अभिमुखीकरण कार्यक्रम गरेको हो । कोसी प्रदेशकै एक मात्र फाईभ स्टार होटलको रुपमा परिचित मेची क्राउन होटलको सगरमाथा हलमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई होटल म्यानेजमेन्टको बारेमा जानकारी गराइएको छ । क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै होटल म्यान

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 1,231 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीको कर वृद्धिको विरोधमा नागरिक समाज

    इटहरी/  इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को कर वृद्धिको विरुद्धमा नागरिक समाज आन्दोलित भएका छन् । उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेटेर ध्यानाकर्षण गराउँदा समेत कर समायोजनमा बेवास्ता गरेको भन्दै नागरिक समाज इटहरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक समाज इटहरीले चरणबद्ध विरोध गर्ने जनाएको हो । भदौ १७ गते देखि कर घट्ने मेयरले प्रतिबद्धता जनाए पनि कुनै सुनुवाई नभएकाले आन्दोलनको कार्यक्रम घोषणा गरेको अध्यक्ष बालिका भट्टराईले बताइन् । आर्थिक मन्दिको कारण व्यवसायीहरू पलायन भइरहेको अवश्थामा सर्वसाधारणले हातमुख जोर्न समेत सम

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 670 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहवीमा आवास योजनाका ८० घरहरु बितरण

    दुहवी/ सुनसरीको दुहवी नगरपालिकाले सुकुम्बासी घरधुरीहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी आवास योजनाका ८० घरहरु वितरण गरेको छ । नगर प्रमुख आवास योजना कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरक्षेत्र भित्र बसोबास गर्ने भुमिहिन, दलित, सुकुम्बासी र अब्यवस्थित बसोबास गर्नेहरुलाइ ब्यवस्थित र सुरक्षित बसोबासका लागि अति विपन्न सुकुम्बासी परीवारहरुलाई नगर प्रमुख वेदनारायण गच्छदारले ८० घर वितरण गरेका हुन् । नगरपालिकाको बार्षिक बिनियोजित बजेट मार्फत वडा नम्बर ११ मा करिब दुई बिगाह क्षेत्रफलमा तिन बर्ष अगाडि देखी निर्माण सुरु गरेको आवास निर्माण कार्य सम्पन्न गरी नगर प्रमुख गच्छदारले प्रमाण पत्र सहित घरक

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 673 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निराजन बस्ती हुँदै राजारानी जोड्ने सडक अलपत्र

    विजयपुर/ धरान वडा नम्बर १५ स्थित निराजन बस्ती हुँदै धनकुटाको राजारानी जोड्ने सडक अलपत्र बनेको छ  । धरानकै दुर्गम मानिएका धरान ४ को दानावारी, हर्दिया, तेलनपुर लगायतका गाउँलाई शहर सँग जोड्न २०७५ सालमा सडक उदघाटन गरिएको थियो  । दुई वर्ष भित्र १७ किलोमिटर सडक निर्माण सक्ने ठेक्का लागे पनि सडक निर्माण कार्य अहिले अलपत्र बनेको छ  । समयमै सडक सम्पन्न भए धरान ४ का स्थानीय उत्पादनलाई बजारीकरण गर्न शहरमा अध्ययन गर्न सहज हुने स्थानीयले विश्वास लिएका थिए  । ५ वर्ष सम्म पनि सडक निर्माण नहुँदा स्थानीयले समस्या भोग्नुपरेको छ  । तत्कालिन प्रदेश १ (क) तर्फका प्रदेश सांसद तथा

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • 2,203 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved