धरान तरहरा सडकखण्ड : तीन वर्षमा एक तर्फ निर्माण सम्पन्न

  • चैत्र २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /लामो समय देखि सुस्त गतिमा अघि बढेको रानी किमाथाङ्का सडक अन्तर्गतको तरहरा धरान सडक खण्डको एक तर्फी सडक निर्माण सम्पन्न भएको छ । 

प्यासिफिक कन्सट्रसन प्रालिले ठेक्का पाएको तरहरा धरान सडकको एकतर्फी दुइलेन सडकको कालोपत्रे सम्पन्न हुन अव ५ सय मिटर मात्रै बाँकी छ ।

अन्य स्थानमा कालोपत्रेको काम सकिएको छ ।

उक्त सडकको एकतर्फी सडक चैत २१ गते साँझबाट खुल्ला हुने भएपछि यातायात व्यवसायी मजदुर तथा आम उपभोक्तहरुलाई केही राहत हुने भएको छ । 20240403_112642

२०८० सालको असारसम्म काम सम्पन्न गर्नेगरी २०७७ सालबाट सुरु भएको सडक निर्माणमा लामो समयदेखि नियमित काम नहुँदा इटहरीबाट धरान हुँदै पहाडी जिल्लाका विभिन्न क्षेत्रमा यात्रा गर्नेहरुले कष्ट भोग्नु परेको थियो ।

विराटनगरको रानी धरान ६ लेनको सडक अन्तरगतको तरहरा – धरानको करिव १० किमी सडकमा २५ सय मिटर बाँकी थियो ।

एका तर्फको वाँकी रहेको दुई किमी सडक मंगलबार पुरा भएको र बाँकी ५ सय मिटरको कालो पत्र चैतभित्र सम्पन्न हुने कन्स्ट्रक्सनका सिनियर ल्याव टेक्निसियन अनिल देवकोटाले जानकारी दिए ।

एकातर्फ सडक पिच भए पछि बुधबार साँझदेखि नै सवारी आवत जावत गर्ने उनले बताए । 

वर्षौदेखि सडक नबन्दा स्थानीय जनप्रतिनिधिहरूले आलोचना खेपिरेका थिए ।

मंगलबार सुनसरी क्षेत्र नं. १ का दुवै प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत र विजय कुमार राई, नेकपा एमाले कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरान उपमहानगर सहइञ्चार्ज टिका माङ्लेन,

जिल्ला सचिवालय सदस्य नारायण सुवेदी, धरान नगर अध्यक्ष हर्कजंग एभेङ, धरान उपमहानगरपालिका २ नं वडाध्यक्ष रमेश राई, १८ नं. वडाध्यक्ष नरेन्द्रकुमार राई, नेपाल यातायात व्यवसायी राष्टिय महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठ लगायतको टोलीले सडकको अनुगमन समेत गरेको छ । 

एका तर्फको दुई लेनको कालो पत्रे पुरा भइ सडक खुले पठिूलो राहत भएको मजदुर नेता भीमज्वाला राईले जानकारी दिए ।

उनका अनुसार सडक बन्न ढिलाई हुँदा ८२ वटा दुर्घटनामा १० जनाको ज्यान गएको छ ।

१ सय ४१ जना घाइते भएका छन् । २०८० असारसम्ममा सबै सडक निर्मणा सकिने गरि काम भइरहेको डिभिजन प्रमुख इन्जीनियर राजेन्द्रप्रसाद साहले जानकारी दिनु भयो ।

यो सडक २०७६ सालमा सरकारसँग ठेक्का सम्झौता भएको थियो ।

तस्बिरः बिकास चाम्लिङ राई

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved