कोशीको मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

  • चैत्र २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री केदार कार्कीलाई संसदहरुले दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको बाटो खुल्ने बताएका छन् ।

उनले संसदहरुले प्रदेश प्रमुखको कार्यालयमा लाइन लागेर मुख्यमन्त्री केदार कार्कीलाई समर्थन गरेकाले पहिले त्यो समर्थन फिर्ता लिनु पर्ने बताए ।

सांसदहरूले समर्थन फिर्ता लिएपछि यो सरकार अल्पमतमा पर्छ । संविधानले अल्पमतको सरकार टिकिरहने कल्पना नगरेकाले यो सरकार परिवर्तन हुने दाबी गरे ।

उनले सांसदहरूले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै गठबन्धनले निर्णय गरेको मुख्यमन्त्रीलाई समर्थन गरेका सांसदहरूको हस्ताक्षर सहित सभामुख र प्रदेश प्रमुखकोमा जानु पर्ने बताए ।

यसरी बहुमत सिद्ध गरेर सांसदहरू गएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नु पर्ने राईले दाबी गरे ।

बहुमत सांसदहरूको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुखले एक साताका लागि मुख्यमन्त्री केदार कार्कीलाई समय दिनु पर्ने र त्यो अवधिमा मुख्यमन्त्रीले की बहुमत सिद्ध गर्नु पर्ने या राजीनामा दिनु पर्ने बताए ।

उनले नयाँ सरकार पुन संविधानको धारा १६८ (५) अन्तरगतै बन्ने दाबी गरे ।

उनले अहिले सरकार परिवर्तनका विषयमा कानुनी जटिलता देखिएको भए पनि कुनै पनि सरकार अल्पमतमा परेपछि नटिक्ने उनको दाबी छ ।

मुख्यमन्त्री केदार कार्की अदालत जानु होला तर उहाँ अल्पमतमा परेपछि अदालतले उहाँलाई मुख्यमन्त्री बनाउँदैन यो मेरो विश्वास हो ।

अहिले केन्द्रबाट कुनै निर्देशन नआएकाले सरकार परिवर्तनका विषयमा ठोस कदम नचालेको राईले बताए । अहिले नै कोशी प्रदेशको मुख्यमन्त्री को भन्ने निर्णय केन्द्रमा भइसकेको छैन ।

निर्णय भएर निर्देशन नआएकाले सरकार परिवर्तनका विषयमा छलफल गर्न जाँगर चलेको छैन । उनले भने, सरकार परिवर्तनका विषयमा ठोस कुरा न तल भएको छ न माथि नै कुनै निर्णय भएको छ ।

उनले एमालेले मुख्यमन्त्री पाए जसरी छलफल अगाडि बढाएको भए पनि सरकार परिवर्तनका लागि गठबन्धन दलहरू भित्र ठोस काम भने सुरु नभएको बताए ।

उनले यो सरकार संविधानको धारा १६८९५० अन्तरगत बनेकाले यो सरकारको बर्हिगमनका विषयमा संविधानमा स्पष्ट व्यवस्था नभएको बताए ।

मुख्यमन्त्रीमा दाबी

नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्री एमालेले दाबी गर्न नहुने बताएका छन् ।

उनले अहिलेको परिस्थितिमा एमालेले पु¥याएकाले नैतिकताका आधारमा पनि एमालेले कोशी प्रदेशको नेतृत्व दाबी गर्न नहुने बताए ।

उनले भने, ‘उहाँहरू एमालेले केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुत्तः गरेर कानुनी जटिलता उत्पन्न गराएको हो त्यसैले नैतिकताका आधारमा उहाँहरूले यस पटक मुख्यमन्त्री दाबी गर्नु हुँदैन ।’ उनले कोशी प्रदेशको अबको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए ।

उनले भने, ‘यो गठबन्धन पूर्ण तय सत्ता टिकाउनका लागि बनेको हो। सत्ताकै लागि गठबन्धन बनेको अवस्थामा हामीले चाहिँ किन छाड्ने ।’

उनले यस अघिको गठबन्धन संविधान मिचिएकाले संविधानको रक्षाका लागि बनेको भन्दै यस पटकको गठबन्धन सत्ता टिकाउनका लागि बनेको दाबी गरे ।

उनले सत्ता टिकाउनका लागि गठबन्धन भएकाले एकीकृत समाजवादीले मुख्यमन्त्रीको दाबी गरेको बताए ।

उनले अन्य प्रदेशमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिए हामी दाबी गर्दैनौ । अन्यत्र नदिए यो प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved