धरान । सेवा सुविधाको माग गर्दै दोस्रो चरणको आन्दोलतमा उत्रिएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरुको माग प्रति सहमती जुटे पनि आन्दोलन फिर्ता भएको छ । प्रतिष्ठानका उपकुलपति कार्यालय अघि आइतबार देखि आन्दोलनमा रहेका इन्र्टन डाक्टरको ११ बुँदे मागमा सहमती भए पछि आन्दोलन फिर्ता लिएर काममा फर्किएका छन् । प्रतिष्ठानले सहायक निर्देशकको संयोजकत्वमा आइतबार नै वार्ता समिती गठन गरेको थियो । सोमबार बिहाननै उपकुलपति कार्यालय परिषरमा धर्नामा रहेको चिकित्सकहरु सँग वार्ता भएको थियो । आज भएको वार्तामा इन्टर्नसिप शुरु भएकै मिती देखि लागु हुने गरि १८ हजार ५ सय जीवन निर्व
धरान/ बिए कृष्ण प्रसाद श्रेष्ठको निधन भएपछि धरान उपमहानगरपालिकाले एक दिन शोक विदा दिएको छ । श्रेष्ठ त्तकालिन धरान नगरपालिकाका नगरसभा सदस्य थिए । त्यसैले धरान उपमहानगरपालिकाले उनि प्रति सम्मान जनाउदैन एक दिनका लागि सोक विदा दिएको हो । नगरपालिकाको कार्यलय खुल्ला भएको २ घण्टा पछि नगरपालिकाले विदा दिने निणर्य गर्दा नगरपालिका मातहतका सम्पूर्ण कार्यलयहरु बन्द हुन भएका छन् । वि।सं। १९९१ सालमा जन्मिएका विए कृष्ण प्रसाद श्रेष्ठ २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदा तत्कालीन धरानको संस्थापक कम्युनिस्ट नेताकोरुपमा परिचित थिए । उनको हिजो दिउसो १स्२५ बजे आफ्नो निवासमै निधन भएको हो ।
धरान । दुई महिना अघि मागहरु पुरा गर्ने आश्वासन दिए पनि अहिले सम्म माग पुरा नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न चिकित्सकहरु पुनः आन्दोलनमा उत्रिएका छन् । गत असोज १४ गते र १८ गते प्रतिष्ठान प्रशासन समक्ष ध्यानाकर्षण पत्र बुझाउदै मागहरु राखेपनि अहिलेसम्म आश्वासनमा सिमित भएकोले आन्दोलनमा उत्रनु परेको संघर्ष समितिले जनाएको छ । ईन्टनहरूले नियमित जीवन निर्वाह भत्ता पाउनुपर्ने समयको १२ दिन पश्चात पदाधिकारीहरुले आश्वासन दिए विपरित, पहिलेकै नियम अनुसार जीवन निर्वाह भत्ता आएपछि इन्टर्न चिकित्सकहरू पुनः आन्दोलनमा उत्रिएका हुन् । आफ्ना मागहरु पुरा नभएको भन्दै इन्टर्न संघर
धरान । पाँच महिना अघि धरान उपमहानगरपालिकाको नगरसभाले पास गरेको चालु वर्षको निति तथा कार्यक्रम अझै प्रमाणित हुन सकेको छैन् । पहिलो चौमासिक सकिदा सम्म पनि मेयर तिलक राईले निति तथा कार्यक्रम प्रमाणित गरेका छैनन् । असार १० गते बसेको नगरसभामा मेयरले आफुखुशी निति तथा कार्यक्रमहरु पेश गरेको भन्दै कार्यपालिका सदस्यहरु सभानै बहिष्कार गरेका थिए । वडा स्तरिय निति तथा कार्यक्रमहरु पेश गरिए पछि पुनः असार २८ नगरसभाले निति तथा कार्यक्रम पास भएको थियो । नगरसभाले पास गरे पनि मेयर प्रमाणित नगरे सम्म कार्यान्यवन हुन सक्दैन् । विवादै विवादमा अलमलीएको धरान उपमहानगरपालिकाको ७ औं नगरसभामा चार वटा विधेयक, दुई वटा प
धरानः धरान १५ स्थितदिपेन्द्र बस्तीको एक घरमा आगलाी भएको छ । आडा बस्तीमा रहेको रुद« प्रसाद काफ्लेको घरमा आगलागी भएको इलका प्रहरी कार्यलय धरानले जनाएको छ । धरान उपमहानगरपालिकाको दमकल र स्थिानायीको सहयोगमा आगो नियन्त्रणमा आएको इप्रका धरानका डिएसपी ज्ञान्नेद बस्नेतले जनाकारी दिएका छन् । उनका अनुसार बिजुली सर्ट भएर आगलागि भएको र के कति क्षति भयो भन्ने विवरण भने आउन बाँकी रहेको बताएका छन्
धरान । तीन वर्षअघि देखि सडक डिभिजन कार्यालय विराटनगरले वर्षेनी कोशी राजमार्ग अन्तर्गतको धरान–इटहरी सडक मर्मत गर्दै आए पनि वर्ष दिन पनि नपुग्दै खाल्डै खाल्डा हुने गरेको छ । सडक विभागले वर्षेनी पुर्दै आएको खाल्डाखुल्डीमा कमसल सामान प्रयोग गर्दा वर्ष दिन पनि टिक्न नपाउँदै भत्कीने गरेको छ । तीन वर्ष यता ४ पटकसम्म सडक मर्मत गरिसकेको छ । वर्षेनी सडक मर्मत तथा टालटुल गरेपनि गुणस्तरीय काम नहुँदा कोशी राजमार्गमा पर्ने चारकोशे जंगल देखि जिरोपोईन्ट हुँदै भेडेटार सम्मका सडकहरु खाल्डाखुल्डी बनेका छ । अहिले पनि खाल्डाखुल्डीमा सवारीचालक र पैदलयात्रीलाई सास्ती भएको छ । जताततै भएका खाल्डाले अहिले मुख्य
धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्तिक २४ गते देखि मंसिर ६ गते सम्म सबै मठमन्दिर तथा अन्य धार्मिक स्थलहरुमा निषेधाज्ञा जारी गरे पनि धरानका मठमन्दिरहरुमा भक्तजनहरुको भिड हुन थाले पछि धरानको वडा नम्बर १४ ले विजयपुर क्षेत्रका सबै शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजा आजा बन्द गरिएको सुचना सार्वजनिक गरेको छ । प्रशासनले निषेधाज्ञा जारी गरे पनि धार्मिक स्थलहरुमा पुजाआजा गर्न भक्तजनहरुको भिड लाग्न थाले पछि वडा कार्यालय १४ ले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको वडाको बैठकमा प्रशासनको निर्णय पुर्णरुपमा पालना गराउन शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजाआ
धरान । बर्खा लागेपछि घर सामुन्ने सर्दु खोला परीको साल्बोटे डाँडामा निरन्तर पहिरो जान्छ । खोला थुनिएर बस्ती नै बगाउला कि भन्ने पिरले स्थानीयहरु खोलामा थुप्रिएको ढुंगा माटो पन्छाउन कस्सिनुपर्छ । विगत डेढ दशकदेखि देवी मार्गका वासिन्दाको यही नियती छ । वर्षा लागे पछि धरान १३ का सर्दु खोला तर्फ बसेका स्थानीयहरु त्रसित हुने गर्छन् । सर्दु खोला पारि पट्टीको भिरमा पहिरो गएर सर्दु खोला थुन्छ की भन्ने डरमा रहन्छन् । धरानको वडा नम्बर २० मा रहेको साल्बोटे डाँडामा पहिरो गएर सर्दु खोलि थुनियो भने धरानको वडा नम्बर १३ पट्टीको बस्तीलाई जुनसुकै बेला क्षती पुर्याउने खतरा रहेको छ । केही वर्ष अघि साल्बोटे डाँडाको
इटहरी । स्थानीय स्तरमै कोरोना परिक्षण गर्न पाउनु पर्ने स्थानीयको माग बढ्दै गए पछि इटहरी उपमहानगरपालिकाले पिसिआर परिक्षणका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने भएको छ । इटहरी उपमहानगरले पीसीआर परीक्षण र कोभिड उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने प्रतिष्ठानमा बसेको वैठकले निर्णय गरेको छ । वैठकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले पीसीआर परीक्षणको दायरा वढाउन र उपचारमा अझ सहज वातावरण वनाउन उपमहानगरले प्रतिष्ठान सँग गर्न सकिने सहकार्यका वारेमा प्रस्ताव राखेका थिए ।उपप्रमुख लक्ष्मी गौतमले अहिले सम्म प्रतिष्ठानले गरेको सहय
धरान । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सुनसरीको क्षेत्र नम्बर १ का १ हजार फुसका घरमा जस्तापाता लगाईदिने भएको छ । फुसको घर भएका विपन्न परिवारको घरधुरीमा निशुल्क जस्तापाता लगाइदिने भएको हो । सुनसरी क्षेत्र नम्बर १ का संघीय सांसद जय कुमार राईको पहलमा धरान, बराहक्षेत्र र रामधुनीका १ हजार घरधुरीमा जस्तापाता लगाइदिने भएको हो । सांसद राईको अध्यक्षतामा जिल्ला समन्वय समितीको कार्यालयमा भएको बैठकमा धरानका ३ सय ३१, रामधुनीको २ सय २४ र बराहक्षेत्रका ४ सय ४५ घरधुरीमा फुसको छानो हटाएर जस्तापाता लगाइदिने निर्णय भएको छ । लाई सरकारले निःशुल्क जस्तापाता जडान गरिदिने भएको छ । जस्तापाता जडान गर्न प्रति