फेरि सञ्चालनमा कठिनाई

  • चैत्र २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

धरान/ भोजपुरको षडानन्द नगरपालिका र संखुवासभालाई जोड्ने अरुण नदीको सती घाटमा सञ्चालन भएको फेरि बिग्रिएपछि अहिले यहाँ सैयौ सवारी साधन आवातजावतमा समस्या भएको छ ।

सङ्खुवासभा र भोजपुरलाई जोड्ने खाँदबारी नगरपालिका वडा नम्बर –९ सतीघाटस्थित अरुण नदीमा फेरी बन्द भएपछि यातायात सेवा अवरुद्ध भएको हो ।

शुक्रबार दिउँसो गाडी तार्ने क्रममा फेरीको लठ्ठा (तार) मा समस्या देखिएपछि यातायात सेवा अवरुद्ध भएको फेरि सञ्चालनमा खटिएका षडानन्द नगरपालिकाका नगर प्रहरी विकास राईले बताए । 

फेरी बन्द भएपछि भोजपुर जिल्लामा दैनिक उपभोग्य सामग्री आयात तथा आवत–जावतमा समस्या उनको भनाई छ ।

लठ्ठा खरिद गरेर ल्याएर निर्माण गर्न अझै दुई साता लाग्न सक्ने उहाँको भनाई छ ।

फेरी बन्द भएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जाने दर्जनौँ गाडी अरुण नदीमा अलपत्र परेका छन् ।

अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम हो ।

सो नदीमा निर्माणाधीन अवस्थामा रहेको दुईवटा पक्की पुल पनि अझै निर्माण सम्पन्न हुनसकेको छैन ।

अरुण नदीको सतीघाट अरुण नदीमा फेरी निर्माण भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका ७० हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन् ।

फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको थियो ।

षडानन्द नगरपालिकाको ३५ लाख र प्रदेश तथा संघीय सरकारको ६८ लाख गरी १ करोड ३ लाख बजेटमा फेरी सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved