‘युङफ्राउ’ सुन्दर कृति भएको वक्ताहरूको धारणा

  • चैत्र २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/बजारमा भर्खरै आएको साहित्यकार कृष्ण बजगाईंको नियात्रा–सङ्ग्रह ‘युङफ्राउ’ बारे सोमबार यहाँ विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

बजगाईं बेलायतमा बसेर नेपाली साहित्य लेखनमा योगदान दिइरहेका साहित्यकार हुन् । 

विमर्शका क्रममा प्राडा सागरमणि सुवेदीले सङ्ग्रहका नियात्राहरू सुन्दर रहेको धारणा व्यक्त गरेका थिए ।

उनले सङ्ग्रहका नियात्राहरूबाट साहित्यकार बजगाईंमा अनुसन्धाता व्यक्तित्व पनि रहेको प्रस्ट हुने बताए ।

प्राडा सुवेदीले बजगाईंको नियात्रा आपूmले स्नातक तहका विद्यार्थीलाई पढाइरहेको सुनाउँदै नयाँ सङ्ग्रहका रचनाहरू पनि पाठ्यक्रममा राख्न योग्य धारणा राखे । 

त्यस क्रममा सहप्राध्यापक डा राम्जी तिमल्सिनाले सङ्ग्रहमा सङ्कलित नियात्राहरूको विश्लेषण विभिन्न कोणबाट गरेका थिए ।

बजगाईंका नियात्राहरूमा पाठकलाई पनि आपूmसँगै घुमाउन सक्ने क्षमता भएको तिमल्सिनाको भनाइ छ ।

कतिपय नियात्रामा ऐतिहासिक तथ्यहरूको बोझ बढी भए पनि अधिकांश रचनाहरू नियात्रात्मक तŒवका दृष्टिबाट सफल रहेको उनले सुनाए ।

रचनाहरू पठनीय भएको बताउँदै तिमल्सिनाले भने, ‘रचनाहरूमा सम्बन्धित स्थानका दृश्यहरू जीवन्त बनेर आएका छन् ।’

यो नै उनका रचनाको शक्ति भएको उनको ठहर छ ।   

यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसको नेपाली विभागले आयोजना गरेको ‘युङफ्राउ–संवार्ता’ कार्यक्रममा ‘डायस्पोरिक लेखन’ बारे पनि विमर्श भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपाने र परिचर्चाकार तिमल्सिनाले व्यक्ति डायस्पोरिक हुनु र रचना डायस्पोरिक हुनु भिन्न विषय भएको बताए ।

स्रष्टा डायस्पोरामा बस्नेबित्तिकै तिनका सबै रचना डायस्पोरिक नहुने उनीहरूको विचार थियो ।

डायस्पोरिक रचनामा हुनुपर्ने गुण भए मात्र रचनाहरू डायस्पोरिक हुने विमर्शको निष्कर्ष थियो ।1712054378930

विदेशमा बसेर पनि नेपालकै सन्दर्भ र नेपालकै विषय मात्र लेखिएको साहित्यलाई डायस्पोरिक भन्न नसकिने प्राडा न्यौपानेले बताए । 

नियात्राकार बजगाईँले जर्मनी भाषाबाट लिइएको ‘युङफ्राउ’ शब्दको अर्थ नेपालीमा ‘कुमारी’ हुने बताए ।

स्वीट्जरल्यान्डको पर्यटकीय हिमाल ‘युङफ्राउ’ लाई जस्तै नेपालका हिमालहरूलाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे उनले बताए ।

नेपाली विभागका प्रमुख डा दीपक न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका सदस्य डा सुभाषचन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने उपप्राध्यापक राजेश विद्रोहीले कार्यक्र सञ्चालन गरेका थिए । 

‘युङफ्राउ’ मा ग्रिस, पोर्चुगल, स्वीट्जरल्यान्ड र बेलायतका विभिन्न स्थानका भ्रमणसँग सम्बन्धित २७ वटा नियात्राहरू सङ्कलित छन् ।

धरानमा रहँदा कवितालेखनबाट साहित्यिक यात्रा थालेका बजगाईंले लघुकथा, बालकथा र नियात्रा लेखनमा आपूmलाई केन्द्रित गरेका छन् ।

उनको यो पाँचौँ नियात्रा–सङ्ग्रह हो भने १८ औँ कृति हो । उनका रचनाहरू विद्यालय तहदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा समावेश छन् ।

 

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved