बीपी प्रतिष्ठान प्रवेशद्धारमा पार्किङ व्यवस्थापन गर्न पहल सुरु 

  • चैत्र १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेशद्धार अघि अव्यवस्थित पार्किङलाई व्यवस्थित गरिने भएकोछ । धरान उपमहानगर १८ नम्बर वडाका अध्यक्ष प्रविण राई र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहित सरोकारवालाहरुको उपस्थितिमा व्यवस्थापन थालनी गरिएको हो । 

टेम्पो, सिटी सफारी, एम्बुलेन्स तथा मोटरसाइकल लगायतका सवारीसाधनहरुको अव्यवस्थित पार्किङका कारण प्रतिष्ठानमा उपचारका लागि आउने आगन्तुक तथा अन्य सवारीसाधनलाई समेत आवतजावतमा समस्या उत्पन्न भएपछि सुधारको प्रयत्न सुरु गरिएको धारन १८ नम्बर वडा अध्यक्ष प्रविण राईले बताउनुभयो । 

अव उप्रान्त अस्पताल प्रवेशद्धारा अघि ६ वटा टेम्पो, ४ वटा सिटी सफारीमात्रै पार्किङ गरिने र बाँकी टेम्पो र सफारी बीपी सुन्दर बजारदेखि दक्षिणतर्फ सार्वजनिक शौचालयसम्म र मोटरसाइकल पार्किङ औषधी पसल एकतर्फि व्यवस्थित गरिनेछ । 

एम्बुलेन्सहरु शिवमार्ग तर्फ व्यवस्थित गर्दै उक्त क्षेत्रमा ९ वटा संकेत बोर्डहरु र सवारी पार्किङका लागि सडकमा इनामेलले रेखा कोरिने र त्यसको सम्पूर्ण खर्च व्यवस्थापन वडा समितिले गर्ने अध्यक्ष राईले बताउनुभयो । 

निर्धारण गरिएका स्थानहरुमा मजदुरहरुकै तर्फबाट स्वयमसेवक परिचालन गरी नियमको पालना गराइने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभयो । 

सवारीसाधनको अस्तव्यस्तका कारण हामी मजदुरहरुलाई समेत काम गर्न अप्ठ्यारो भइरहेकोमा सबैको पहलमा नयाँ सिस्टम सुरु हुँदा हामीलाई यसले सहज हुने टेम्पो चालक सोवित राईले बताउनुभयो । 

सोमबार विहान ७ बजेदेखि १८ नम्बर वडा अध्यक्ष प्रविण राई, संगठनका अध्यक्ष मजदुर नेता भीमज्वाला राई, धरान नगर प्रहरी प्रमुख इन्स्पेक्टर विष्णु कोइराला, सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका सइ दिलिप चौधरी,

कान्तिपुर सेक्युरिटी कम्पनीका धरान प्रमुख दुर्गा पराजुली मजदुरहरु र स्थानीय सवारी पार्किङ व्यवस्थापनमा संलग्न रहनुभएको थियो ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved